कृष्णप्रसाद पराजुली: जसलाई पढेर एउटा पुस्ता हुर्कियो
२१ चैत्र २०७०
•
२१ मिनेट पाठ
कृष्णप्रसाद पराजुली: जसलाई पढेर एउटा पुस्ता हुर्कियो
काठमाडौं– 'तिमीलाई देखेर आँखा त्यहीँ छोडिहिँडेँ म।'
'राम्रो रचना, मिठो नेपाली' का लेखक कृष्णप्रसाद पराजुलीले लेखेको यो गीत कुनै बेला रेडियो नेपालमा औधी ‘फर्माइस' हुन्थ्यो। गीत पनि कस्तो भने, जम्मा 'स्थायी' यत्ति एक लाइनको छ। चल्तीका गीतभन्दा पूरै भिन्न।
गायक उदितनारायण झाले कुनै साहित्यिक पत्रिकामा यो गीत फेला पारेछन्। पढ्नेबित्तिकै उदित मक्खै।
उनी सोझै पराजुलीकहाँ गए। भने, 'दाइ, यो गीत मलाई गाउन दिनुपर्‍यो।'बलिउडको आकाशमा चम्केका नेपाली तारा उदित काठमाडौंमा उहीबेला हिट भइसकेका थिए। सरल, मनकारी पराजुलीले गीत नदिने कुरै थिएन। भने, 'नातिकाजीले संगीत गर्दैछन्, गाउने भए उनकै धुनमा गाउनु।'
उदित नातिकाजीकहाँ गए। रेडियो नेपालमा २०३० सालमा गीत रेकर्ड भयो। फर्माइसी चिठी चाङका चाङ थुप्रिन थाले। पराजुलीको राम्रो रचनामा उदितको मिठो नेपाली लय बजेको बज्यै छ– तिमीलाई देखेर आँखा त्यहीँ छोडिहिँडे म।
उनै ७९ वर्षे पराजुली बिहीबार बेलुकी आफ्नो नश्वर देह पृथ्वीमा छोडिहिँडेका छन्।
...
हिजोआज कुनै पुस्तक वर्षभरिमा १० हजार प्रति बिक्नु समाचारको विषय बन्ने गर्छ। व्यावसायिक प्रकाशन, वितरण प्रणाली र मिडिया कभरेजको सर्वथा अभाव रहेको त्यस समयमा पनि 'राम्रो रचना मिठो नेपाली' को बिक्री एकै वर्ष १० हजार नाघ्यो। आजसम्म ५० पटक भन्दा बढी पुनःमुद्रण भइसकेको छ।
नेपाली साहित्य कसरी मिठो बनाउने, कसरी लेख्ने? पराजुलीले सयौं ठेली पल्टाए। उपयुक्त किताब भेट्टाउन सकिरहेका थिएनन्। आफैंले केही लेख्नुपर्छ भन्ने निष्कर्षमा पुगे। थप अनुसन्धानका लागि उनले भैरव अर्याल, गोविन्द भट्ट, माधव घिमिरे, तारानाथ शर्मा, भवानी भिक्षुसँग छलफल गरे। एक वर्षको मेहनतले २०२२ सालमा नामजस्तै सुन्दर किताब निस्कियो– राम्रो रचना मिठो नेपाली।
किताब प्रकाशनलगत्तै धेरैले प्रश्ांसा गरे। बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, माधव घिमिरेलगायतले 'नेपालीमा नभई नहुने एक किताब' भनेर टिप्पणी गरे। गोरखापत्रमा राजहंशले लेखे– नेपालीमा अहिलेसम्मको बेजोड किताब। कसैले प्रशंसा गरे– हिन्दीमा रामशरण वर्माको 'अच्छी हिन्दी' जस्तै राम्रो किताब।
'यसमा व्याकरण गौण भएर आएको छ,' पराजुलीले गत पुस पहिलो साता नागरिकसँग भनेका थिए, 'नेपाली कसरी राम्रो लेख्ने, मिठो कसरी बनाउने भन्ने ध्याउन्न थियो मेरो।' त्रिभुवन विश्वविद्यालय, पश्चिम बंगाल, बनारस हिन्दु विश्वविद्यालयलगायत धेरै शिक्षण संस्थाले यही पुस्तकलाई पाठ्यक्रममा समावेश गरे।
आफ्नो स्वीकृतिविनै चोरेर किताब छापिएकोमा भने उनको मन खिन्न भयो। केहीले इलाहाबाद र दार्जिलिङमा 'राम्रो रचना मिठो नेपाली' छापेर बेचेछन्। 'केपी शर्मालगायत चारजनाको नाम राखेर केही सामग्री तलमाथि पारेर छापेछन्,' पराजुलीले भनेका थिए, 'पैसाका लागि अनेक चलखेल भयो, यसले मलाई धेरै घाटा पनि भयो।'
एसएलसी बोर्डफस्टहरूले सामान्यतया अरू विषयको तुलनामा नेपाली विषयमा कम अंक ल्याउँछन्। बोर्डफस्ट लुना भट्टले भने नेपालीमा पनि आश्चर्यजनक नम्बर ल्याइन्। उनलाई सोधियो– 'नेपाली विषयमा पनि यति धेरै नम्बर?'
