अधिकारी दम्पतीलाई खाना खुवाउन दैनिक पाँच हजार
०३ वैशाख २०७१
•
१० मिनेट पाठ
अधिकारी दम्पतीलाई खाना खुवाउन दैनिक पाँच हजार
काठमाडौं- मानिस खाना र पानी नखाई कति दिन बाँच्न सक्छ? दुई, चार वा अरू केही दिन? गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पती १ सय ७२ दिनदेखि वीर अस्पतालमा आमरण अनशनमा छन्। उनीहरुले पछिल्लोपटक अनशन बसेकै दिनदेखि मुखबाट केही खाएका छैनन्। त्यसो भनेर कुनै अद्‍भूत शक्तिले होइन, खाना खुवाउने चिकित्सकीय विकल्पले अधिकारी दम्पतीलाई बचाइरहेको हो।गोरखा फुजेलका अधिकारी दम्पती छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही माग गर्दै आमरण अनशन बसिरहेका छन्। यही प्रकरणलाई लिएर बुधबार संविधानसभा बैठकसमेत अवरुद्ध भयो।
अनशनस्थल वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाका अनुसार नन्दप्रसाद र गंगामायालाई बचाउन नशाबाट आवश्यक पौष्टिक तत्वयुक्त झोल खुवाइँदै आएको छ। उनका अनुसार अधिकारी दम्पतीको जीवनरक्षाका लागि दिइने खुराकमा सरकारले दैनिक कम्तीमा ५ हजार खर्च गरिरहेको छ। 
यो खर्च अस्पतालले लिने बेड र प्रयोगशाला परीक्षणबाहेकको हो। 'अस्पतालमा लाग्ने खर्चबाहेक औषधि र पौष्टिक आहारमा मात्रै हालसम्म १६ लाख खर्च भइसकेको छ,' डा. थापाले भने, 'विशेष हेरचाह र नशाबाट दिइने झोल पौष्टिक आहारले नै उहाँहरुलाई बचाउन सकिएको हो।' 
अस्पतालले अधिकारी दम्पतीका लागि खर्च भएको रकम स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको छ। थापाका अनुसार यो विषय स्वास्थ्यमन्त्रीले मन्त्रिपरिषदमा लैजाने वचन दिएका छन्। उनले अस्पतालले आन्तरिक स्रोतबाट गरेको खर्च र सेवाको हिसाब गर्दा ३० लाखभन्दा बढी खर्च भइसकेको जानकारी पनि दिए। 
यद्यपि, अधिकारी दम्पतीको स्वास्थ्य जोखिममुक्त छैन। डा. थापाका अनुसार अवस्था नाजुक छ, खाना दिन नशामा प्वाल पारेकाले संक्रमणको जोखिम छ र पाचन प्रक्रिया बिस्तारै 'डिसफङ्सन' हुँदै गएको छ। 
'जुनसुकै बेला अधिकारी दम्पतीलाई जेसुकै हुनसक्छ,' उनले भने, 'यो त संसारमै नौलो घटना होला, कसरी बचाइरहनुभएको छ भनेर धेरैले जिज्ञासा राख्छन्।'
थापाका अनुसार अधिकारी दम्पतीलाई चिकित्सकले नशाका माध्यमबाट जीवनरक्षा निम्ति आवश्यक सबै पौष्टिक तत्व मिश्रित (टोटल प्यारेन्टल न्युटि्रसन) फ्लुड दिइरहेका छन्। उनीहरुलाई पौष्टिक झोल, स्लाइन दिन र रगतको नमुना निकाल्न मिल्ने एउटै थि्रस्टपर लगाइएको छ। खानाका लागि मुख्य पाचन नशासम्म छुनेगरी प्वाल बनाएर पाइप जडान गरिएको छ। यस्तो पाइप नन्दप्रसादको घाँटीनजिकै र गंगामायाको खुट्टामा फिट गरिएको छ। 
सातामा दुईदेखि तीनपटकसम्म दिइने यस्तो यस्तो फ्लुड (झोल) एउटैको ६ हजार पर्छ। यसमा मानिस बाँच्नका लागि आवश्यक कार्बोहाइडे्रड, प्रोटिन, चिल्लो पदार्थ, मिनरल र भिटामिनको मिश्रण हुन्छ। अर्को महत्वपूर्ण तत्व पानीका लागि रिंगल ल्याक्टेड स्लाइन दिइएको छ। 
कुनै संक्रमण देखिनासाथ एन्टिबायोटिक्स दिएर त्यसलाई 'दबाउने' गरिन्छ। केही दिनअघि खाना दिन घाँटीमा पाइप छिराउने प्वालमा संक्रमण भएपछि गंगामायामा ज्वरो बढेको थियो। लगत्तै चिकित्सकले घाँटीको पाइप निकालेर खुट्टामा जडान गरी खाना दिन थालेका थिए।
सुरुमा स्लाइन मात्रै दिइने गरिएकोमा गत भदौ १८ गते अधिकारी दम्पतीको जीवनरक्षाका लागि जबर्जस्ती भए पनि खुवाउनू भन्ने सर्वोच्चको आदेशपछि यस्तो खाना दिन सुरु गरिएको हो। 'अहिले पनि झोल र स्लाइन इन्कार गर्दा जबर्जस्ती भए पनि खुवाउँछौं,' डा. थापाले भने। 
