एमआरपीका त्रुटिले सास्ती भोग्दैछन् कामदार
२८ वैशाख २०७१
•
९ मिनेट पाठ
एमआरपीका त्रुटिले सास्ती भोग्दैछन् कामदार
काठमाडौं- बागलुङ, अर्गल– ९ का जागृत पुनले मलेसिया जान दूतावासमा भिसाको आवेदन दिएका थिए । मलेसियाली दूतावासले उनको राहदानी ‘नक्कली’ भन्दै त्यत्तिकै फर्काइदियो । मलेसिया त जान पाएनन् पाएनन्, दूतावासको नजरमा नक्कली राहदानी बनाएर कीर्ते काम गर्ने व्यक्तिको सूचीमा समेत चढे ।यसको जिम्मेवार उनी आफू होइनन् । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) तयार पार्ने परराष्ट्र मन्त्रालयको राहदानी विभाग हो, जसले उनको पासपोर्टमा सरकारी छापधरि लगाइदिएन । उनले पनि पासपोर्ट बुझ्नुअघि सरकारी छाप भए-नभएको हेक्का राखेनन् । यो गल्ती पत्ता लगायो, मलेसियाली दूतावासले, जसको मूल्य पुनले चुकाउनुपर्योक ।
‘पहिले देखिएन, मलेसियाले नक्कली पासपोर्ट भन्दै फर्काइदिएपछि पो थाहा भयो, सरकारी सहीछापै रैनछ,’ योजनाअनुरुप विदेश जान नपाएर निराश पुनले नागरिकसँग दुखेसो गरे, ‘सरकारको लापरवाहीले मेरो योजना तुहियो, बिनासित्ति नक्कली पासपोर्ट बनाएको अवगाल पनि बोक्नुपर्योस ।’
परराष्ट्रले एमआरपी तयार पार्ने क्रममा राहदानीवाहकको विवरण भर्दा लापरवाही गरेका उदाहरण थुप्रै छन् । परराष्ट्रले लापरवाहीवश गरेका तिनै गल्तीको सजाय पुनजस्ता वैदेशिक रोजगारका आकांक्षीहरूले बेहोर्नुपरेको छ । कसैले भिसा पाएका छैनन् त कोही विदेशी अध्यागमनबाट अपमानित ढंगले फर्कनुपरेको छ ।
फ्युजन ओभरसिजका सञ्चालक कुमुद खनालले आफ्नो कम्पनीबाट मलेसिया गएका चारजना कामदार पासपोर्टमा सम्बन्धित व्यक्तिको हस्ताक्षर वा औंठाछाप नहुँदा अध्यागमनबाटै फर्कनुपरेको जानकारी दिए । ‘कतिपय कामदारलाई हस्ताक्षर गर्न आउँदैन, औंठाछाप गराउनुपर्छ, परराष्ट्रका कर्मचारीले त्यत्ति पनि विचार नपु¥याउँदा बिचराहरू मलेसिया पुगेर अध्यागमनबाटै फर्कनुप¥यो,’ उनले भने, ‘अहिले जिम्मेवारी लिन कोही तयार छैन ।’ 
वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्षसमेत रहेका खनालले राहदानी विभागका कर्मचारीबाट भएका त्रुटीले दैनिक २० जना कामदार विदेश जानबाट रोकिएको बताए । ‘एमआरपीमा धेरै गल्ती हुन थालेको छ, पासपोर्टजस्तो संवेदनशील डकुमेन्टमा लापरवाही हुँदा धेरै कामदारले दुःख पाएका छन्,’ उनले भने, ‘कर्मचारीले आफ्नो गल्ती सच्याउन नमान्दा उनीहरूको खर्चसमेत बढेको छ ।’
खासगरी एमआरपीमा सरकारी छाप नहुनु, राहदानीवाहकको हस्ताक्षर र औंठाछाप छुट्नु, अंग्रेजी नाम र थरको हिज्जे नमिल्नुजस्ता समस्या मुख्य रूपमा देखिएका छन् । यस्ता समस्याले वैदेशिक रोजगारमा जानेहरू बढी प्रभावित छन् । कम समयको ‘मार्जिन’ राखेर हतारहतार पासपोर्ट बनाउनेहरूको त विदेश जाने कार्यक्रमै रद्द गर्नुपरेको छ । अध्ययन र घुमफिरका लागि विदेश जाने एमआरपी वाहकहरू पनि कर्मचारीको हेलचेक्र्याइँले झन्झट बेहोर्न बाध्य छन् ।
मदिना इन्टरनेसनल म्यानपवार कम्पनीबाट विदेश उड्न लागेका १० जनाको यात्रा अन्तिम समयमा एकाएक रद्द गर्नुप¥यो । कम्पनीसँग करार र टिकटको सबै चाँजोपाँजो मिलाइसकेपछि बल्ल थाहा भयो, पासपोर्टमा नाम र थरको हिज्जे नै गलत छापिएको रहेछ ।
बागलुङ, बाटाका चौर–४ का किसनबहादुर क्षेत्री त्यसैमध्ये एक हुन् । पुरानो हस्तलिखित पासपोर्ट र एमआरपीमा उनको थर ‘क्षेत्री’को अंग्रेजी ‘स्पेलिङ’ फरक परेको छ । उनी भिसा लागिसक्दा पनि अन्तिम समयमा उड्न पाएनन् ।
मदिनाका सञ्चालक सुवर्ण श्रेष्ठले कर्मचारीको लापरबाहीका कारण राहदानीवाहकको नाम र थरको हिज्जे गलत पर्दा विदेश जान ठिक्क परेका कामदारको कार्यक्रम रद्द गर्नुपरेको बताइन् । 
‘फारम भर्दा शुद्ध लेखिएको छ, तर कर्मचारीले नै आफूखुसी जथाभावी स्पेलिङ लेखिदिँदा समस्या प¥यो,’ उनले भनिन्, ‘गल्ती सच्याउनुप¥यो भन्न जाँदा मान्दैनन् ।’ परराष्ट्रबाटै भएको गल्ती सच्याउनलाई थप जरिवाना र दस्तुर बुझाउनुपरेको उनले गुनासो गरिन् ।
‘हामीले फारम भर्दा नै गल्ती लेखेको भए पो जरिवाना तिर्नु, उनीहरू गल्ती गर्ने, उल्टो हामीले जरिवाना तिर्नुपर्ने ?’ उनको प्रश्न छ ।
एमआरपीमा त्रुटी बढ्नुको कारणबारे सोध्दा राहदानी विभागका महानिर्देशक रमेश खनाल ‘पासपोर्ट बनाउनेहरूको अत्यधिक चापले कहिलेकाहीँ प्राविधिक गल्ती हुनसक्ने’ बताउँछन् ।
‘कतिपय अवस्थामा डाटा इन्ट्री गर्दा र कतिपय अवस्थामा कामदारले फारम भर्दा पनि गल्ती हुन सक्छ, तर विभागले सच्याउने गरेको छ,’ उनले नागरिकसँग भने, ‘हाम्रो गल्ती हो भने विनाजरिवाना सच्चाएका छौं, राहदानीवाहकको गल्ती हो भने ५ हजार जरिवाना लिएर सच्याउने व्यवस्था छ ।’ राहदानीमा गल्ती भएर कामदार फर्केको वा विदेश जान नपाएको गुनासो भने अहिलेसम्म नआएको उनले बताए ।
व्यवसायीहरू भने यसमा सहमत छैनन् । मदिनाका सञ्चालक श्रेष्ठ विभागमा कामदारको पहुँच नहुने र गुनासो गर्दा पनि सुनुवाइ नगरिने बताउँछिन् । ‘लामो लाइन छिचोलेर जानुपर्छ, बल्लतल्ल पालो आउँछ, गुनासो गर्दा कर्मचारी रिसाउँछन्, जरिवाना पनि लिन्छन्,’ उनले भनिन् । 
वैदेशिक रोजगार विभागले जेठ १ देखि एमआरपीमा मात्र अन्तिम श्रम स्वीकृति दिने भनी गत फागुन ८ गते निर्णय गरेकाले पछिल्लो समय एमआरपी बनाउनेको घुइँचो छ । छुट्टीमा घर आएकाहरू पनि यही मौकामा एमआरपी बनाऊँ भनी धुइरिएका छन् । दिनकै तीन हजारभन्दा बढी एमआरपी बनाउनुपरेको राहदानी विभागले जनाएको छ ।
विभागले २०७२ मंसिर ७ देखि हस्तलिखित राहदानी काम नलाग्ने भन्दै जेठ १ देखि नै हस्तलिखितमा श्रम स्वीकृति नदिने निर्णय गरेको हो । विभिन्न देशका नेपाली दूतावासबाट हस्तलिखित राहदानीका कारण समस्या झेल्नुपरेको गुनासो आएपछि एमआरपीमा मात्र श्रम स्वीकृति दिने निर्णय गरिएको थियो । विभागले चा“डोभन्दा चा“डो एमआरपी बनाउन सर्वसाधारणलाई सार्वजनिक आह्वानसमेत गरेको थियो । यसले राहदानी विभागमा एमआरपी बनाउने कामदारको धान्नै नसक्ने भिड लागेपछि गल्ती बढ्दै गएको म्यानपावर व्यवसायी बताउँछन् । सन् २०१५ नोभेम्बरदेखि अन्तर्राष्ट्रिय रूपमै हस्तलिखित राहदानीमा प्रतिबन्ध लाग्दैछ ।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस