काठमाडौं— स्वदेशमा पशुपक्षी उत्पादन घटेपछि यस वर्ष विदेशबाट करिब २५ अर्ब रुपैयाँ बराबरको मासु आयात हुने भएको छ। यो पोहोरको तुलनामा करिब ५६ प्रतिशतले बढी हो। गत वर्ष विदेशबाट १६ अर्ब रुपैयाँको मासु आयात भएको कृषि विकास मन्त्रालयले जनाएको छ।निजी क्षेत्रका व्यवसायी भने सरकारी लापरबाहीले गर्दा मासुमा आत्मनिर्भर हुने सम्भावना हुँदाहुँदै पनि नसकिएको बताउँछन् । 'सरकारी लापरबाहीका कारण मासुमा परनिर्भरता झन् बढेको हो,' नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नागरिकसँग भने, 'सरकारले कार्यक्रम घोषणा गर्दैमा पशुपक्षी उत्पादन बढ्दैन ।'
ब्रोइलर कुखुरा व्यवसाय फस्टाउँदै गए पनि यस वर्ष भक्तपुरलगायत जिल्लामा फैलिएको बर्डफ्लुका कारण माउ कुखुरा आयात कम भएको र उत्पादनमसमेत घटेकाले मासुमा परनिर्भरता बढेको कृषि विकास मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले यस वर्ष कुखुरा उत्पादन पोहोरको चार करोड ८० लाखबाट चार करोड ८५ लाख गोटामा सीमित हुने प्रक्षेपण गरेको छ । यो पाँच प्रतिशतको गिरावट हो । तर, महासंघका अध्यक्ष विष्टले कुखुरा उत्पादनमा २० प्रतिशतभन्दा बढी ह्रास आएको बताए ।
मन्त्रालयका सहसचिव विजयकुमार मल्लिकले गत आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादन धेरै घटेको बताए । उनका अनुसार पोहोर कुखुरा उत्पादन करिब सात प्रतिशतले बढेको थियो । त्यसैगरी, भैंसी ३.२, राँगा १.५८, भेडा ०.४ र अन्डा ४.६९ प्रतिशतले बढेको थियो ।
यो वर्ष भेडाभेडीको संख्या करिब सात लाख ९० हजार र बाख्रा÷बोका एक करोड एक लाख ७९ हजार रहने अनुमान छ । पोहोरको दाँजोमा भेडाभेडीको संख्या दुई प्रतिशतले घढी हो। बाख्राबोका भने ३.३ प्रतिशतले बढेको कृषि विकास मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुँइटेलले बताए ।
तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७०÷०७१ मा गाई–भैंसी (नाक र चौंरीबाहेक) बाट १६ लाख ९८ हजार टन दूध उत्पादन हुन्छ । यो अघिल्लो वर्षको तुलनामा करिब एक प्रतिशतले बढी हो । कुल दूध उत्पादनमध्ये गाईबाट पाँच लाख ६२ हजार टन र भैंसीबाट ११ लाख ३५ हजार टन दूध उत्पादन हुने अनुमान छ । भैंसी पाल्ने किसानको संख्या घट्दै गए पनि उन्नत गाईपालन व्यवसाय फस्टाउँदै गएको मन्त्रालयले बताएको छ ।
नेपालको कुल मासु उत्पादन आर्थिक वर्ष २०६९÷०७० को तुलनामा ०.१५ प्रतिशतले बढेर दुई लाख ९५ हजार टन पुग्ने अनुमान छ । कुल मासु उत्पादनमध्ये राँगाभैंसीबाट करिब एक लाख ७३ हजार टन, (५८ प्रतिशत) भेडाबाट दुई हजार ६ सय ५९ टन (१ प्रतिशत) खसीबोकाबाट ५९ हजार ५० टन (२० प्रतिशत), बंगुरवाट १९ हजार आठ सय ६० टन (७ प्रतिशत), कुखुराबाट ४० हजार ६ सय ९० (१३ प्रतिशत) र हाँसबाट दुई सय २७ टन हुने अनुमान छ ।
औद्योगिक र सेवा क्षेत्र निराशाजनक रहे पनि कृषिको सन्तोषजनक उत्पादनले सरकारको आर्थिक विस्तार लक्ष्य हासिल हुने देखिएको छ। खाद्यान्न उत्पादन वृद्धिले कुल गार्हस्थ उत्पादन (जिडिपी) २ प्रतिशतसम्मले बढ्ने मन्त्रालयका अधिकारीको अनुमान छ । चालु आवमा सरकारले साढे पाँच प्रतिशतको लक्ष्य लिएको छ । जिडिपीमा कृषि क्षेत्रको योगदान करिब ३५ प्रतिशत रहेकाले मौसम अनुकुलमात्रै भइदि"दा पनि अर्थतन्त्रमा सुधारको संकेत देखिन्छ ।
'यसपालि खाद्यान्न उत्पादन बढ्नुमा नियमित र पर्याप्त वर्षासँगै दैवी प्रकोपको न्यून असर र उन्नत प्रविधिले मुख्य भूमिका खेलेको छ,' मन्त्रालयका सचिव जयमुकुन्द खनालले नागरिकसँग टेलिफोनमा भने । गत आवमा ७८.७१ प्रतिशत वृद्धि भएकामा यो आवमा एक सय सात प्रतिशत वृद्धि भयो । यसपटक बाली लगाउने अन्तिम समयमा समेत पानी पर्याप्त र एकनासले परेकाले उत्पादन सकारात्मक प्रभाव परेको उनी बताउ"छन् ।
दैवी प्रकोपको हिसाबले हेर्दा पनि यसपालि ज्यादै कम मात्रमा खाद्यान्न बालीको क्षेत्रफल क्षति पुगेको छ । गत आवमा ९३ हजार सात सय हेक्टर क्षेत्र क्षतिग्रस्त भएको थियो । यसपटक ११ सय ४३ हेक्टरमा मात्रै क्षति पुगेको उनले बताए । उत्पादन बढे पनि खाद्य असुरक्षाको उच्च चपेटामा परेका मध्य र सुदूरपश्चिम क्षेत्रका जिल्लालाई भने यसले खासै फरक नपार्ने देखिएको छ ।
उच्च ढुवानी लागतका कारण ती जिल्लामा अहिले पनि सरकारले अनुदान दिएर चामल वितरण गर्दै आएको छ । समग्र उत्पादन बढे पनि तराईका १० र पहाडका ३३ जिल्लामा खाद्यान्न उत्पादनको अवस्था ऋणत्मक भएकाले समग्र माग थेग्न चुनौतीपूर्ण देखिएको खनालले बताए । अन्न भण्डार भनेर चिनिने तराईको चितवन जिल्लामा समेत यो वर्È खाद्यान्न उत्पादन ऋणात्मक देखिएको छ । बढ्दो सहरीकरण, नगदेबालीतर्फ किसानको बढ्दो आकर्Èण, खाद्यान्न बालीमा न्यून लगानी, जनसंख्या वृद्धिलगायतका कारणले पनि पछिल्ला वर्Èमा तराईका जिल्लामा उत्पादन ऋणात्मक देखिएको हो ।
यस्तै, नगदेबालीतर्फ अलैंची, जुट र सुर्तीबाहेक अन्य वस्तुको उत्पादन बढेको छ । तेलहन, आलु, उखुलगायतका नगदेबालीको उत्पादन पनि यो आर्थिक वर्Èमा करिब १० प्रतिशतले बढेको हो । अलैंची, जुट र सुर्तीको उत्पादन क्रम २६, ३८ र चार प्रतिशतले घटेको तथ्यांक छ ।
दलहन बालीमा ज्यादै कम (१.२४) प्रतिशतले उत्पादन बढी दुई लाख ६६ हजार टन पुग्ने अनुमान छ । यस्तै, तरकारी ६.६६ प्रतिशत र फलफूलको उत्पादन २.८४ प्रतिशतले बढेको छ । मसलाबालीतर्फ भने अदुवा, लसुन, बेसार र खुर्सानीको उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यी उत्पादनमा क्रमशः २६, ११, १२ र सात प्रतिशतले बढेको छ ।