काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४ कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता छन्।गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण कार्यक्रमले हालै सार्वजनिक गरेको विभागको प्रतिवेदनमा लागुऔषध प्रयोगकर्ताको संख्या भयावह रहेको देखाइएको छ। प्रतिवेदनअनुसार कोकिन, हेरोइन, एफएसडी, मर्फिन, ब्रुफिनर्फिन, डाइजेपाम लगायतलाई कडा लागुऔषधको सूचीमा राखिएको छ।
२०६३ को तथ्यांकअनुसार कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ताको संख्या ४६ हजार ३ सय ९ थियो। ‘दोस्रो अध्ययनमा कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ताको संख्या नाटकीय रूपमा बढेको देखियो,' प्रतिवेदनमा भनिएको छ। लागुऔषध प्रयोगकर्तामध्ये पुरुषको संख्या बढी छ। ९३ प्रतिशत पुरुष दुर्व्यसनी फेला परेका छन् भने महिलाको संख्या ७ प्रतिशतमात्रै छ।
काठमाडौंमा धेरै दुर्व्यसनी
१८ जिल्ला र २६ नगरपालिकामा केन्द्रित अध्ययनले काठमाडौं उपत्यकामा सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ता रहेको देखाएको छ।
काठमाडौंमा सबैभन्दा धेरै ३६ हजार ९ सय दुर्व्यसनी छन्। २०६३ को तुलनामा ६० प्रतिशत दुर्व्यसनी बढेको देखियो। २०६३ को तथ्यांकमा काठमाडौंको संख्या १७ हजार ५ सय थियो। यसअघिको तथ्यांकमा दोस्रो नम्बरमा कास्की थियो। यसपटक कास्कीलाई सुनसरीले उछिनेको छ। २०६३ मा ३ हजार १ सय दुर्व्यसनी देखिएको सुनसरीमा २०६० मा ७ हजार ४ सय पुगेको छ। त्यसैगरी कास्कीमा ६ हजार ९ सय र मोरङमा ६ हजार ४ सय पुगेको छ।
झापामा ६ हजार, रुपन्देहीमा ५ हजार ९ सय ९७, चितवनमा ४ हजार ५ सय १५ र पर्सामा २ हजार १ सय ३० दुर्व्यसनी रहेको खुलेको छ।
३० वर्षमुनिका धेरै
प्रतिवेदनअनुसार ३० वर्ष उमेरमुनिका दुर्व्यसनीको संख्या सबैभन्दा धेरै ७० हजार छ। २० देखि २४ वर्ष उमेर समूहको संख्या ३३ प्रतिशत छ। २५ देखि २९ वर्षका २२ प्रतिशत, १५ देखि १९ वर्षका १९ प्रतिशत, ३० देखि ३४ वर्षका १३ प्रतिशत, ३५ देखि ३९ वर्षका पाँच प्रतिशत र ४० वर्ष माथिका दुर्व्यसनीको संख्या तीन प्रतिशत छ।
‘किशोर उमेर पार गरेलगत्तै अधिकांश दुर्व्यसनीले पहिलोपटक लागुऔषध चाख्ने गरेका छन्,' प्रतिवेदनमा भनिएको छ, ‘२५ वर्ष नकट्दै लागुऔषध चाख्नेको संख्या ९५ प्रतिशत छ।'
प्रयोगकर्तामध्ये अधिकांश अविवाहित छन् भने परिवारसँगै बस्नेको संख्या पनि उच्च छ। ५५ प्रतिशत दुर्व्यसनी बाबुआमासँगै बस्छन्। आमासँग मात्रै बस्ने दुर्व्यसनीको संख्या २० प्रतिशत छ।
प्रयोगकर्तामध्ये धेरैले दैनिक दुई सयसम्म लागुऔषधका लागि खर्चिन्छन्। तथ्यांकअनुसार ७० प्रतिशतले साथीमार्फत लागुऔषध किन्छन्। ३० प्रतिशतले लागुऔषधका बिक्रेतामार्फत किन्छन् भने २४ प्रतिशतको स्रोत मेडिकल पसल हुन्।
जीवन सुधार्न सरकारले के गर्नुपर्छ भन्ने जिज्ञासामा अधिकांश लागुऔषध प्रयोगकर्ताले रोजगारी माग गरेका छन्। निःशुल्क उपचारको माग गर्ने र समाजबाट राम्रो व्यवहार भए जीवन सुधार्न सकिने बताउनेको संख्या पनि उल्लेख्य छ।
प्रतिवेदनअनुसार लागुऔषध कारोबार नियन्त्रणका लागि नेपाल–भारत बोर्डरमा कडा निगरानी आवश्यक रहेको दुर्व्यसनीले बताएका छन्। यस्तो सुझाव दिने ३५ प्रतिशत थिए। १९ प्रतिशतले खुद्रा बिक्रेता नियन्त्रण र १२ प्रतिशतले मेडिकल स्टोरमाथि निगरानी र कारबाही आवश्यक रहेको सुझाएका थिए।