अर्थतन्त्रमा उत्साह
१५ वैशाख २०७१
•
७ मिनेट पाठ
अर्थतन्त्रमा उत्साह
काठमाडौं- चालु आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ६ वर्षयताकै उच्च दरले फराकिलो हुने आँकलन गरिएको छ । आव २०७०/७१ को आठ महिनामा हासिल प्रगतिका आधारमा केन्द्रीय तथ्यांक विभागले आधा दशककै उच्च आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो।विभागले सोमबार राजधानीमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आव २०७०/७१ को आठ महिनाको तथ्यांकका आधारमा यस वर्ष पाँच दसमलब १५ प्रतिशत आर्थिक वृद्धिदर पुग्नेछ। वृद्धिदर ६ वर्षयताकै उच्च र ७ वर्षयता दोस्रोपटक ५ प्रतिशत नाघ्न लागेको हो। यसअघि आर्थिक वर्ष २०६४/६५ मा ५.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो।
विभागका महानिर्देशक विकास विष्टले आधा दशकसम्म देशको आर्थिक वृद्धिदर न्यून रहेकोमा यो वर्ष आशा जागेको बताए। ‘पछिल्ला केही वर्ष न्यून बिन्दुमा रहेको वृद्धिदर यस वर्षको आठ महिनाको सूचकांकले नयाँ ऊर्जा थपेको छ,' उनले भने।
गत आव नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) १६ खर्ब ९२ अर्ब ६४ करोड ३० लाख रुपैयाँ बराबर रहेकोमा यस वर्ष १९ खर्ब २८ अर्ब ५१ करोड ७० लाख रुपैयाँ बराबर पुग्ने अनुमान छ। आर्थिक वृद्धिदर उकालो लाग्ने संकेत भए पनि सरकारी लक्ष्य भने अझै टाढा रहनेछ। सरकारले यस आवमा ५.५ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य लिएको छ।
नेपालको हकमा उच्च भए पनि प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर दक्षिण एसियाकै न्यून हो।
आर्थिक वर्ष २०६४/६५ मा ५.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएकामा २०६७/६८ मा ३.८ प्रतिशतमा खुम्चिएको थियो। आर्थिक वर्ष २०६८/०६९ मा ४.६१ प्रतिशत रहेकामा गत आव २०६९/७० मा यो दर ३.४६ प्रतिशतमा सीमित भएको थियो। गत आर्थिक वर्ष कृषिउत्पादनको वृद्धिदर कम हुँदा आर्थिक वृद्धिदर झरेको हो।
प्राथमिक क्षेत्रमा रहेको कृषि तथा वन र मत्स्य तथा खानी क्षेत्र र तृतीयक क्षेत्रमा रहेको थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेटदेखि सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रको वृद्धिदर अपेक्षित नहुँदा सरकारी लक्ष्य नभेटिने देखिएको छ। 
प्राथमिक र तृतीयक क्षेत्र सन्तोषजनक रहेको र यसकै कारण वृद्धिदरले पाँच प्रतिशत उकालो लाग्ने अनुमान विभागले गरेको हो। विभागका अनुसार कृषि तथा वन र मत्स्य तथा खानी क्षेत्रको वृद्धिदर चालु आवमा चार दसमलब ७१ प्रतिशत हुने अनुमान छ। निर्माण, उद्योग, विद्युत, ग्यास तथा पानी समेटिएको द्वितीय क्षेत्रमा जम्मा २.६९ मा नै सीमित रहेको विभागको अनुमान छ। तृतीयक क्षेत्रको वृद्धि सबैभन्दा धेरै ६.३१ प्रतिशत हुने विभागको अनुमान छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी तृतीयक क्षेत्रको योगदान ५२.२३ प्रतिशत छ। प्राथमिक क्षेत्रको ३३.७३ र द्वितीय क्षेत्रको १४.०४ प्रतिशत योगदान छ। 
बजेट र मनुसन समयमा आउँदा पनि आर्थिक वृद्धिदर उकालो ग्राफमा देखिएको अर्थशास्त्रीको भनाइ छ। कुल गार्हस्थ उत्पादनमा एक तिहाइभन्दा बढी योगदान दिने कृषि क्षेत्रको वृद्धि चालु आर्थिक वर्षमा ४.७२ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ। 
अघिल्लो वर्ष ११ प्रतिशतले उत्पादन घटेको धान यस वर्ष १२ प्रतिशतले बढेको छ भने मकैको वृद्धिदर पनि १० प्रतिशत छ। अघिल्लो वर्ष मकै उत्पादन आठ प्रतिशतले घटेको थियो। समयमै भएको मनसुनले बालीमा सकारात्मक प्रभाव पारेको छ। सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापारको वृद्धिदर आठ दसमलब ८३ प्रतिशत रहने अनुमान विभागको छ। यातायात, भण्डारण तथा र सञ्चारको सात दसमलब ५२ प्रतिशत र होटल तथा रेस्टुरेन्टको सात दसमलब १० प्रतिशत वृद्धि सम्भव देखिएको छ। त्यस्तै चालु आवमा उद्योग क्षेत्रको कुल गार्हस्थ उत्पादन एक दसमलब ८६ प्रतिशतमा सीमित हुने विभागको अनुमान छ।
पछिल्लोपटक सेवा क्षेत्रमा मात्र लगानी बढ्न थालेपछि त्यसको प्रभाव औद्योगिक क्षेत्रमा परेको छ। यस क्षेत्रमा लोडसेडिङ, मजदुर, फराकिलो बजार अभावका कारण अपेक्षित लगानी भएको छैन। 
यो वर्ष उपभोगमा १७ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबर खर्च हुने विभागको अनुमान छ। जुन जिडिपीको ९१.०८ प्रतिशत हो। चालु आवमा पुँजी निर्माण ७ खर्ब १५ अर्ब ६ करोड बराबर हुने र त्यसमा पनि स्थिर पुँजी निर्माण ४ खर्ब ४६ अर्ब १३ करोड रुपैयाँ बराबर मात्र हुने विभागको अनुमान छ। त्यस्तै चालु आर्थिक वर्षमा वस्तु तथा सेवाको खुद व्यापार घाटा ५ खर्ब ४३ अर्ब २ करोड हुने विभागले प्रक्षेपण गरेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति आय ७ सय १७ अमेरिकी डलरमा पुग्ने अनुमान गरिएको छ। गत वर्ष यो ७ सय १३ अमेरिकी डलर थियो। त्यसैगरी प्रचलित मूल्यमा चालु आर्थिक वर्षमा कुल राष्ट्रिय आय १९ खर्ब ६६ अर्ब ७४ करोड र खर्चयोग्य आय २६ खर्ब, ५२ अर्ब १७ करोड तथा कुल राष्ट्रिय बचत ८ खर्ब ९५ अर्ब ६८ करोड रहने अनुमान छ।


अर्को समाचार
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखियाे: प्रधानमन्त्री
१८ चैत्र २०८०
•
१ मिनेट पाठ
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखियाे: प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्।




पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको जिकिर गरेका हुन्।

‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्’, अध्यक्ष दाहालले भने, ‘अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ।’

नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट पारे।  

आगामी आर्थिक वर्षदेखि तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने उनकाे भनाइ थियाे। आगामी आर्थिक वर्षमा मधेस प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘मधेस प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न मैले निर्देशन दिएको छु, यस पटक मधेसमा नयाँ हुन्छ।’

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताए।

‘मिटरब्याजपीडितका समस्या समाधानतर्फ गएको छ, नागरिकतासम्बन्धी समस्या समाधान भएका छन् र भूटानी शरणार्थी एवं सुनकाण्डजस्ता विषयमा छानबिन गरी दोषीमाथि कारबाही गरिएको छ’, प्रधानमन्त्री दाहालले भने। उनले सरकारको सकारात्मक अभियानलाई जनतासम्म लैजान पार्टीलाई निर्देशन दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस