काठमाडौं-आकर्षक नाफा देखेपछि डाटा सेवामा दूरसञ्चार कम्पनीबीच प्रतिस्पर्धा हुन थालेको छ। यसका ग्राहक पनि क्रमशः बढिरहेका छन्।नेपाल टेलिकमले इन्टरनेट कन्टेन्ट बनाउन आइटी कम्पनी स्थापना गर्ने घोषणा गरेको महिना दिनपछि उसको प्रतिस्पर्धी एनसेलले त्यसमा हात हाल्ने घोषणा गरेको छ।
भ्वाइसपछि डाटा सेवा आम्दानीको ठूलो स्रोत हुन थालेकाले सेवा प्रदायकबीच यसमा प्रतिस्पर्धा देखिएको हो। जिएसएम मोबाइलमा प्रतिस्पर्धी टेलिकम र एनसेल दुवै डाटा बजारमा केन्द्रित हुन थालेका हुन्। मोबाइलबाट इन्टरनेट चलाउने ग्राहक थपिँदै जाँदा उनीहरु ‘स्किम' र ‘अफर'मार्फत ग्राहक तान्ने प्रयासमा छन्।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार जनसंख्याका ३०.७० प्रतिशत इन्टरनेट प्रयोगकर्ता छन्। डाटा बजारको ५० प्रतिशत हिस्सा नेपाल टेलिकमले ओगटेको छ। ४८ प्रतिशत एनसेलको हातमा छ। युटिएल र इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीले १–१ प्रतिशत ओगटेका छन्। मोबाइल इन्टरनेट प्रयोगकर्तामा एनसेलका धेरै छन्। एनसेलका ३८ लाख ५७ हजार तीन सय १९ प्रयोगकर्ता छन् भने टेलिकमका ३८ लाख २४ हजार ६ सय ७३ जना छन्। इभिडिओ, वाइम्याक्स, डायलअप प्रयोगकर्ताका कारण टेलिकमको बजार हिस्सा बढी छ।
मंगलबार एनसेलले इन्टरनेट प्रयोगकर्तालाई अभ्यस्त बनाउन विकिमिडिया फाउन्डेसनसँग सहकार्य गरेर नयाँ सेवा सुरु गरेको छ। एनसेलले ‘विकिपिडिया जिरो' नामको नयाँ सेवामार्फत निःशुल्क विकिपिडिया चलाउन सक्ने योजना ल्याएको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एरिम टाइलानलरले विकिपिडिया सूचना संकलनको सबैभन्दा ठूलो प्लेटफर्म भएका हुनाले आफ्ना सेवाग्राहीलाई सूचनामा सहज पहँुच दिन निःशुल्क सेवा दिएको बताए।
‘डाटाको बजार बढ्दै गएको र मोबाइलमा इन्टरनेट चलाउने ग्राहक बढिरहेका कारण हामीले इन्टरनेटमा आधारित विभिन्न सेवा र स्किमको तयारी गरेका छौं,' उनले भने।
एनसेलका कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले उक्त कम्पनीले इन्टरनेट सामग्रीका लागि नयाँनयाँ स्किम र सेवा ल्याउन लागिरहेको बताइन्। ‘हामीले इन्टरनेट प्रयोगकर्ताका लागि नयाँ सेवा ल्याउन दूरसञ्चार प्राधिकरणमा निवेदन दिएका छौं,' उनले भनिन्, ‘त्यो स्वीकृत भएको छैन।'
भ्वाइसमा प्रतिस्पर्धी यी दुई सेवा प्रदायक डाटाका ग्राहक बढाउन रणनीतिक रुपमै लागिपरेका छन्। दुवै कम्पनीले अल्पकालीन र दीर्घकालीन योजनामार्फत डाटा बजारमा आफ्नो उपस्थिति बढाउन ‘अफर' र ‘स्किम' दिइरहेका छन्।
टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले डाटा बजारमा भविष्य भएकै कारण टेलिकमले यसले प्राथमिकतामा राखेर काम गरिरहेको बताए। ‘हामीले डाटाको बजार देखेरै निजी कम्पनीसँग मिलेर नयाँ कम्पनी स्थापना गर्न लागेका हौं,' उनले भने।
टेलिकमले नयाँ कम्पनीमार्फत इन्टरनेट कन्टेन्ट उत्पादन गर्ने र विस्तारै अन्य सफ्टवेयर पनि बनाउने योजना बनाएको उनले जानकारी दिए।
उनका अनुसार नेपालमा इन्टरनेट कन्टेन्ट धेरै नै खोजिन्छ। मोबाइलबाट इन्टरनेट चलाउने सेवाग्राही बढ्दै गएपछि डाटालाई प्राथमिकतामा राखिएको उनले बताए। ‘हामीले सिडिएमएको प्याकेज ल्याएका छौं। यो विस्तार हुने क्रममा पनि छ। त्यस्तै जिएसएमको प्याकेज पनि छ। अहिले हाम्रो थि्रजी सेवा सबैतिर विस्तार हुने क्रममा छ,' उनले भने।
टेलिकम र एनसेलले डाटा बजार बढाउन विभिन्न प्याकेज अघि सारेका छन्। एनसेलले तीन एमबीदेखि १० जिबीसम्म र टेलिकमले २५ एमबीदखि १० जिबीसम्मको प्याकेज ल्याएका छन्।
टेलिकमले इभिडिओ सेवाको नयाँ २५ एमबी तथा तीन सय एमबी डाटा प्याकेज क्रमशः २ दिन र १५ दिनको अवधि तोकेर दिएको छ। त्यस्तै तीन सय एमबीको १५ दिनका लागि १ सय ३०, पाँच सय एमबीको एक महिनाका लागि दुई सय, दुई जिबीको दुई महिनाका लागि सात सय ६०, पाँच जिबीको दुई महिनाको लागि १७ सय र १० जिबीको दुई महिनाको लागि २४ सय शुल्क तोकेको टेलिकमले जनाएको छ।
एनसेलले तीन एमबी २४ घन्टाका लागि ६ रुपैयाँ, १० एमबी ३० दिनका लागि ३० रुपैयाँ, ४० एमबी ३० दिनका लागि ९९, सय एमबी ३० दिनका लागि एक सय ९९, तीन सय एमबी ३० दिनका लागि दुई सय ९९ रुपैयाँ शुल्क तोकेको छ। त्यसैगरी, पाँच सय एमबी ३० दिनका लागि तीन सय ९९, एक जिबी ३० दिनका लागि ६ सय ९९, पाँच जिबी ३० दिनका लागि १९ सय ९९ र १० जिबी ३० दिनका लागि २९ सय ९९ रुपैयाँ शुल्क रहेको कम्पनीले जनाएको छ।