क्रिकेटमाथि धोका
१६ वैशाख २०७१
•
११ मिनेट पाठ
क्रिकेटमाथि धोका
काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) ले सम्झौताविपरीत प्रशिक्षक पुबुदु दासानायकेलाई एसिसी प्रिमियर लिग खेल्न मलेसिया जानुअघि तीन महिनाको मात्र सम्झौता नवीकरण गरेको छ। नेपाली क्रिकेट इतिहासमै कुनै प्रशिक्षकलाई तीन महिनाका लागि सम्झौता गरिएको यो पहिलोपटक हो। प्रशिक्षकको नवीकरण विवादले प्रिमियर लिग खेल्न जाँदा नेपाली टोलीको मनोबल उच्च रहन सकेन। टोली मलीन अनुहारमा मंगलबार मलेसिया लागेको छ।क्यानले चैत ९ गते दासानायकेको सम्झौता १ वर्षलाई नवीकरण भएको जनाएको थियो। क्यानको कार्यसम्पादन समिति बैठकले दासानायकेको सम्झौता १ वर्ष थप्ने निर्णय गरेको थियो। सम्झौता नवीकरण गर्नेबारे कार्यसम्पादन बैठकमा सबैले सहमति जनाएका थिए। 
कार्यसम्पादनमा अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्‍याल, उपाध्यक्षद्वय श्रीनिवास राणा र केशव घिमिरे, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सहसचिव ठाकुरप्रसाद पहाडी र सदस्य दीपक साउद थिए। कार्यसम्पादनको सर्वसम्मतिपछि दोस्रो चरणको बैठकमा दासानायकेलाई राखेर वार्ता गरिएको थियो। 
दासानायकेले प्रतिमहिना ५ हजार डलर तलब तथा खाने–बस्ने लगायत सुविधा पाउँदै आएका थिए। नयाँ सम्झौतामा कति सुविधा थपिएको आङबुहाङले नखुलाए पनि उनले त्यतिबेला ‘थपिएका सबै सुविधामा दासानायकेको पनि सहमति रहेको, अहिलेलाई एक वर्षका लागि नवीकरण गरिएको र यसलाई अझ थप्नु खासै ठूलो विषय नहुने' बताएका थिए।
पाँच हप्तापछि नै क्यानले आफैंले गरेको सम्झौता तोडेर मंगलबार बिहान दासानायकेलाई तीन महिनाको अनुबन्धनपत्र थमाएको हो। ‘म क्यानाडा जानुअघि १ वर्षका लागि नवीकरण गर्ने तथा तलब र अन्य सुविधा थप्ने सहमति भएको थियो। क्यानाडाबाट फर्केपछि भएको सहमति र अहिले दिइएको चिठीमा धेरै फरक पर्‍यो,' निराश दासानायकेले गुनासो गरे, ‘मेरो सम्झौता नेपाली क्रिकेटसँग जुन २० सम्मको मात्र हो।'
कप्तान पारस खड्काले दासानायकेलाई हटाउन क्यानले जालो बुनिरहेको आरोप लगाए। ‘क्यानका पदाधिकारीहरु अख्तियार धाउनुपरेकाले काम गर्न नभ्याएको हास्यास्पद तर्क दिइरहेका छन्,' कप्तान पारस खड्काले आक्रोश पोखे, ‘उनीहरु प्रशिक्षकलाई अपमान गरेर निकाल्ने प्रयासमा छन्। नेपाली क्रिकेटमा यत्रो योगदान दिएका प्रशिक्षकलाई यसरी झुलाउनु उहाँको अपमान हो।'
दासानायकेको प्रशिक्षणमा नेपालले डेढ महिनाअघि बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेलेको थियो, जुन नेपाली खेलकुदकै उपलब्धि थियो। त्यहाँबाट फर्किएको १५ दिन नबित्दै राष्ट्रिय खेलाडीले (क्यान) मा थिति बसाल्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए। एकैपटक कडा आन्दोलनमा उत्रने क्रममा खेलाडीले यसै महिना सम्पन्न राष्ट्रिय प्रतियोगिता बहिस्कार गरेका थिए। उनीहरुले १० बुँदे मागमा क्यानमा आर्थिक पारदर्शिताको पनि आवाज उठाएका थिए। त्यसैलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानमाथि अनुसन्धानसमेत गरिरहेको छ। 
त्यसयता क्यानले खेलाडी तथा प्रशिक्षकप्रतिको व्यवहार फेरेको पारसको गुनासो छ। मलेसिया उड्नुअघि उनले भने, ‘सिस्टमको आवाज उठाएयता क्यानले हामीलाई कुनै मतलब गरेको छैन। तयारी पनि आफैँ गरिरहेका छौं।'
‘अहिले नेपाली क्रिकेटमा विभिन्न विषय उठिरहेका छन्। उनीहरुले अख्तियारको अनुसन्धान भइरहेकाले कोही पनि सम्झौतामा हस्ताक्षर गर्न तयार नभएको बताएका छन्,' दासानायकेले भने, ‘राष्ट्रिय टोलीले राष्ट्रिय प्रतियोगिता बहिस्कार गर्नु र क्यानको विरुद्धमा बोल्नुमा मेरो कुनै भूमिका छैन, मलाई क्यानका कुनै पदाधिकारीले खेलाडी उचालिस् भनेर आरोप लगाएका पनि छैनन् र मलाई यस विषयमा केही पनि थाहा छैनन्।'
खेलाडीहरु अहिले ‘लिडर' भइसकेकाले उनीहरुलाई केही भन्नु जरुरी नभएको दासानायकेले बताए। ‘पारसमात्र होइन, नेपाली टोलीमा अहिले ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकरहरु धेरै बुझ्ने भइसकेका छन्, मेरो कुनै शैली मन नपरे उनीहरु स्पष्ट भन्छन्, हालका दिनमा नेपाली क्रिकेट सफल हुनुमा यो पनि एक कारण हो।'
खेलाडीको विद्रोहपछि क्रिकेट विकासका लागि ‘योजना तथा अनुगमन समिति बनाएर' कार्यान्वयन गर्ने सहमतिसँगै क्यान विघटनसहितको माग राख्दै आन्दोलनमा उत्रिएका खेलाडीको आन्दोलन सकिएको थियो। 
समितिमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, दासानायके, कप्तान पारस पनि छन्। खेलाडीको अडानका कारण दासानायकेलाई समितिमा राख्नुपरेको भनेर क्यानले भित्री रुपमा उनीसँग त्यसको बदला लिइरहेको मान्नेहरु धेरै छन्।
‘एउटा प्रशिक्षक क्यानभन्दा माथि रहेर बनाइएको समितिमा बस्नु ठिक थियो त?,' दासानायकेले जवाफमा भने, ‘म यो स्थितिमा खेलाडीलाई छाड्न सक्दिनँ, ममाथि उनीहरुको धेरै विश्वास छ। मैले यसअघि जस्तै बनाएको योजना समितिलाई दिने हो, त्यो क्यानले कार्यान्वयन गर्छ, गर्दैन, उनीहरुको विषय हो। क्यानको अनुगमन गर्ने मेरो काम होइन।'
सम्झौता विवादबारे दासानायके धेरै बोल्न चाहेनन्। उनले भने, ‘एसिसी प्रिमियर लिग नेपालका लागि धेरै महत्वपूर्ण प्रतियोगिता हो, नेपालले यो प्रतियोगिताबाट धेरै प्रमाणित गर्नु छ र म अहिले यसैमा केन्द्रित छु।'
क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले दासानायकेको सम्झौता एक वर्ष थप्ने विषयमा कार्यसम्पादन समितिमा छलफल भए पनि क्यानको बोर्डले निर्णय गरिनसकेको बताए। क्यान आर्थिकलगायत विषयमा अख्तियारको अनुसन्धान दायराभित्र रहेकाले बोर्डको निर्णयबिना ठूलो निर्णय लिन नसकेको प्याकुर्‍यालको तर्क छ। 
‘हामी दासानायकेप्रति सकारात्मक छौं। कार्यसम्पादनले एक वर्ष नवीकरण गर्नेबारे छलफल गरेको हो। बोर्डबाट पास गराइसकेको छैन,' उनले भने, ‘नयाँ परिस्थितिले हरेक चिजमा काम गर्न गाह्रो भइरहेको छ। अख्तियारले १० हजार रुपैयाँ खर्च गरेको बारे पनि सोधिरहेको छ। त्यसैले यति ठूलो सम्झौता गर्नुअघि बोर्डबाट पास गराउन खोजेका हौं। नवीकरण गर्दा उनको पारिश्रमिक पनि थप्नुपर्ने भएकाले निर्णय गर्न कठिन भएको हो।'
क्यानमाथि अनुसन्धान भइरहेकाले तत्काललाई तीन महिनाको सम्झौता गरे पनि मलेसियाबाट फर्केपछि थप गर्ने योजना रहेको उनले सुनाए। ‘क्यानको विषम परिस्थितिका कारण हामीले दासानायकेलाई नै अनुरोध गरेका थियौं। उनले पनि कागजी डकुमेन्ट नभई काम नगर्ने बताए। हामीले त्यही कारण उनकै सहमतिमा तत्काललाई तीन महिनाको सम्झौता गरेका हौं,' प्याकुर्‍यालले भने, ‘तीन महिनासम्ममा अख्तियारको पनि टुंगो लाग्ला। हामी बोर्डबाट पनि निर्णय गर्छौ। त्यसपछि सजिलो हुन्छ।'
मासिक ५ हजार डलर पारिश्रमिकमा काम गरिरहेका दासानायकेलाई तीन महिनाका लागि औपचारिक रुपमा त्यही पारिश्रमिक भए पनि भत्ता बढाएर सम्झौता गरेको प्याकुर्‍यालले बताए। नयाँ सम्झौताका लागि दासानायकेले १२ हजार डलर मासिक माग गरे पनि ८ देखि ९ हजार डलरमा मौखिक सहमति भएको उनले बताए।
२०११ को अक्टोबरमा ६ महिनाका लागि आएका दासानायकेको त्यसपछि १ वर्षका लागि नवीकरण गरिएको थियो। गत वर्ष एसिसी ट्वान्टी–२० कपपछि दोस्रोपटक दासानायकेको करार अवधि थपिएको थियो। नेपाल पहिलोपटक एसिसी ट्वान्टी–२० कपको फाइनलमा पुगेपछि दासानायकेको अवधि थपिएको थियो।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस