काठमाडौं-रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया गएर म्याद सकिएपछि पनि नफर्केका नेपाली कामदार घर फर्के तिनले ‘विशेष अवसर' पाउने भएका छन्। आकर्षक गन्तव्यमा पुगेका कामदार म्याद सकिएपछि नफर्कने क्रम बढेपछि सरकारले उनीहरुलाई अवसरको लोभ देखाएर फर्काउन खोजेको हो।
दक्षिण कोरियाले म्याद सकिएका व्यक्ति नफर्के थप कामदार नलिने चेतावनी दिएको छ। त्यसपछि सरकारले कोरियामा कानुनी हैसियत गुमाएका कामदारलाई अवसर दिन लागेको हो।
स्रोतका अनुसार स्वदेश फर्कनेका लागि सरकारले उद्यमशीलता तालिम र सहुलियतमा ऋण दिने ‘स्किम' ल्याउँदै छ। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको संयोजकत्वमा वैशाख १४ गते मन्त्रालयमा सम्पन्न बैठकले कोरियाबाट फर्किने अवैध कामदारलाई विशेष अवसर दिने निर्णय गरेको हो। वैदेशिक रोजगारसम्बन्धी नीति निर्माणमा सुझाव दिने निर्देशक समिति बैठकले उद्यमशीलता तालिम, सहुलियतमा ऋणदेखि अन्य विभिन्न अवसर प्रदान गर्ने निर्णय गरेको इपिएस दक्षिण कोरिया शाखा नेपालका प्रमुख डिल्ली बाँस्तोलाले जानकारी दिए।
दुई मुलुकबीच भएको श्रम सम्झौताअनुसार इपिएसबाट गएका कामदारले कोरियामा चार वर्ष १० महिना काम गर्न पाउँछन्। उक्त अवधि सकिएपछि पनि केही नेपाली नफर्केपछि त्यहाँको मानव संशाधन विकास सेवाले नेपालस्थित इपिएस शाखालाई तिनलाई नफर्काए भविष्यमा नेपाली कामदार लैजान नसकिने चेतावनी दिएको बाँस्तोलाले जानकारी दिए।
गैरकानुनी कामदार आगामी अगस्टभित्र स्वदेश फर्के तिनको नाम गैरकानुनी कामदारको अभिलेखबाट हटाएर क्लिन चिट दिइने छ। भविष्यमा दक्षिण कोरियालगायत अन्य मुलुक जान सिफारिस गर्ने, दक्षिण कोरिया जान सिबिटी र पिबिटीमा सहभागी गराउने, गैरकानुनी रुपमा बसेबापत नेपाल र दक्षिण कोरियाको कानुनबमोजिम हुने दण्ड, जरिवाना मिनाहाका लागि सिफारिस गर्नेलगायतको अवसर सरकारले दिँदै छ।
कोरियाले पहिलोपटक सन् २००८ मा इपिएसमार्फत नेपाली कामदार लगेको थियो। २००८, २०१०, २०११ र २०१३ को इपिएस परीक्षा दिएर २२ हजारभन्दा बढी नेपाली त्यहाँ पुगेका छन्। कोरियाले ६ सय ९७ जना अवैधानिक रुपमा बसेको नेपाललाई जानकारी गराएको छ।
इपिएस शाखा प्रमुख बाँस्तोलाका अनुसार अवैध रुपमा बस्नेको संख्या बिस्तारै बढेको भन्दै कोरियाले समयमै व्यवस्थापन नभए आगामी दिनमा नेपाली लैजान नसकिने चेतावनी दिएको हो। त्यसपछि नेपाल सरकारले तिनलाई स्वदेश फर्काउन अवसरको योजना ल्याएको हो। ‘राम्रो अवसर हुँदाहुँदै पनि अवैध रुपमा बस्ने बढिरहेका छन्। यसले भविष्यमा अन्य नेपालीलाई असर गर्छ। त्यसैले सरकारी स्तरबाटै पहल भएको हो,' उनले भने।
सरकारले तोकिएको समयमा स्वदेश नफर्कने कामदारलाई दण्ड, सजाय हुने जनाएको छ। उनीहरुलाई दक्षिण कोरिया र नेपाल सरकारको अध्यागमन, श्रम तथा सुरक्षालगायत अन्य कानुनबमोजिम दण्ड, जरिवाना र जेल सजायसमेत हुने छ।
गैरकानुनी कामदारको नाम, ठेगानासहितको विवरण आम सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने र इपिएस कार्यालयको वेबसाइटमा राख्ने सरकारी तयारी छ। उनीहरु भविष्यमा कोरियालगायत अन्य मुलुकमा रोजगारीमा जान नपाउने गरी कालोसूचीमा पर्नेछन्।
गैरकानुनी रुपमा बस्दा श्रम शोषण वा कुनै समस्यामा परे उद्धार गर्न नसकिने शाखाले प्रस्ट पारेको छ। ‘कोरियाबाट प्राप्त हुने बिमा सुविधा पनि पाइँदैन र इमानदार नागरिकलाई राज्यले दिने सुविधाबाट पनि वञ्चित हुनुपर्छ,' शाखाप्रमुख बाँस्तोलाले भने।
सरकारले कार्यदल गठन गरेर यस विषयमा अध्ययनसमेत गरेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्करको संयोजकत्वमा गठित कार्यदलले गैरकानुनी कामदार न्यूनीकरणका लागि विभिन्न सुझाव दिएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले अवैध कामदारका आफन्तसँग पनि सहयोग मागेको छ। यसले कामदार र आफन्तलाई कोरियामा अवैधानिक बस्दा व्यक्तिगत रुपमा पनि फाइदा नहुने भन्दै तत्काल फर्कन आग्रह गरेको छ। शाखाले अवैधानिक कामदारले गर्दा वैधानिक र नेपालबाट जान लागेकालाई समेत समस्या हुने जनाएको छ। एक हप्ताभित्रै सञ्चारमाध्यममार्फत सार्वजनिक अपिल गरिने कार्यदल संयोजक पुष्करले बताए।
‘समयमै स्वदेश फर्कनेलाई अवसर छ। नफर्कनेलाई कारबाही हुन्छ। यसमा कामदारले ध्यान दिनु जरुरी छ,' उनले भने। घर–परिवार र आफन्तले पनि अवैधानिक बसेकालाई बोलाउनुपर्ने र अवैधानिक भएको थाहा नभए विभिन्न उपायबाट थाहा पाउन सकिने उनले बताए। चार वर्ष १० महिनाभन्दा बितिसकेको भए, पैसा अर्काेको नामबाट पठाएको भए, फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जाल अर्कै नामबाट चलाइरहेको भए त्यो अवैधानिक रुपमा बसेको बुझ्नुपर्ने उनले बताए।
‘अवैधानिक कामदारको जानकारी ग्लोबल इमिग्रेसन सफ्टवेयरमा राख्ने तयारी छ,' पुष्करले भने, ‘यसो गरेपछि संसारको कुनै पनि मुलुकले भिसा दिँदैनन्।' त्यस्तै स्थानीय प्रशासनमार्फत घर, जग्गा, जमिन निगरानीमा राख्ने प्रक्रिया सुरु गर्न लागेको उनले बताए। यसका लागि परराष्ट्र, गृह मन्त्रालयसँग समन्वय हुने छ।
यसअघि दक्षिण कोरियाले समय सकिएपछि पनि नफर्केको भन्दै भियतनामी कामदार लिन रोकेको थियो। नेपाललाई पनि त्यस्तै चेतावनी दिएको छ। भियतनामका कामदार अवैधानिक रुपमा बस्ने क्रम बढेपछि २०१३ मा उसले त्यहाँका कामदार लिएन।
कोरियाको कृषि क्षेत्रमा नेपाली पहिलो प्राथमिकतामा छन्। औद्योगिक क्षेत्रमा तेस्रो प्राथमिकतामा छन्। साना तथा मझौला उद्योगअन्तर्गत औद्योगिक उत्पादन क्षेत्रमा इन्डोनेसिया र फिलिपिनो कामदारपछि नेपाली रोजाइमा पर्छन्।