भट्टराई गुट फकाउँदै दाहाल
२७ वैशाख २०७१
•
७ मिनेट पाठ
भट्टराई गुट फकाउँदै दाहाल
काठमाडौं-एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय नेतृत्वप्रति तीव्र असन्तुष्ट बाबुराम भट्टराई पक्षलाई फकाउन सक्रिय भएका छन्। पार्टीको राष्ट्रिय सम्मेलनमा आफूले प्रस्तावित गरेको केन्द्रीय समितिमा बस्न अस्वीकार गर्दै समापन समारोह बहिष्कार गरेका नेता भट्टराई पक्षधरसँग उनले दिनहुँ भेटवार्ता र छलफल गरिरहेका छन्।

भेटघाटमा संलग्न भट्टराई निकट नेताहरुका अनुसार दाहाल असन्तुष्टलाई केन्द्रीय समितिमा फर्काएर मात्र अघि बढ्ने मनस्थितिमा छन्।
लाजिम्पाटस्थित निजी निवास र पार्टी मुख्यालय पेरिसडाँडामा भट्टराई निकट नेताहरुलाई भेटेर दाहालले पार्टीलाई विभाजनबाट जोगाउने विषयमा छलफल गरिरहेको उनी निकट स्रोतको भनाइ छ। 
यही क्रममा शनिबार लाजिम्पाटस्थित निवास डाकिएका भट्टराई निकट नेता देवेन्द्र पौडेललाई दाहालले ‘भट्टराई तिब्बतबाट फर्केपछि सल्लाह गरेर अघि बढ्ने' प्रतिबद्धता जनाए। ‘अध्यक्षले बाबुरामजी लगायत तपाईहरुलाई बाहिर राखेर अघि बढि्दनँ, त्यसका लागि बाबुरामजी नेपाल फर्केलगत्तै सल्लाह गरेर अघि बढ्नेछु भन्नुभयो,' पौडेलले शनिबार साँझ नागरिकसँग भने, ‘मैले पनि भिन्न विचार राखेकै आधारमा तपार्इं त्यसरी आक्रामक हुनुहुँदैनथ्यो भनेँ।' दाहाललाई सबैलाई केन्द्रीय समितिमै फर्काएर मात्र अघि बढ्ने मनस्थितिमा आफूले पाएको पौडेलले जनाए। 
विराटनगरमा गत बुधबार सम्पन्न राष्ट्रिय सम्मेलनमा दाहालले एकलौटी गर्न खोजेको, भिन्न मत राखेकै आधारमा माइनस गर्न खोजेको, संगठनको बलमा आफ्नो समूहलाई कमजोर बनाउन खोजेको भन्दै भट्टराईसहित उनी पक्षधर नेताले केन्द्रीय समिति सदस्य पद अस्वीकार गरेका थिए।
भट्टराई पक्षको अस्वीकारका बाबजुद दाहालले ९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरेपछि दाहाल–भट्टराई पक्षबीच विवाद चुलिएको छ। 
भट्टराई सम्मेलन समापनकै दिन राजधानी फर्किएर मानसरोवर यात्रा (तिब्बत भ्रमण) मा लागेका छन्।
सांगठनिक विवाद मत्थर गर्ने उद्देश्यले भट्टराई तिब्बत रहेकै बेला दाहालले उनी निकट नेतालाई छुट्टाछुट्टै भेटघाट गरिरहेका छन्। त्यस क्रममा उनले पार्टी मुख्यालय पेरिसडाँडामा प्रभु साहलाई बोलाएर छुट्टै छलफल गरे। 
‘अध्यक्षले आफ्ना नेताहरु भेट्नुभएको हो, यो कुनै ठूलो कुरा होइन,' दाहालका प्रमुख स्वकीय सचिव चुणामणि खड्काले नागरिकसँग भने, ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने र आगामी चुनौती कसरी सामना गरेर अघि बढ्ने भन्ने विषयमा राय लिनुभएको हो।' उनका अनुसार दाहाल पार्टीका नेताहरूसँग निरन्तर छलफलमा छन्। 
दाहाल जेठ १ गते डाकिएको नयाँ केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकअघि भट्टराईसँग छलफल गरेर मात्रै केन्द्रीय समितिलाई पूर्णता दिने योजनामा छन्। भट्टराई ३० गते तिब्बत भ्रमण सकेर स्वदेश फर्किंदैछन्। 
‘बाबुरामजीसँग ३०–३१ गते कुराकानी गरेर मात्रै थप निर्णय लिने पक्षमा अध्यक्ष (दाहाल) हुनुहुन्छ,' दाहाल निकट एक नेताले नागरिकसँग भने, ‘विराटनगरमा जे–जे भए पनि अहिले बाबुरामजीलाई अलग राखेर अघि बढ्ने पक्षमा उहाँ हुनुहुन्न।' 
भट्टराई पक्षधर नेताले दाहालको कार्यशैली अब सहन नसकिने, बरु छुट्टै पार्टी स्थापना गरेर अघि बढ्ने धम्की दिन थालेपछि उनी झस्किएका हुन्। ‘तीव्र परामर्श यसैको संकेत हो,' एक भट्टराई निकट नेताले भने, ‘उहाँ (दाहाल) भट्टराईलाई बाहिर राखेर अघि बढ्नुहुन्न भन्ने परामर्शको सन्देश बुझिन्छ।' 
ती नेताका अनुसार भट्टराईका केही माग सम्बोधन गरेरै भए पनि उनको सहमतिमा केन्द्रीय समितिलाई पूर्णता दिने दाहालको योजना छ। 
‘संस्थागत रुपमा पार्टी चलाउनुपर्‍यो, भिन्न मतलाई सम्बोधन गर्नुपर्‍यो, बाबुरामजीले उठाएका कुरालाई सम्बोधन गर्नुपर्‍यो भन्ने कुरा दोहोर्‍याएँ,' दाहालसँग भेट गरेका पौडेलले भने, ‘हामी जता लागे पनि पार्टीभित्रैका मानिस हौं भन्ने कुरा राख्यौं, आज आइपुग्दा त्यसमा अध्यक्ष सकारात्मक नै पाएको छु।' 
यद्यपि, आफ्ना माग सम्बोधन नगरे महाधिवेशनसम्म केन्द्रीय समितिमा नबस्ने अडान भट्टराई पक्षको छ। पौडेलले दाहालसँग भेटमा यही अडान दोहोर्‍याएको जानकारी दिए।
दाहालले समापन समारोहमै पनि भट्टराईलाई छाडेर अघि नबढ्ने संकेत दिएका थिए। ‘बाबुरामजीहरू हिँडिसकेको अवस्थामा हामीले चाहेको भए आजै पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्न सक्थ्यौं तर नेतृत्व संयम हुनु जरुरी छ, यो हामीलाई थाहा छ,' दाहालले समापन समारोहमा भनेका थिए,' ‘बाबुरामजीसँग राय लिएर मात्रै अघि बढ्छांै, उहाँको रायबिना अघि बढ्ने कुरा हुन्न।' 
भट्टराईले जेठ १ को केन्द्रीय समिति बैठकअघि भट्टराईलाई सहमतिमा ल्याउने ‘अन्तिम प्रयास' गर्नेछन्। भट्टराईले त्यसमा सहमति नजनाए मात्र विकल्प सोच्ने कुरा भएको दाहाल निकट नेताले जनाएका छन्। 
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस