विराटनगर- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी राष्ट्रिय सम्मेलनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छिमेकी मुलुक भारतलाई हेर्ने दृष्टिकोण प्रस्ट नभएको भन्दै नेतृत्वको आलोचना भएको छ । लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रतिवेदन सार्वजनिक नगरेकोमा पनि बन्दसत्रमा सहभागी नेताहरूले नेतृत्वको चर्को आलोचना गरे ।
आइतबार बन्दसत्र क्रममा राजनीतिक प्रतिवेदनमा धारणा राख्ने अधिकांश समूह नेताले ‘भारतीय विस्तारवाद’ शब्द उल्लेख नगरेको भन्दै पार्टी धारणा माग गरेका छन् । ‘पालुङटारसम्म भारतीय विस्तारवाद थियो, हेटांैडा आइपुग्दा विस्तारवाद मात्र भयो, अहिले विराटनगर आइपुग्दा त भारतीय विस्तारवाद भन्ने नै हरायो,’ सभासद रामनारायण बिडारीले आइतबारको बन्दसत्रमा भने, ‘के त्यस्तो ठूलो उथलपुथल भयो र अध्यक्षको नजरबाट ‘भारतीय विस्तारवाद’ भन्ने शब्दावली नै हरायो ?’ त्यसको जवाफ अध्यक्षले दिनुपर्ने माग बिडारीले राखेको एक नेताले बताए ।
युद्धकालमा भारतसँग ‘सुरुङ युद्ध’ को तयारी गर्ने र शान्तिपूर्ण कालमा माधवकुमार नेपाल नेतृत्वको सरकार भएका बेला ‘राष्ट्रिय स्वाधीनता’को आन्दोलनमा जोड गरेको प्रसंग उल्लेख गर्दै अधिकांश समूह नेताले भारतबारे मौन बसेको भन्दै प्रतिवेदनको कडा आलोचना गरे ।
सभासद बिडारीसहित युवा नेताहरू युवराज दुलाल, हिमाल शर्मा, युवराज चौलागाई, कमला नकर्मी, हितबहादुर तामाङ लगायतका २० भन्दा बढी समूह नेताले भारतलाई हेर्ने दृष्टिकोण प्रस्ट नपारी प्रतिवेदन अनुमोदन गर्न नहुने धारणा राखेका छन् ।
पश्चिमी मुलुकसँग आक्रामक र भारतसँग नरम भएको भन्दै विद्यार्थी नेता जागृत रायमाझीले भारतलाई विस्तारवादका साथै क्षेत्रीय साम्राज्यवाद शक्तिका रूपमा व्याख्या गरेर जानुपर्नेमा जोड गरेका छन् ।
‘पश्चिमाहरूले भारत र चीन घेर्न नेपाललाई प्रयोगस्थलका रूपमा विकास गर्न खोजेको भन्ने अध्यक्षको भनाइ सही र वस्तुपरक छैन, पश्चिमा मुलुक भारतलाई नाघेर नेपाल आउन सक्ने अवस्थामा छैनन्,’ रायमाझीले बैठकमा भने, ‘बरु भारतको पछिल्लो भूमिकाले ऊ विस्तारवादीका साथै क्षेत्रीय साम्राज्यवादी शक्तिका रूपमा उदय भइरहेको देखिएको छ ।’ राष्ट्रिय सुरक्षा र आर्थिक स्वार्थका कारण भारत र नेपालबीच दूरी घटेको दाबी दाहालले प्रतिवेदनमा गरेपछि नेताहरू आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।
अघिल्लो प्रतिवेदनमा झंै विराटनगरमा पेस राजनीतिक प्रतिवेदनमा प्रधान अन्तर्विरोध कोसँग भन्ने किटान नगरिएकोमा पनि नेताहरूले प्रतिवेदनको आलोचना गरेका छन् । ‘अब माओवादी र क्रान्तिको प्रधान अन्तर्विरोध कोसँग हो ? अरू पार्टीलाई हेर्ने दृष्टिकोण के हो ?’ विद्यार्थी नेता हिमाल शर्माको प्रश्न थियो, ‘प्रधान अन्तर्विरोध नै किटान नगरी कसरी संघर्षका कार्यक्रम तय हुनसक्छ ?’
