काठमाडौं- क्यानेडेली नागरिक लरेन्ट अर्मान्ड क्यारियरको हत्या अभियोगमा थुनछेकका लागि जिल्ला अदालत भक्तपुर लगिएका सिरियल किलर चाल्र्स शोभराजले बयान दिन मानेनन् । छत्तीस वर्ष पुरानो हत्या अभियोगमा आइतबार दिउँसो ११ बजे प्रहरीको सुरक्षा घेरामा केन्द्रीय कारागारबाट भक्तपुर लगेर न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासमा उनलाई उपस्थित गराइएको थियो ।शोभराजले आफूविरुद्ध लगाइएको अभियोगबारे कुनै जानकारी नभएको भन्दै बयान दिन अस्वीकार गरेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले बताए ।
दिनभरको बयान लिने प्रयास सफल हुन नसकेपछि कर्णले अभियुक्त शोभराजको मागअनुसार अभियोगपत्रको प्रतिलिपि अध्ययन गर्न दिएर जेठ १२ गते बयानका लागि उपस्थित गराउन आदेश दिएका थिए । त्यसपछि बेलुकी ५ बजे शोभराजलाई पुनः केन्द्रीय कारागार ल्याइयो ।
‘अभियोगपत्रको प्रतिलिपि अध्ययनका लागि दिएर जेठ १२ गते बयानमा उपस्थित गराउने आदेश भयो,’ स्रेस्तेदार अधिकारीले नागरिकसँग भने ।
काठमाडौंमा भएको अमेरिकी नागरिक कोन्नी ब्रोनिच हत्या अभियोग पुष्टिसँगै शोभराज ११ वर्षदेखि केन्द्रीय कारागारको गोलघरमा छन् । उनीविरुद्ध जिल्ला अदालत भक्तपुरमा मुलतवी रहेको क्यानेडेली नागरिक लरेन्ट अर्मान्ड क्यारियर हत्याको मुद्दा ब्युताउँदै महानगरीय प्रहरी परिसर भक्तपुरले बयान लिएको थियो ।
२०३२ पुस ६ गते अरनिको राजमार्गको दक्षिणी भेगमा अनुहार डढाएर चिन्नै नसक्ने अवस्थामा लरेन्टको शव फेला परेको थियो । नग्न अवस्थामा रहेको शवको अनुहार चिन्नै नसक्ने भएकाले त्यतिबेला पहिचान हुन सकेको थिएन ।
त्यसको दुई दिनपछि २०३२ पुस ८ गते काठमाडौंको मनहरा खोलामा उस्तै प्रकृतिले हत्या गरेर फालिएको अवस्थामा एक युवतीको शव फेला प¥यो । अनुसन्धान अघि बढाउँदा मनहरामा फेला परेको शव कोन्नीको भएको खुल्यो । त्यही आधारमा अनुसन्धान गर्दा भक्तपुरको शव लरेन्टको भएको र दुवै चाल्र्स शोभराजको योजनामा मारिएको खुलेको थियो । त्यतिबेला शोभराज फरार रहेकाले दुवै हत्याको अनुसन्धान मुलतवीमा थियो ।
२०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चाल्र्स पक्राउ परेपछि काठमाडौंमा रहेको हत्या र फर्जी राहदानीको मुद्दा ब्युँतियो । २०६० मा दोस्रोपटक नेपाल आउने क्रममा पक्राउ परेका शोभराजविरुद्ध कोन्नीको हत्या र फर्जी राहदानीको अभियोग पुष्टि गर्दै जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनायो । लरेन्टको मुद्दा भने मुलतवीमै रह्यो ।