त्यसबाहेक, अस्पतालले अधिकारी दम्पतीलाई उच्च विशेषज्ञ समूहले 'क्लोज निगरानी' गरिरहेको छ। मेडिकल विभागअन्तर्गत सातजना चिकित्सक रहेको युटिन २ ले अधिकारी दम्पतीको २४ सै घन्टा स्वास्थ्य निगरानी गर्छ। त्यसबाहेक, अन्य विशेषज्ञसहितको टोलीले बिहान र साँझ राउन्ड लिन्छ। 
यी बाहेक मेडिसिनबाहेक मिर्गौला रोग, एनेस्थेसिया, मुटु, मुत्ररोग, शल्यत्रिया र हाडजोर्नीका विशेषज्ञले पनि बरोबर जाँच गरिरहन्छन्।
लामो समयसम्म खाना नखाँदा पाचनमा समस्यासँगै, बेडमा सुत्दा पिसाबको संक्रमण र हाडजोर्नीसम्बन्धी समस्या र खाटेघाउको जोखिम हुन्छ। यस्ता समस्याबाट जोगाउन विशेष नर्सिङ केयर र सावधानी चाहिन्छ। जोखिमबाट बचाउनै अधिकारी दम्पतीलाई एक साताअघि मात्र भेटमा कडाइ र उच्च निगरानीका लागि आइसियुमा सारिएको थियो। 
चिकित्सकका अनुसार लामो समय मुखबाट खाना, पानी नलिँदा पाचन प्रणालीले काम नगर्ने खतरा हुन्छ। 'अब खाना खुवाउन थाल्दा पनि ठूलो समस्या आउन सक्छ,' थापा भन्छन्, 'सानो बच्चालाई जस्तै बिस्तारै स्तिारै खान दिएर मात्रै नर्मल अवस्थामा फर्काउन सकिन्छ।' 
अधिकारी दम्पतीका छोरा कृष्णप्रसाद हत्यामा संलग्न आरोपमा १३ जनाविरुद्ध सर्वस्वसहित जन्मकैद माग गर्दै मुद्दा दायर गरिए पनि उनीहरुले अनशन तोड्न इन्कार गरिरहेका छन्। मंगलबार पनि प्रधानमन्त्री कार्यलयका सचिव कृष्णहरि बास्कोटाको नेतृत्वमा आइजिपी, गृहसचिव लगायतका उच्च अधिकारी वीर अस्पताल पुगेर अधिकारी दम्पतीलाई अनशन तोड्न आग्रह गरेका थिए। 
सरकारी टोलीसँग नन्दप्रसादले आफूले किटानी जाहेरी दिएकालाई हतकडी लगाएर जेल चलान नगर्दासम्म अनशन नछाड्ने बताए।
पटकपटक गरी नौ महिनादेखि वीरमा अनशनरत अधिकारी दम्पतीका कारण वीर अस्पतालमा राष्ट्रिय–अन्तर्राष्ट्रिय चासो जारी छ। निर्देशक थापाले यस प्रकरणले आफूलाई निकै व्यस्त गराएको बताए। 'युएनदेखि मानवअधिकार आयोगमा स्वास्थ्य रिपोर्ट पठाउनुपर्छ,' उनले भने, 'नेता, मन्त्री, सचिव, उच्च अधिकारी निरन्तर आइरहन्छन्, उनीहरुलाई भेट गराउँदा अस्पतालको कामसमेत प्रभावित भएको छ।' 
नन्दप्रसाद र गंगामायाका १७ वर्षे छोरा कृष्णप्रसादको माओवादी कार्यकर्ताले नौ वर्षअघि हत्या गरेका थिए। छोराका हत्याराविरुद्ध किटानी जायरी दिँदा पनि प्रहरीले वास्ता नगरेपछि सुरुमा अधिकारी दम्पती प्रधानमन्त्री भेट्न काठमाडौं छिरेका थिए।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले भेट्न नदिएपछि उनीहरुले प्रधानमन्त्री निवासअगाडि नै अनशन थालेका थिए। सरकारले अधिकारी दम्पतीलाई पहिलोपटक गत जेठ ३१ मा मानसिक अस्पताल लगेर भर्ना गराएको थियो। घटना बाहिर आएपछि उनीहरुले बालुवाटारमा अनशन थालेका थिए। त्यसपछि उनीहरुलाई वीरमा ल्याइएको थियो।
यसअघि पनि वीरमै लामो अवधि अनशन बसेका अधिकारी दम्पतीलाई मन्त्रिपरिषद अध्यक्ष खिलाराज रेग्मीले अभियुक्तलाई पक्रिएर कारबाही गर्ने वचन दिएर अभियुक्त रामप्रसाद अधिकारीलाई गिरफ्तार गरेपछि अनशन छाडेका थिए। तर प्रहरीले भदौ २० मा पक्राउ गरेका रामप्रसादलाई दुई दिनमै छाडेको थियो। अघिल्लोपटक अनशन बसेको समयपछि गिरफ्तार प्रमुख अभियुक्तलाई समेत प्रमाण नपुगेको भन्दै चितवनका सरकारी वकिलले मुद्दा चलाउन नमानेपछि नन्दप्रसाद र गंगामाया पछिल्लोपटक कात्तिक ७ देखि अनशनमा छन्।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस