काठमाडौं- घरेलु महिला कामदारको विषयमा अध्ययन गर्ने भन्दै सरकारले १० दिनसम्म श्रम स्वीकृति बन्द गरेपछि महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न थालेका छन् ।खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना दिने र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले गत साता व्यक्तिगत श्रम स्वीकृति तत्काललाई बन्द गरेर अध्ययन समिति गठन गरेको थियो ।
अध्ययन समितिको रिपोर्ट सार्वजनिक नहुँदा र सरकारले नियमन गर्न नसक्दा तालिम लिएर बसेका आठ सय ५० महिला कामदारसमेत भारतको बाटो हुँदै खाडी पुग्न थालेको तालिम संस्थाका सञ्चालक बताउँछन् ।
समीक्षा ओरियन्टेसन सेन्टर प्रालि जोरपाटीका सञ्चालक तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड सदस्य सीता देवकोटाले सरकारले श्रम स्वीकृति नदिँदा तालिम लिएर बसेका महिला कामदारमध्ये अधिकांश भारतको बाटोबाट खाडी पुगिसकेको बताइन् । ‘न तालिम दिन पाइन्छ, न श्रम स्वीकृति पाइन्छ । नयाँ त गैरकानुनी भएर जाँदैछन् । तालिम लिएका पनि भारतकै बाटो भएर पुगिरहेका छन्,’ उनले भनिन्, ‘खाडीबाट भिसा बन्द भए पो कामदार जान पाउदैनन् । स्वीकृति बन्द हुँदा त झन् अवैधानिक भएर जाने क्रम बढ्छ ।’
सरकारले दुई वर्षअघि संस्थागत (म्यानपावर कम्पनी) श्रम स्वीकृतिमा खाडी पठाउन रोक लगाएको थियो । अहिले व्यक्तिगत स्वीकृतिसमेत बन्द गरेर महिला कामदारको अवस्था अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । घरेलु कामदारमा खाडी जान वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा सूचीकृत संस्थाबाट तालिम लिनुपर्छ । बोर्डमा १७ वटा संस्था सूचीकृत छन् । ती संस्था पनि नयाँ कार्यविधिअनुसार अनुमति लिनुपर्नेमा नलिएकाले बन्द छन् ।
दुई वर्षमा नेपालबाट तालिम लिएर विभिन्न देश गएका महिला कामदार ६ हजारभन्दा बढी रहेको बोर्डले जनाएको छ । तीमध्ये ४ सयभन्दा बढी अलपत्र परेको र तिनीहरुको उद्धार कसरी गर्ने भन्नेमा छलफल चलिरहेकाले विभागले श्रम स्वीकृति बन्द गरी अध्ययन सुरु गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयका सहप्रवक्ता बुद्धि भट्टराईले महिला कामदार भारतको बाटो जाने क्रम पहिलादेखि नै रहेको बताउँदै यो रोक्न प्रयास भएको जानकारी दिए । सरकारले अध्ययनको सिलसिलामा स्वीकृति रोक्दा पनि चोरबाटोबाट जाने क्रम जारी रहेकोले अध्ययन समितिको रिपोर्ट सार्वजनिक भएपछि तत्काल निर्णय हुने उनले बताए । ‘भारतको बाटो जानु गैरकानुनी हो । जुनसुकै बेला पनि पक्राउ पर्न सक्छ,’ उनले भने ।
अभिमुखीकरण तालिम दिने संस्थाले नै महिलालाई गैरकानुनी रुपमा खाडी पठाइरहेका छन् । संस्थागत स्वीकृति रोकिएपछि उनीहरुले व्यक्तिगत स्वीकृतिमा महिलालाई खाडी पुर्य इरहेको सरकारी कर्मचारी, कामदार र रोजगार व्यवसायी बताउँछन् ।
नेपालबाट महिला कामदार पठाउँदा प्रतिव्यक्ति २ हजार डलरसम्म कमिसन आउने रोजगार व्यवसायीको भनाइ छ । त्यही कमिसन खान तालिम दिने संस्थाले गाउँमा एजेन्ट खटाएर महिला खोज्छन् । तिनलाई काठमाडौंमा तालिम दिने र विदेश जान प्रोत्साहित गर्ने काम तालिम दिने संस्थाले नै गरिरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेको भनाइ छ ।
खोटाङकी ३१ वर्षीया जमुना राईले काठमाडौं आएर तालिम लिएको तर अहिले जान नपाएपछि भारतको बाटो जाने बताइन् । ‘विदेश जाने योजना छ । नेपालबाट जान नपाइने भएछ भारतको बाटो जाने सल्लाह भएको छ,’ उनले भनिन् । आफूलाई खाडी जान आवश्यक प्रबन्ध तालिम दिने संस्थाले नै गरिदिने सर्तमा काठमाडौं आएको उनको भनाइ छ ।
नेपाली महिला घरेलु कामदारको रुपमा कुवेत, लेवनान, बहराइन, कतार र दुबई पुग्ने गरेका छन् । खाडीमा कतिपय घरेलु महिला कामदारले सम्झौताअनुसार तलब भुक्तानीमा ढिलाइ, शारीरिक र मानसिक यातना, घरमा सम्पर्क गर्न र फर्कन खोज्दा नपाउने लगायत समस्या झेलिरहेका छन् ।