'किनकि म 'राम्रो रचना मिठो नेपाली' सिरानीमा राखेर सुत्छु,' उनले जवाफ फर्काइन्।
...
सन्तान जन्माउन गाह्रो छैन, लेखक जन्माउन पक्कै गाह्रो छ।
पराजुलीले छोरा शाश्वतलाई लेखक बनाए। बुवासँग अमेरिका गएका बेला त्यहाँका नेपाली 'राम्रो रचना मिठो नेपाली'का लेखक भनी झुम्मिएको शाश्वत सम्झन्छन्।
'त्यस समयमै बुवाको सेलिब्रिटी स्ट्याटस थियो,' शाश्वत थप्छन्, 'उहाँ आफैंमा भने कहिल्यै ठूलो महत्त्वाकांक्षा देखिन्नथ्यो।'
एउटा महत्त्वाकांक्षा भने बुवाछोराकै थियो। पराजुलीको ८०आंै जन्मदिवसका दिन 'महामाया' महाकाव्य सार्वजनिक गर्ने। यो चाहिँ अधुरो रह्यो किनकि जन्मदिन असार २४ गतेभन्दा उनको अवसान पहिले आयो।
'मेरो शवलाई प्रज्ञा प्रतिष्ठानमा नराख्नू, सिधै आर्यघाट लैजानू भन्नुभएको थियो,' शाश्वत भन्छन्, 'उहाँजस्तो मान्छेलाई जिउँदो हुँदा कहिल्यै एकेडेमीमा ठाउँ दिइएन।'
स्नातकोत्तर गरेपछि विश्वविद्यालयमा पढाउन पाइने सामान्य मान्यताबीच पराजुली, धनवज्र बज्राचार्यलगायत औंलामा गन्न सकिने केही मनिषी थिए, जसका कृतिको बौद्धिक गुरुत्वले तानिएर विश्वविद्यालय स्वयं दैलो ढक्ढक्याउँदै आयो। पराजुलीले कीर्तिपुरको डाँडोमा २२ वर्षसम्म नेपाली लोकसाहित्य पढाए।
प्राध्यापक गोपीकृष्ण शर्माका अनुसार उनी पढाउँदा पढाउँदै जुरुक्क उठेर फनफनी नाच्न थाल्थे। लोकसाहित्यका विद्यार्थीलाई यस्ता रौसे गुरु पाएपछि के चाहियो! 'भाषाले बोलीचालीको शैली पक्रनुपर्छ भन्नुहुन्थ्यो, त्यसै गर्नुहुन्थ्यो,' शर्मा भन्छन्, 'पढाउने शैली बिछट्टै राम्रो।'
यी भाषासेवीको व्यक्तित्वका अनेक आयाम थिए– कवि, कथाकार, बालसाहित्यकार, गीतकार, अध्यापक। पराजुलीले डेढ दर्जन पुस्तक लेखे। कवि व्यक्तित्वका सामु अरू परिचय ओझेल परे। 'राम्रो रचना मिठो नेपाली' त पर्यायवाची नै भइहाल्यो।
भर्खरै सार्वजनिक सूर्य सुवेदीको अन्तर्वार्ता संग्रह 'स्रष्टा र सिर्जना'मा पराजुलीले भाषाको सरलता र सरसतामै जोड दिएका छन्। 'उहाँ स्वखोजले स्थापित भएका संस्था हुनुहुन्छ,' प्राध्यापक शर्मा भन्छन्, 'उहाँको शक्तिशाली लेखन नै विश्वविद्यालय पस्ने योग्यता थियो।'
