इलाम-’तपाईंको समस्या के छ?'
‘जिउ गलेजस्तो हुन्छ।'
‘कतै गिर्खागिर्खी, रगत बग्ने त छैन?'
‘त्यस्तो त छैन।'
स्त्रीरोग विशेषज्ञ डा. एलिजा श्रेष्ठ र एक वृद्धाबीचको संवाद। त्यसपछि वृद्धालाई बेडमा सुताइयो। पाठेघरमा क्यान्सर भए/नभएको जाँच्नुथ्यो।बस्दाबस्दै रिपोर्ट आयो, ‘केही समस्या छैन।' अर्की महिला भित्रिइन्। उस्तै विधि अपनाइयो। पाठेघरको मुखमा एउटा औजारको मद्दतले हेरियो। त्यहा“बाट तरल पदार्थ झिकियो। उनको पनि तुरुन्तै रिपोर्ट आयो, ‘कुनै खराबी छैन।'
इलाममा मंगलबार श्रेष्ठले यसरी झन्डै ६० महिलाको क्यान्सर जाँच गरिन्। भक्तपुर क्यान्सर अस्पतालबाट अरू दुई चिकित्सकस“गै आएकी श्रेष्ठले जाँचेकामध्ये ९८ प्रतिशत ‘स्वस्थ' देखिए। उत्तिकै संख्यामा पाठेघर जा“चेका डा. गिसुपनिख प्रसिको र डा. रञ्जना कर्माचार्यले पनि क्यान्सरका धेरै बिरामी भेट्टाएनन्। ‘यहाँका महिलामा खासै समस्या रहेनछ,' डा. प्रसिकोले भने, ‘नगण्यमा मात्रै क्यान्सरको लक्षण छ।'
५ देखि १५ मिनेटभित्र रिपोर्ट आइसक्ने ‘प्याप स्मियर' विधिले पाठेघर क्यान्सर जाँचिएको हो। यसले पाठेघर खराबी भए/नभएको र क्यान्सर लागे/नलागेको झट्टै पत्तो लाग्छ। क्यान्सर देखिए उपचारमा सहयोग पुर्याउँछ। महिनाबारी भएका बेला जाँच्न मिल्दैन। एक हप्ताअघिपछि जाँच्नुपर्छ। जाँच्नु २ दिनअघिदेखि यौनसम्पर्क गर्न हुँदैन। जाँच्ने बेला पाठेघर धुने र मलम लगाउने गर्न हुँदैन। जाँच्दा बेहोस पारिँदैन।
‘१८ देखि ६० वर्ष उमेरका विवाहित महिलाले पाठेघर जाँच्नुपर्छ,' बच्चा पाइसकेकालाई वर्षमा एकपल्ट अनिवार्य जँचाउन सुझाव दिँदै डा. कर्माचायले भनिन्, ‘कलिलै उमेरमा यौनसम्पर्क राख्ने र दुई दर्जनबढी पुरुषसँग सम्पर्क राखेकाले पनि पाठेघर जँचाउनुपर्छ।' धेरै सन्तान जन्माएका, खानपानमा ध्यान नदिने र कुपोषणले सताइएका महिलामा क्यान्सर सम्भावना औंल्याउँदै उनले त्यस्ताले चनाखो हुनपर्ने बताइन्।
५० रुपैयाँतिरेर नाम लेखाएपछि शिविरमा सजिलै पाठेघर परीक्षण गरिन्छ। पहिलो दिन तीन डाक्टरद्वारा झन्डै २ सय महिलाको जाँच गरियो। डाक्टर नहुने समस्याले आक्रान्त इलामबासी शिविरले राहत महसुस गर्दैछन्। ‘पाठेघर जाँच्न हजारौं खर्चेर टाढा जानुपर्थ्यो,' पुवामझुवाबाट आएकी एक महिलाले खुसी मानिन्, ‘क्यान्सर भए/नभएको एकैछिनमा थाहा भो, कत्ति सजिलो!'
पुरुषको पनि क्यान्सर परीक्षण गरिने शिविरमा उनीहरूको संख्या भने नगण्य छ। क्यान्सरको लक्षण र संक्रमण देखिएका बिरामीलाई उपचारनिम्ति भक्तपुर बोलाइने डा. श्रेष्ठले बताइन्। ‘शिविरमा क्यान्सर भए/नभएको पत्तो लाउने र सामान्य औषधि मात्र दिने हो,' उनले भनिन्।
पाठेघर क्यान्सर पत्ता लगाउन ‘प्याप स्मियर' विधि प्रभावकारी भएको नेपाल अर्बुदरोग निवारण संस्थाका ईश्वर श्रेष्ठले बताए। ‘ग्रामीण महिलालाई यसले एकैछिनमा खुल्दुली मेटाइदिन्छ,' शिविर सहयोगी संस्थाका अध्यक्ष श्रेष्ठले भने, ‘धेरै पैसा खर्चेर क्यान्सर अस्पताल धाइराख्नुपर्दैन, परीक्षण गर्दा दुख्ने, पोल्ने केही हुँदैन।'
स्तन र पाठेघरमा क्यान्सर हुने महिलाको संख्या बढेपछि ‘प्याप स्मियर' विधि भिœयाइएको हो। भक्तपुर र भरतपुर क्यान्सर अस्पतालमा यही विधिबाट पाठेघर परीक्षण गरिने डा. प्रसिकोले बताए। पाठेघरमा समस्या निम्तिएको थाहा पाएर पनि ती अस्पतालको पहुँचमा नपुग्नेलाई लक्षित गरी शिविर चलाइएको हो। थुप्रै संघसंस्थाको सहयोगमा नेपाल अर्बुदरोग निवारण संस्था इलामले शिविर आयोजना र व्यवस्थापन गरेको हो।
‘सबै वर्ग, सबै जात र सबै पेसाका महिलामा पाठेघर समस्या देखिएपछि जिल्लामै शिविर चलाइएको हो,' संस्थाका जिल्ला अध्यक्ष हिमालय कर्माचार्यले भने।