लामो समय मुलतवी रहेको अनुसन्धान प्रक्रिया गत माघमा ब्युताउँदै महानगरीय प्रहरी परिसर भक्तपुरले शोभराजसँग बयान लिएको थियो । उनको बयान र अनुसन्धानमा फेला परेको तथ्य प्रमाणका आधारमा लरेन्टको हत्या चाल्र्सले गरेको रायसुझाव जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरलाई दिएपछि दोस्रो हत्या अभियोग ब्युँतिएको हो ।
भक्तपुर प्रहरीस्रोतका अनुसार कोन्नी र लरेन्टको हत्याको प्रकृति एकै भएकाले कोन्नीको हत्या अनुसन्धानमा फेला परेका प्रमाण नै लरेन्ट हत्यामा प्रमाणका रूपमा प्रस्तुत गरिएको छ । सुरुमा चाल्र्सले कोन्नी र लरेन्टलाई आफूले नचिन्ने दाबी गरेका थिए । पछि प्रहरीसँगको बयान क्रममा उनले कोन्नी र लरेन्ट एकै गेस्ट हाउसमा बस्ने गरेको जानकारी दिए । यही आधारमा चाल्र्स दुवैजनासँग परिचित रहेको प्रहरीको रायसुझावमा उल्लेख गरिएको स्रोतले जानकारी दियो ।
अदालतमा बयानका लागि जाँदा उनको श्रीमती दाबी गर्ने निहिता विश्वास सँगै देखिन्थिन । आइतबार भक्तपुर अदालत परिसरमा भने निहिता देखिइनन् । केन्द्रीय कारागारमा बन्दी रहेकै अवस्थामा दुईबीच प्रेम बसेपछि कारागारभित्रै विवाह भएको चाल्र्स र निहिताले दाबी गर्दै आएका थिए । आइतबार बयानका लागि अदालत पुग्दा भने चाल्र्स एक्लै थिए ।
जुन प्रमाणका आधारमा कोन्नीको हत्यामा चाल्र्सलाई दोषी पुष्टि गरिएको छ, लरेन्ट हत्या अभियोगमा पनि चाल्र्सविरुद्धका प्रमाण उही हुन् । चाल्र्स नै हत्यामा संलग्न रहेको पुष्टिका लागि होटल सोल्टीको गेस्ट फारमलाई समेत प्रमुख आधार बनाइएको थियो । प्रहरीले पेस गरेको यो प्रमाणलाई अदालतले स्वीकार गरेको छ ।
भक्तपुरको हत्या मुद्दा के हुन्छ अझै प्रस्ट छैन । भक्तपुरको मुद्दा टुंगो नलागे पनि चाल्र्स कोन्नीकै हत्याबापत अझै ९ वर्ष कारागारमा रहने छन् । उनी हत्या अभियोग पुष्टिसँगै २०६० असोज २ गते केन्द्रीय कारागारमा पुगेका थिए । अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सर्वस्वहरण वा त्योबापत डेढ वर्ष थप कैद र जन्मकैदबापत २० वर्ष थुनामा बस्नुपर्नेछ ।
चाल्र्स कारागारमा बस्दाबस्दै ७० वर्ष कटिसकेका छन् । जन्मकैदको सजाय पाएका ७० वर्ष पार भएका कैदीलाई सरकारले चाहे बाँकी सजाय माफी दिनसक्ने कानुनी व्यवस्था छ । यो सरकारको तजबिजी अधिकार हो ।
चाल्र्सले जन्मकैदबापत जेल सजाय भोगिरहे पनि सर्वस्वहरणको फैसला भने कार्यान्वयन भएको छैन । केन्द्रीय कारागारका जेलर शम्भु रेग्मीका अनुसार सर्वोच्चले सर्वस्वसहित जन्मकैद पाएको कैदीको हकमा सर्वस्वहरणलाई कैदमा जोड्न नमिल्ने नजिर भएको बताउँदै उनी छुट्ने बेला जेल प्रशासनले लेखापढी अगाडि बढाउने जानकारी दिए ।
‘उनको कैद भुक्तान समय कटेपछि सर्वस्वहरणबारे के गर्ने भन्ने सम्बन्धित निकायसँग जानकारी माग्छौं,’ रेग्मीले नागरिकसँग भने, ‘जे आदेश आउँछ हामीले त्यही कार्यान्वयन गर्ने हो ।’

अझै ९ वर्ष जेलमै