काठमाडौं-सरकारले राष्ट्रिय बिमा संस्थानबाट हुँदै आएको जीवन र निर्जीवन बिमा व्यवसाय छुट्याएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले व्यवसाय छुट्याउने निर्णय गरेको हो।अर्थसचिव युवराज भुसालले सरकारले राष्ट्रिय बिमा संस्थानबाट हुँदै जीवन र निर्जीवन बिमा व्यावसाय छुट्टाछुट्टै गर्ने निर्णय भएको जानकारी गराए। अब नेपाल बिमा कम्पनीको नामबाट निर्जीवन र राष्ट्रिय बिमा संस्थानको नामबाट जीवन बिमा व्यवसाय हुनेछ।
अर्थ मन्त्रालयका सह–सचिव कृष्णप्रसाद देवकोटाले पनि अब निर्जीवन र जीवन बिमा छु्ट्टाछुट्टै कम्पनीबाट हुने जानकारी गराए। उनले भने, ‘व्यवसाय छुट्याउने निर्णय भइसकेको छ। अब कार्यान्वयन हुन्छ।'
अर्थ मन्त्रालयका अनुसार नयाँ बन्ने नेपाल बिमा कम्पनीको सेयर बाँडफाँटको निर्णय पनि भइसकेको छ। निर्णयअनुसार उक्त कम्पनीमा नेपाल सरकारको ४१, सञ्चय कोषको १९, नेपाल बैंक लिमिटेडको १० र सर्वसाधारणको ३० प्रतिशत सेयर हुनेछ। पछि प्राथमिक सेयर निष्कासन गर्ने र ३५ करोड रुपैयाँ पुँजी पुर्याउने प्रस्ताव पनि गरिएको छ।
अहिलेसम्म संस्थानले निर्जीवन र जीवन दुवै बिमा गर्दै आएको छ। हालको बिमा ऐनअनुसार एउटै संस्थाले दुवैथरी बिमा गर्न पाउँदैन। तर, राजनीति, ट्रेड युनियन, कर्मचारी आन्दोलन र दबाबले यो नियम बिमा संस्थानको हकमा कार्यान्वयन हुन सकेको थिएन। अहिले सरकार नै अग्रसर भएर संस्थानको व्यवसाय छुट्याउने निर्णय गरेको हो।
संस्थानले २०४५ सालपछि केही कर्मचारीमात्र भर्ना गरेको छ। पुरानाले नयाँ कर्मचारी भर्नामा समेत अवरोध गरेका थिए। नयाँ भर्ना गर्न नदिने र सीमित कर्मचारीले मात्र हालिमुहाली गर्ने ट्रेड युनियन र पुराना कर्मचारीको मनसायका कारण आव २०६२/०६३ देखि यसको लेखापरीक्षण पनि भएको छैन। हरेक वर्ष लेखापरीक्षण गरी प्रतिवेदन बुझाउन दबाब दिए पनि संस्थानले बेवास्ता गर्दै आएको छ।
संस्थानलाई ‘बिमा ऐन–२०४९' कार्यान्वयन भएपछि बिमा समितिले दुई व्यवसाय छुट्याउन निर्देशन दिएको थियो। तर, यसले ऐन लत्याउँदै नवीकरणसम्म नगरी निरन्तर दुवै व्यवसाय गर्दै आएको छ। नियमविपरीत व्यवसाय गर्दा बिमा ऐनमा कारबाहीको प्रावधान छ। तर नियामक निकाय समितिले अहिलेसम्म संस्थानलाई कुनै कारबाही गरेको छैन। संस्थान सञ्चालक समितिमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेडका उच्च अधिकारी छन्।
बिमा संस्थान ऐन २०२५ मा एउटा कम्पनीले जीवन र निर्जीवन दुवै व्यवसाय गर्न पाउने व्यवस्था छ। त्यही व्यवस्थामा टेकेर यसले जीवन र निर्जीवन दुवै व्यवसाय गर्दै आएको थियो। अहिले देशमा थुप्रै निर्जीवन र जीवन बिमा कम्पनी छन्। निजी बिमा कम्पनी आउनुअघि संस्थानले एक्लै बिमासम्बन्धी काम गरिरहेको थियो।