शर्मासहित बिडारी, रायमाझी, चौलागाईं, दुलाल, चन्द्रबहादुर थापालगायत नेताले प्रतिवेदनमै प्रधान अन्तर्विरोध किटान गरेर अनुमोदन गर्नुपर्नेमा जोड दिए ।
प्रतिवेदनमा धारणा राख्ने क्रममै पूर्व लडाकु कमान्डर शरद दुलालले शिविरमा भएको भ्रष्टाचार छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । ‘छानबिन समितिको प्रतिवेदन खोइ ?’ उनले भने, ‘छानबिन भएकै छैन भने त्यही कुरा गर्नुपर्यो, छानबिन भए सार्वजनिक गर्नुपर्यो ।’
शिविरमा भ्रष्टाचार भएको आरोप लाग्न थालेपछि एमाओवादीले पोस्टबहादुर बोगटी नेतृत्वको छानबिन समिति गठन गरेको थियो । दुलालले अमिक शेरचन नेतृत्वको समितिले पार्टी नेताका सम्पत्तिबारे गरेको छानबिन प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन् ।
अर्का समूह नेता खिमलाल देवकोटाले संविधानसभाबाट संविधान निर्माण असम्भव बन्दै गएको उल्लेख भए पनि त्यसपछि के गर्ने भन्नेमा अध्यक्षको प्रतिवेदन मौन बसेको भन्दै आपत्ति जनाए ।
‘हेटौंडा महाधिवेशनमा चुनाव जित्छौं भन्यौं, तर हार भयो भने के गर्ने भनेर कुनै निर्णय गरिएन र पार्टी अलमलमा प¥यो, अहिले फेरि अध्यक्षले संविधान लेखन असम्भव बन्दै गएको भन्नुभयो, तर साँच्चै संविधान बनेन भने के गर्ने ? त्यसबारे कतै उल्लेख गरिएको छैन,’ देवकोटाले भने, ‘संविधान निर्माण नभए के गर्ने ? अध्यक्षले त्यसबारे ठोस कुरा गर्नुपर्यो ।’
महिला नेतृ कमला नकर्मीले पूर्व लडाकुको भविष्यबारे दाहालको प्रतिवेदन मौन बसेको भन्दै आपत्ति जनाइन् । ‘सिंगो प्रतिवेदन पढेँ, तर पूर्व जनमुक्ति सेनाका लागि केन्द्रको कुनै योजना देखिएन, किन ?’ नकर्मीको प्रश्न थियो ।
बन्दसत्रमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेकपा एमालेसँग गर्ने भनिएको एकताको आधार नै उल्लेख नगरी एकोहोरो एकीकरण गर्ने भनेर दाहालले ‘राजनीतिक स्टन्ट’ र ‘सस्तो प्रचारबाजी’ गर्न खोजेको आरोप पनि लागेको छ ।
‘माओवादी धारसँग एकता हुनसक्छ, तर एमालेसँग एकताको प्रसंग अनावश्यक होे,’ युवा नेता चौलागार्इंले भने, ‘संसदीय व्यवस्था स्विकारेको एमालेसँग कुन राजनीतिक सिद्धान्त र विचारको आधारमा एकता हुन्छ ? यो सस्तो प्रचारबाजी मात्रै हो ।’ विचार र सिद्धान्त एक हुनेसँग मात्रै एकता हुने भन्दै चौलागार्इंले ध्यानाकर्षण गराएका छन् । रायमाझी, शर्मालगायत प्रायः युवा नेताले एमालेसँगको एकता प्रस्तावलाई ‘स्टन्ट’ को रूपमा व्याख्या गरेका थिए । शनिबार भट्टराईले एकता र एकीकरणको प्रस्तावलाई लिखित रूपमा अस्वीकृत गरेका थिए ।
‘संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै पार्टीले संविधानसभा नै नबस्नेसम्म धम्की दियो, तर अहिले प्रतिवेदनमा यसबारे केही भनिएन,’ सभासद बिडारीलगायतले प्रश्न गरे, ‘कि निर्वाचनमा धाँधली नै भएको थिएन ? थियो भने किन अहिले चुप बसियो ?’ सहभागी समूह नेताहरूले ‘बल प्रयोगको सिद्धान्त’बारे एक शब्द पनि प्रतिवेदन नबोलेको भन्दै आलोचना गरेका छन् ।
पालुङटारदेखि भृकुटीमण्डप, हेटांैडा र विराटनगरसम्म आइपुग्दा नेतृत्व रूपान्तरण हुने प्रतिबद्धता आए पनि अझै कार्यान्वयन नभएको भन्दै समूह नेताले दाहालको आलोचना गरेका छन् ।
यसैगरी, पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समिति तथा केन्द्रीय कार्यालयमा ‘फरक मत’ नराखी बन्दसत्रमा लिखित रूपमा ७ बुँदे टिप्पणी पेस गरेकोमा सहभागीले आपत्ति जनाएका छन् । ‘पार्टीको नियम र पद्धतिविपरीत बाबुरामजीको लिखित टिप्पणी आएको छ, यो एकदम गलत कार्य हो,’ चन्द्रबहादुर थापाले बन्दसत्रमा भने, ‘हेडक्र्वाटरमा दर्ज नगराई एक्कासि बन्दसत्रमा पेस गर्नुको उद्देश्य के हो ? त्यो कुन उद्देश्यले गरिएको हो ?’ शर्मा, चौलागार्इंले पनि पार्टीको पद्धतिविपरीत सातबँुदे टिप्पणी आएको भन्दै भट्टराईको आलोचना गरेका छन् ।
प्रवक्ता दीनानाथ शर्माका अनुसार दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र संशोधित विधानमा उठाइएका प्रश्नको जवाफ सोमबार दिने कार्यक्रम छ । ‘सबै २२ समूहका नेताले धारणा राखिसकेका छन्,’ शर्माले सञ्चारकर्मीसँग भने, ‘भोलि अध्यक्ष प्रचण्ड, बाबुराम र र प्रकाश (नारायणकाजी श्रेष्ठ) जीले जवाफ दिनुहुन्छ ।’ उनका अनुसार सोमबार बिहान ८ बजेबाट जवाफ दिने कार्यक्रम सुरु हुनेछ ।