‘यौन दुराचार' पुष्टि भएन
०५ जेष्ठ २०७१
•
१४ मिनेट पाठ
‘यौन दुराचार' पुष्टि भएन
काठमाडौं-आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि परेको उजुरी अनुसन्धानमा ‘यौन दुराचार' सम्बन्धी आरोप पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ। दिलशोभाको टेलिफोन रेकर्ड भनी उजुरीसाथ संलग्न एकतर्फी फोनसंवाद यौन दुराचारसँग सम्बन्धित नदेखिएको भन्दै प्रहरीले त्यही आधारमा उजुरीमा रहेको उक्त आरोप पुष्टि नहुने निष्कर्ष निकालेको हो।उजुरीमा उल्लिखित अवैध बालगृह चलाएको, बालगृह तथा आमाघरका नाममा आएका सहयोग सामग्री बेचबिखन गरेको र बालगृहका बालबालिकालाई बाहिर पठाउनेलगायत अन्य आरोप भने प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
श्रेष्ठद्वारा सञ्चालित आमाघरबारे जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा भनिएको छ, ‘उजुरीको बुँदा नम्बर १६ मा उल्लेख भएबमोजिम बालबालिकाको बयान, आमाघरबाट विगतमा अन्यत्र गई बसेका व्यक्तिको बयान र उजुरीसाथ संलग्न अडियो क्लिपको संवादका आधारमा दिलशोभा श्रेष्ठ र राधिका मानन्धरबीच उक्त वार्ता भएको देखिएकाले आमाघरमा त्यस्तो कुनै क्रियाकलाप नभएको पुष्टि हुन्छ।'
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘आमाघरले अनुमति नै नलिई बालगृह सञ्चालन गरेको, संस्थाका नाममा आएको आर्थिक सहयोग अपचलन हुने गरेको, बालबालिकालाई अवैध रूपमा विदेश पठाउने गरेको' लगायत आरोपसँगै एकतर्फी फोनसंवादको रेकर्ड संलग्न गरी आमाघरको आवरणमा अनैतिक गतिविधि हुने गरेको भनी उजुरी परेको थियो।
सोही उजुरी र फोनसंवादको रेकर्डका आधारमा केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीको संयुक्त टोलीले आमाघरको अनुगमन थालेको थियो। अनुगमन क्रममा त्यहाँ आश्रित बालबालिका जोखिममा रहेको र अन्य आरोपबारे विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्दै २०७० फागुन १४ गते प्रशासनले बालबालिकाको उद्धार गरेको थियो।
प्रशासनले त्यसको छ दिनपछि फागुन २० गते अडियो क्लिपसहित उजुरीको प्रति पठाएर यौन दुराचारलगायत आरोपमाथि अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएको थियो।
काठमाडौं परिसरले अनुसन्धानका लागि पत्र र फोनसंवादको रेकर्ड महानगरीय प्रहरी अपराध महाशाखालाई पठायो। महाशाखाले डिएसपी मीरा चौधरीमार्फत अनुसन्धान गरेर आइतबार काठमाडौं परिसरलाई प्रतिवेदन बुझाएको हो।
काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश खरेलले जिल्ला प्रशासनबाट प्राप्त पत्रका आधारमा अपराध महाशाखाले अनुसन्धान गरी तयार पारेको प्रतिवेदन परिसरमा आएको जानकारी दिए। 
‘अनुसन्धान प्रतिवेदन हामी जिल्ला प्रशासनमा बुझाउनेछौं,' उनले सोमबार नागरिकसँग भने। प्रतिवेदनका निष्कर्ष र भावी कारबाही प्रक्रियाबारे भने उनले केही बताउन चाहेनन्।
‘उजुरीकर्ताले एकतर्फी फोनसंवादको रेकर्ड माघ २ गते बेलुकी ७ः०७ बाट सुरु भएको दाबी गरे पनि दिलशोभाले प्रयोग गर्ने मोबाइल र आमाघरमा रहेको ल्यान्डलाइनको कल रेकर्ड विश्लेषण गर्दा त्यो समय कसैसँग कुराकानी भएकै देखिएन,' प्रतिवेदनको निष्कर्ष उद्धृत गर्दै स्रोतले नागरिकसँग भन्यो। 
प्रतिवेदनमा दिलशोभाको ‘सिडिआर' (कल डिटेल रेकर्ड) विवरणमा त्यो समय कुनै कल नदेखिएको उल्लेख छ। त्यही मिति आसपास त्यही समयतिर तीनवटा नम्बरमा सम्पर्क भएको प्रतिवेदनमा छ। प्रहरीले माघ १६ को सोही समयलाई आधार बनाउँदै त्यसबेला सन्तोष तिमल्सिना, धर्मकुमारी थापा र राधिका मानन्धरसँग सम्पर्क भएको प्रतिवेदनमा उल्लेख छ।
अडियो रेकर्डको प्रोपर्टीमा रेकर्ड मिति र समय सन् २०१४ जनवरी १६ (माघ २) १९ः१० उल्लेख छ। सिडिआर रेकर्ड हेर्दा माघ १६ गते त्यही समय सम्पर्कमा देखिएका सन्तोष तिमल्सिनाले प्रहरी बयानमा एक वृद्धालाई दिलशोभाकहाँ राख्न फोन गरेको दाबी गरेका छन्। दिलशोभाका अनुसार रेकर्डमा देखिएकी राधिका कालिमाटी निवासी क्यान्सर बिरामी हुन् भने धर्मकुमारी उनको घरमा काम गर्न जाने महिला।
प्रहरी प्रतिवेदनमा उक्त अडियो रेकर्ड उजुरीकर्ताले दाबी गरेझैं माघ २ गते नै रेकर्ड भएको हो या हैन भन्नेबारे केही उल्लेख छैन। प्रहरीको अनुसन्धान प्रतिवेदनमा अडियोको वैज्ञानिक परीक्षणको पाटो पनि समेटिएको छैन। प्रहरीले माघ १६ को समयलाई आधार बनाएर फोनसंवादमा सुनिएको कुराकानी दिलशोभा र राधिकाबीच नै भएको निष्कर्ष दिएको छ।
प्रहरी अनुसन्धान प्रतिवेदनले अवैध रूपमा बालगृह सञ्चालन गरेको, आमाघरमा राख्न पठाएका चार बालबालिका फेला नपरेको, संस्थामा आएका सहयोग सामग्री बेचबिखन हुने गरेको पुष्टि गरेको छ। बालगृहमा राख्न भनी ल्याइएका बालबालिकालाई बाहिर पठाएको, शारीरिक यातना दिने गरेको र म्याद सकिएका अखाद्य तथा गुणस्तरहीन खानेकुरा खुवाउने गरेको समेत प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
अनुसन्धान प्रतिवेदनअनुसार थानकोट बस्ने मनोरञ्जन गोपाली, विनोद खाद्य स्टोरका सञ्चालक खिलबहादुर श्रेष्ठ, काठमाडौं– १३ का दिलबहादुर श्रेष्ठले आमाघरकी सञ्चालिका दिलशोभासित सामग्री किन्ने गरेका थिए। आमाघरको नाममा आउने सामग्री किन्नेमध्ये मनोरञ्जन दिलशोभाका आफ्नै भाइ हुन्।
‘तीनजनाले सामान किनेको स्वीकार गरेकाले संस्थामा आएका सहयोग सामग्री बेचबिखन हुने गरेको पुष्टि हुन आउँछ,' प्रतिवेदन उद्धृत गर्दै स्रोतले भन्यो।
उजुरीमा ४० लाख रुपैयाँ हुन्डीमार्फत विदेश पठाएको दाबी गरिएको थियो। प्रहरी प्रतिवेदनअनुसार यो विषय अनुसन्धानको दायरामा पारिएको छैन। अनुसन्धान प्रतिवेदनमा वृद्धावस्थाका असहाय व्यक्ति पालनपोषण गर्ने उद्देश्यले सञ्चालित आमाघरको विधानअनुसार पनि बालबालिका राख्ने अनुमति नहुँदा–नहुँदै गैरकानुनी रूपमा बालगृह सञ्चालन गरेको उल्लेख छ। दिलशोभाले प्रहरीसँगको बयानमा बालबालिकालाई कहिल्यै कुटपिट नगरेको दाबी गरे पनि प्रहरीले आफ्नो प्रतिवेदनमा ‘बालबालिकालाई लाठीले कुट्ने, सामूहिक सजाय दिने र म्याद गुजि्रएका, बासी तथा कीरा लागेका खाद्य सामग्री खुवाउने गरेको नकार्न नसकिने' उल्लेख गरेको छ।
दिलशोभाले कुनै बालबालिकालाई विदेश नपठाएको दाबी गरे पनि प्रहरीले भने आमाघरमै गरिएको पत्रकार सम्मेलनको भिडियो क्लिपलाई आधार बनाउँदै ‘दिलशोभा आफैंले बेलायत र क्यानडा पठाएको स्वीकार गरेको' विवरण प्रतिवेदनमा समेटेको छ। तर, ती देशमा बालबालिका पठाइएका हुन् कि होइनन्, पठाइएका हुन् भने को–को हुन् र कुन प्रक्रियाबाट विदेश लगिएका हुन् भन्ने पाटोतिर अनुसन्धान प्रवेश गरेको देखिएन।
उजुरीकर्तासँग प्रहरीले लिएको बयानमा आमाघरमा ल्याइने काखे बालबालिकालाई विदेश लैजान एजेन्टको काम गर्ने व्यक्तिको नाम र नम्बरसमेत खुले पनि प्रहरी प्रतिवेदनमा यसबारे केही उल्लेख छैन।
दिलशोभाले आफ्नो बयानका क्रममा चार बालबालिकालाई विभिन्न संस्थामा पठाएको दाबी गरे पनि केन्द्रीय बालकल्याण समितिसहितको टोलीले उद्धार गरेका ३७ बालबालिकाको अभिलेख उतार्ने समयसम्म उनीहरूको अभिलेख उपलब्ध गराउन नसकेको प्रहरी अनुसन्धान प्रतिवेदनमा छ।
‘विशेष भट्टराईको संरक्षक वसन्ती अधिकारी भट्टराई, अर्जुन गुरुङलाई समाजकल्याण परिषद, २० वर्षे पेमा शेर्पालाई बालबालिका खोजतलास सेवाकेन्द्र भृकुटीमण्डप तथा बलिराज बूढालाई केन्द्रीय बालकल्याण समितिको कार्यालयबाट संरक्षणका लागि पठाएको कागजात उपलब्ध गराइए पनि उनीहरू कहाँ छन् भन्ने अभिलेख उपलब्ध गराउन नसकेको' अनुसन्धान प्रतिवेदनमा छ।
प्रहरी अनुसन्धानमा बालगृहमा राख्ने भनी ल्याइएका बालबालिकालाई घरेलु श्रममा अन्यत्र पठाइने गरेको विवरणसमेत छ। छाउनी बस्ने सावित्री श्रेष्ठकहाँ नवराज दानी, थानकोटस्थित माइतीमा बबिक सिलवाल, पोखराको लक्ष्मी श्रेष्ठकहाँ सुस्मिता बोगटी र भुन्टु, टेकुमा अप्सरा, पोखराको चिप्लेढुंगाको पुष्पराज बज्राचार्यकहाँ मनोज थापा, असनको पूर्णदेवी कंसाकारकहाँ वसन्ती कार्की र पाटनमा खुसी नाम गरेकी बालिका पठाएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
दिलशोभाले बयान क्रममा संस्थाको आम्दानी मेघा बैंक, नेपाल बैंक र सानिमा विकास बैंकमा राख्ने गरेको उल्लेख गरेकी छन्। उनले संस्थाको नाममा आएको सहयोग बेचबिखन गर्ने गरेको पुष्टि गरे पनि प्रहरीले आर्थिक अपचलनको पाटोमा अनुसन्धान गरेको देखिएन।
आमाघरले दाताहरूलाई नगद सहयोगको आग्रहसहित बनाएको बोर्डमा विभिन्न बैंकका १० खाता नम्बर राखिएको थियो। स्रोतअनुसार आमाघर प्रकरण सार्वजनिक भएलगत्तै अधिकांश बैंकका खाता बन्द छन्।
बालबालिकासँगको परामर्शमा उनीहरूलाई प्रत्येक शनिबार कालिमाटी खसीबजारनजिकको सालोङ चर्चमा लगेर प्रार्थना गराउने गरेको खुलेको थियो। उद्धार गरिएका बालबालिकाको झोलामा बाइबल फेला परेको थियो। दिलशोभाले बयानमा बालबालिकालाई चर्चमा जान बाध्य नपारिएको उल्लेख गरेकी छन्। प्रहरी अनुसन्धान धर्म परिवर्तनको पाटोमा पनि प्रवेश गरेको देखिएन।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस