काठमाडौं-विवाद र समस्याका बीच नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियाको क्वालालम्पुरमा जारी एसिसी प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ। नेपाली खेलकुदमा अर्को सुखद दिन साबित गर्दै टोलीले बिहीबार युएईविरुद्धको १०औं भेटमा दोस्रो जित हासिल गरेको हो। सन् १९९८ यता दुई टोलीबीच भएका ९ खेलमा युएईले ७ जित हासिल गरेको थियो भने एउटा मात्र खेल नेपालले जितेको थियो। अर्को एउटा खेल बराबरी भएको थियो।क्वालालम्पुरको सेलाङगर टर्फ क्लब मैदानमा नेपालले परिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) माथि ४ विकेटको विजय पायो। ओपनर सुवास खकुरेलसँगै कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको ब्याट राम्ररी घुमेपछि नेपालले १ सय ९२ रनको लक्ष्य निर्धारित ५० ओभरको खेलमा ६१ बल बाँकी छँदै पूरा गर्यो्।
सुवासले सानदार अर्धशतक बनाउँदा ९१ बलमा ११ चौकासाथ ७१ रन जोडे। नर्भस ४० को सिकार बनेका ज्ञानेन्द्रले ४७ रन बनाए। आक्रामक ब्याटिङ गरेका उनले ३७ बलमा ७ चौका र १ छक्का हाने। पारसले सल्मान फारिसको बलमा बोल्ड हुनुअघि ४० बलमा ३ चौकासहित ३० रन बनाए। ज्ञानेन्द्र फायेज अहमदको बलमा एलबिडब्लु धरापमा परे। सुवासले फायेजको बलमा अम्जद अलीलाई क्याच दिए।
ओपनर नरेश बुढाएर २ रनमै पबेलियन फर्किए पनि सुवास, ज्ञानेन्द्र र पारसले नेपालको इनिङ्स तानेका थिए। शरद भेषावकरले १६ र महबुब आलम ५ रनमा आउट भए। अविजीत विनोद भण्डारीले ९ तथा वसन्त रेग्मीले ८ रन जोडे। युएईका फायेजले २ तथा मोहम्मद नाभेद, सल्मान फारिस र कृष्णचन्द्रन करातेले १–१ विकेट लिए।
टस हारेर ब्याटिङ गर्न निम्त्याइएको युएईले स्वप्नील पाटिलको अर्धशतकमा ४८.१ ओभर खेल्दै १ सय ९१ रन बनाएको थियो। दायाँहाते ब्याट्सम्यान पाटिलले ९५ बल खेल्दै ८ चौका र २ छक्काको मद्दतमा ७६ रन बनाए। कृष्णचन्द्रन करातेले ३६, मोहम्मद सेहजादले २५, ओपनर सल्मान फारिसले १६ तथा साइमान अनबरले १४ रनको योगदान गरे। कृष्णचन्द्रनले ६९ बल खेल्दा दुई चौका र एक छक्का हाने।
राष्ट्रिय टोलीमा पुनरागमन जनाएका महबुब आलम र सोमपाल कामीले ३–३ विकेट लिए भने शक्ति गौचनले २ तथा सागर पुनले १ विकेटमा नाम लेखाए। आलमले ८ ओभरमा २१ रन खर्चेर २.६२ को इकोनोमीमा बल फ्याँक्दै पुनरागमन सफल पारे। सोमपालले ९.१ ओभर बलिङ गर्दै ४.२५ को इकोनोमीमा एक मेडन राख्दै ३९ रन खर्चिए।
ट्वान्टी–२० विश्वकपमा स्मरणीय प्रदर्शन गरेलगत्तै नेपाली क्रिकेट आन्तरिक विवादमा फसेको थियो। जसले टोलीलाई पर्याप्त तयारीबिनै मलेसिया हानिन विवश बनायो। राष्ट्रिय खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) मा थिति बसाल्नुपर्ने मागसहित राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेपछि प्रिमियर लिगको तयारी पनि प्रभावित बनेको हो।
माग पूरा नभए अन्तर्राष्ट्रिय प्रतियोगिता समेत नखेल्ने चेतावनी दिएका खेलाडी अन्तिम समयमा सहमति भएपछि प्रिमियर लिगको तयारीमा जुटेका थिए। साथमा खेलाडीले ‘फादर फिगर' का रूपमा सम्मान गरेका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायकेको नवीकरण प्रकरणले झन् विवाद थपिदियो। क्यान कार्यसम्पादन समितिले खेलाडीसँगको सहमतिअनुसार गत महिना एक वर्षका लागि दासानायकेको सम्झौता नवीकरण गर्ने निर्णय गरेको थियो। तर, मंगलबार प्रिमियर लिगका लागि मलेसिया उड्नुअघि क्यानले तीन महिनाको नवीकरणपत्र थमाएपछि विवाद पुनः बल्भि्कएको हो।
जनवरीमा न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा आमने–सामने हुँदा युएईले नेपाललाई १ सय रनको फराकिलो अन्तरमा हराएको थियो। बिहीबारको जितसँगै नेपालले चार महिनाअघिको बदला लिएको छ।
एसियाली क्रिकेट परिषद (एसिसी) ले १९९६ देखि गर्दै आएको एसिसी ट्रफी इलिटलाई नयाँ संरचनामा ढालेर एसिसी पिं्रमियर लिग सुरुआत गरेको हो। दुई वर्षअघि युएईमा सम्पन्न एसिसी ट्रफीका शीर्ष ६ टोली प्रिमियर लिगमा सहभागी छन्। प्रतियोगितामा नेपाल र युएईसहित अफगानिस्तान, हङकङ, मलेसिया र ओमानले राउन्ड रोबिन पद्धतिमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।
नेपालले शनिबार आयोजक मलेसियासँग खेल्नेछ भने सोमबार ओमान, मंगलबार हङकङ तथा बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताका शीर्ष चार टोली आगामी डिसेम्बरमा युएईमा हुने एसिसी च्याम्पियनसिपका लागि छानिनेछन्। दुईदिवसीय संरचनामा हुने एसिसी च्याम्पियनसिप पनि एसिसीले पहिलोपटक गर्न लागेको हो।
बिहीबार प्रियिमर लिगका अन्य खेलमा अफगानिस्तान र ओमान विजयी भएका छन्। अफगानले हङकङलाई ६ विकेटले हरायो। हङकङले छाडेको २ सय १७ रनको लक्ष्यलाई अफगानले ४३.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्योा। अफगानस्तानका उसमान घानीले ७० रन जोडे। ओमानले आयोजक मलेसियाविरुद्ध ७४ रनको विजय पायो। ओमानले २६९/६ को स्कोर बनाउँदै मलेसियालाई १ सय ७५ रनमा समेटेको थियो।
क्रिकेटमा महत्र्वपूर्ण सुरुआत भएकै दिन नेपाली फुटबलले पनि दर्शकलाई थप खुसीको उपहार दिएको छ। लिग च्याम्पियन लक्ष्मी हुन्डाई मनाङमस्याङ्दी क्लबले पनि बिहीबारै एएफसी प्रेसिडेन्ट्स कपमा विजयी सुरुआत गरेको छ।
मंगोलियामा बिहीबार सुरु प्रतियोगितामा मनाङले कम्बोडियाको सेभरिङ एफसीमाथि ६–३ को विजय हात पार्योस। तीन टोली रहेको समूह ‘सी' को अर्को खेलमा मनाङले मंगोलियाको इर्चिम एफसीसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली अन्तिम चरण पुग्ने प्रावधानअनुसार मनाङको सम्भावना बलियो बनेको छ।