पुस पहिलो साता नागरिकसँग कुरा गर्दै पराजुलीले आफू सात महिनामा जन्मेको खुलाएका थिए। बिरामी आमाले जन्माएको शिशु उनले कुखुराको चल्लाझैं कैयौं घन्टासम्म आँखा खोलेनन्। रुँदा पनि रोएनन्।
'यसको भाग्य यस्तै रहेछ,' बाबुले घरमा काम सघाएर बस्ने घले घर्तेनीलाई अह्राए, 'गिद्धले नखाने गरी खाल्डो खनेर पुरिदिनू।'
घर्तेनी दिदीले बच्चालाई काख लिइन्। भर्खर धर्तीमा पाइला टेकेको बच्चालाई कसरी खाल्डोमा पुरिदिनू! हात–खुट्टा छामिन्, चिसै छन्। चिम्सा आँखा फट्याएर हेरिन्। 'जीवनको ज्योति यहीँ लुकेको छ,' उनले आँखाको नानी चलायमान देखिन् र भनिन्, 'यो बच्चालाई गाड्ने होइन, बरु म पाल्छु।'
आखिर खाल्डोमा पुरिन लागेको त्यही शिशुले नेपाली साहित्य र भाषामा यत्रो योगदान दियो। पराजुली आफ्नो जन्मलाई एउटा 'दुर्घटना' भनेर सम्भि्कन्थे।
...
पराजुली काभ्रेको भमरकोटमा जन्मिए। पाँच वर्ष पुगेपछि गाउँकै स्कुलमा पढ्न थाले। त्यसबेला पढ्ने–लेख्ने माध्यम केही थिएन, सिलोटबाहेक। त्यो पनि उनको घरमा थिएन। 'पिर्कामा माटो राखेर झिँजोले त्यहीँ कोरेर अक्षरारम्भ गरेँ, त्यो पिर्का युग थियो,' उनले भनेका थिए, 'अहिले कम्प्युटर युग भनेजस्तो।'
पराजुलीका बुबालाई गाउँले सबैले मान्थे। पण्डितदेखि ज्योतिषीसम्मको काम गर्ने उनलाई सबैले चिन्थे। काभ्रेदेखि काठमाडौंमा आइरहन्थे। महाभारत, रामायण, गीता, रुद्रीका श्लोक कण्ठस्थ पारेका उनी बेलुका छोरालाई धार्मिक लोककथा र काव्यका श्लोक सुनाइरहन्थे। लोक साहित्यप्रतिको समर्पणमा बाबुको ठूलो प्रभाव रह्यो पराजुलीमा।
बाबुले सुनाएका कथा उनी साथीहरूलाई सुनाइहाल्थे। हाउभाउसहित कथा सुनाउँदा कतिपय साथी 'कति चलाख बाहुन' भनेर जिस्काउँथे रे! नेपाली किताब अभावमा उनले ठूलो वर्णमाला, दुर्गाकवच र चण्डी कण्ठस्थ पारेका थिए। स्वस्थानी पढ्न औधी रुचि राख्थे। बाहुनले रुद्री पढ्नैपर्छ भन्ने त्यसबेलाको मान्यतालाई उनले पनि पछ्याए। 'रुद्रीका अक्षर जोल्टिएका हुन्छन्,' उनले नागरिकसँग भनेका थिए, 'मलाई ती अक्षर खार्न धेरै गाह्रो भयो।'
पराजुलीका एक दाइ काठमाडौंमा पढ्थे। दाइ काठमाडौंमा पढ्दा उनी गाउँमै थिए। गाउँलेले खिसी गरे, 'दाजु काठमाडौं पढ्ने, भाइचाहिँ यहाँ गोठालो लाग्ने!'
गाउँलेको यस्तो भनाइ उनलाई बि‰यो। घरमा 'विद्रोह' गरे– 'कि मलाई काठमाडौं पठाउनूस्, कि भागेर जान्छु।'
उनको यो जिद्दीमा परिवार सहमत भयो।
११ वर्षको हुँदा उनले काठमाडौं छिर्ने अवसर पाए।
नरदेवीमा कोठा लिएर बस्न थालेपछि उनका संघर्ष र सफलताका दिन सुरु भए। संस्कृत पढ्न पाउनुपर्छ भनेर गरिएको 'जयतु संस्कृतम्' देखि २००७ सालको राणाविरोधी अन्दोलनमा समेत उनीे सहभागी भए।
राणाले सकेसम्म सर्वसाधारणलाई पढ्न दिँदैनथे। रानीपोखरीको पाठशालामा वेद र रुद्री पढ्न भर्ना भएका पराजुलीसहितका विद्यार्थीले 'जयतु संस्कृतम्' आन्दोलनमा उठाएको माग संस्कृतमा पनि अर्थशास्त्र, राजनीतिशास्त्र, भूगोल, इतिहासजस्ता आधुनिक विषय पढ्न पाउनुपर्छ भन्ने थियो। राणाहरू यसमा मन्जुर थिएनन्।
त्यसैबेला श्री ३ पद्म शम्शेरले 'संस्कृत भनेको मृतभाषा हो, यो त मर्दापर्दा मात्र काम लाग्छ' भनेर टिप्पणी गरेछन्। उनको यो अभिव्यक्तिसँगै आन्दोलनकारी झनै विरोधमा उत्रिए। उनीहरू र सरकारबीच वार्ता हुँदा पद्म शम्शेरले सच्याएछन्, 'मैले कहाँ मृत भनेको हो र, तपाईंहरूका कान के भएका? मैले अमृत भाषा पो भनेको थिएँ।'
त्यसपछि कोही साथी पाठशाला फर्किए, बागीचाहिँ बनारसतिर लागे।
काठमाडौंमा एक वर्ष अघिदेखि संघर्ष थालेका पराजुलीले १२ वर्षको हुँदा आफूभन्दा साना बच्चालाई पढाउन सुरु गरेका थिए। एकजनाबाट पाँच रुपैयाँ लिन्थे। पाँचजनालाई पढाउँदा मासिक २५ रुपैयाँ आउँथ्यो। पढाउँदै उनले प्राइभेट रूपमा रुद्री पढ्न थाले। प्रथम भए। पछि तीनधारा पाठशालामै संस्कृत पढ्न थाले। दुई वर्ष पढ्दापढ्दै सात सालको क्रान्ति भयो।
संस्कृत पढ्दापढ्दै अभिभावकले सल्लाह दिए, 'अब संस्कृत होइन, अंग्रेजी पढ्नुपर्छ।' मखनटोलमा एक मास्टरले महिनाको तीन रुपैयाँ लिएर अंग्रेजी पढाउँथे। ६ महिना अंग्रेजी पढेपछि उनी ६ कक्षामै भर्ना भए। दरबार हाइस्कुलमा उच्चशिक्षा पनि खुलिहाल्यो। १८ वर्षको हुँदा उनले त्यहीँबाट प्रवेशिका परीक्षा पास गरे।
आफूलाई ज्ञानले खार्दै आएका उनका लागि अवसर पनि एकपछि अर्को जुरिरह्यो। नेपाल प्रज्ञा प्रतिष्ठान खुल्यो। उनी उपकुलपति बालचन्द्र शर्मालाई भेट्न गए।
शर्माले सोधेछन्, 'तिमीलाई प्रुफ हेर्न आउँछ?'
'प्रुफ त मैले सानैदेखि हेर्दै आएको छु,' पराजुलीले निसंकोच जवाफ दिए।
'त्यसो हो भने यो किताबको प्रुफ हेरेर ल्याऊ,' शर्माले एउटा पातलो किताब दिँदै भने।
तेस्रो दिन रातै रङ लगाएर फर्काएको किताब हेर्दै शर्माले भनेछन्, 'यी मान्छे काम लाग्ने पो रहेछन्।'
माधव घिमिरे, भवानी भिक्षु र सिद्धिचरण श्रेष्ठले प्रतिष्ठानमा पराजुलीको नियुक्तिका लागि सहमति जनाएपछि उनले साहित्यिक संस्थामा पहिलो खुट्किलो टेके। २०१७ सालमा प्रज्ञा प्रतिष्ठान छिर्दा उनको पद थियो– अन्वेषक।
उनले जुद्धोदय स्कुलमा नेपाली शिक्षकका रूपमा २०२८ सालदेखि आठ वर्ष काम गरे। त्रिभुवन विश्वविद्यालयमा नेपाली लोकसाहित्य २२ वर्ष पढाए।
प्रतिष्ठानमा छिरेपछि साहित्यिक किताब छाप्न धेरैपटक दिल्ली र बनारस गए। दिल्लीको चाँदनी चोकस्थित प्रेसमा सिद्धिचरणको उर्वशी र भिक्षुका कथाहरू छापे। शर्माकै सम्पादन रहेको शब्दकोश छाप्न बनारस पुगे। २०५६ सालसम्म उनी प्रतिष्ठानमै रहेर काम गरिरहे।
बोली फुट्दैदेखि बाबुले सुनाएका श्लोक र कथाले उनमा लोकसाहित्यप्रतिको प्रेम झाँगिइसकेको थियो। संस्कृत अध्ययनपछि उनमा झनै रस पस्यो। विश्वविद्यालय छिरेपछि विद्यार्थीलाई पढाउन र आफ्नो ज्ञानको क्षेत्र फराकिलो बनाउन नेपालको पूर्वी, पश्चिमी पहाड र तराईका धेरै ठाउँ चहारे। स्थानीय समुदायभित्र छिरेर विभिन्न सामग्री संकलन गरे। लोकसाहित्यबारे अध्ययन–अनुसन्धान गरे। विश्वविद्यालयको लोकसाहित्य कोर्स तयार गर्न बनारस र दिल्लीबाट किताब किनेर ल्याउँथे।
भाषाप्रतिको यही लगाव, खोज र अनुसन्धानकै उपज हो– राम्रो रचना मिठो नेपाली।
बाबुले सानोमा सुनाएका लोककथा र श्लोकले पराजुलीलाई बालसाहित्य लेखनका लागि पनि प्रेरणा दिएको थियो। २०२२ सालमा 'रमाइला नानी' बालकविताबाट बालसाहित्यमा हात हालेका उनका कथा, कविता, गीत गरी डेढ दर्जन कृति प्रकाशित छन्।
करिब १६ वर्षको उमेरमा उनी एकपटक गाउँ पुगेका थिए। गाउँमा पढ्ने साधन केही थिएनन्। 'हामीले त पढ्न पाएनौं तर गाउँका बच्चाले पढ्न पाउनुपर्छ भन्ने लाग्यो,' उनले भनेका थिए, 'शिक्षक र पुस्तकको अभावमा पनि गाउलेसँग मिलेर दुइटा स्कुल स्थापना गर्‍यौं।' उनी गाउँमा बस्न नपाउने भएपछि स्वयंसेवक शिक्षकको व्यवस्था गरिदिए।
उनी काठमाडौं आए र बालबालिकाका लागि किताबको खोजीमा लागे। बल्लबल्ल 'सरल नेपाली' भन्ने किताब फेला पर्‍यो। त्यसैलाई गाउँको स्कुलमा पठाइदिए।
बच्चालाई रमाइलो हुने र चलाख हुने खालका किताबको खोजीमा थिए, पराजुली। चित्तबु‰दो किताब नपाएपछि आफैं लेख्न तम्सिए। कविता, जीवनी, कथा, सामान्य ज्ञानका प्रश्नोत्तर संकलन गरी २०१३ सालमा 'ज्ञान सागर' निकाले। यो दुई अंकसम्म प्रकाशन भयो। स्कुलमा त्यही किताब पढाउने व्यवस्था मिलाए।
...
पराजुली पछिल्लो कालसम्मै सक्रिय थिए भन्नलाई उनको प्रकाशोन्मुख 'महामाया' नै काफी छ। 'पुस्तक नपढी मलाई निद्रा लाग्दैन,' उनले भनेका थिए, 'छोराले ल्याएको किताब एकै रातमा पढेर सिध्याउँछु।'
बिहान उठ्नेबित्तिकै उनी छोरालाई सोध्दा रहेछन्, 'अर्को किताब छैन?'
छोरासँगै बजारबाट आएको नयाँ पुस्तक त छ।
पराजुली भने नदेखेरै आँखा कतै छोडिहिँडेका छन्।
(नागरिकले तीन महिनाअघि पुस पहिलो साता ललितपुर सानेपास्थित निवासमा सुगर रोगले थलिएका कृष्णप्रसाद पराजुलीसँग लिएको अन्तर्वार्तामा आधारित)
फाइल तस्बिर :  नागरिक


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस