काठमाडौं-मिर्गौला कारोबारमा संलग्न १० जनाको गिरोहलाई प्रहरीले राजधानीमै पक्राउ गरेको छ। गिरोहको प्रलोभनमा चितवन र काभ्रेबाट मिर्गौला बेच्न राजधानी आएका दुईजनालाई अस्पतालको अप्रेसन थियटरबाट उद्धार गरिएको छ।
महानगरीय प्रहरी वृत्त, महाराजगन्जले बुधबार र बिहीबार छापा मारेर राजधानीको सुन्धारास्थित विभिन्न गेस्ट हाउसबाट मिर्गौला बिक्रीमा संगठित रूपले लागेका १० जनालाई पक्राउ गरेको हो।
डिएसपी सानुराम भट्टराईका अनुसार पक्राउ परेकामध्ये छजनाले विगतमा आफैंले मिर्गौला बेचेका थिए। भारत पुगेर मिर्गौला बेचेका उनीहरूले फर्किएर धन्दा सुरु गरेका थिए।
मिर्गौला बिक्रीमा संलग्न आरोपमा पक्राउ परेकामा प्रकाश तामाङ, अमिर तामाङ, विनोद मिजार, विक्रम परियार, हरि परियार, सागर मिजार, सरस्वती श्रेष्ठ, राजु खड्का, रञ्जित महर्जन र गौर सिंह जागरी छन्। पक्राउ परेका आरोपी काभ्रेको फूलबारी, सानोचौर, पाँचखाल, बालुवा गाविसका हुन्। काभ्रे अत्यधिक मिर्गौला बिक्री हुने जिल्ला रहेको पहिल्यै खुलासा भएको थियो।
‘उनीहरू मिर्गौला बिग्रिएर विभिन्न अस्पतालमा ‘डायलासिस' गराइरहेका बिरामीको आफन्तलाई सम्पर्क गरी मिर्गौला खोजिदिने प्रस्ताव राख्थे,' डिएसपी भट्टराईले प्रारम्भिक अनुसन्धानको पाटो खुलाउँदै बिहीबार नागरिकसँग भने, ‘बिरामीका आफन्त सहमत भएपछि सर्वसाधारणलाई फकाएर मिर्गौला बिक्री गर्र्थे।'
प्रहरीका अनुसार उनीहरूले काभ्रे बाँसबारीका रमेश सुनारलाई ३ लाख रुपैयाँ दिने सर्तमा मिर्गौला बेच्न राजी गराएर काठमाडौं ल्याएका थिए। गिरोहले टिचिङ अस्पतालमा दुवै मिर्गौला बिग्रेर उपचार क्रममा रहेकी कञ्चनपुरकी २४ वर्षीया मनवती बोहोरा जागरीका आफन्तसँग सम्पर्क गरेको पाइएको छ। प्रत्यारोपणका लागि मिर्गौला बिक्रेता खोजिदिने भन्दै ८ लाखको प्रस्ताव राखेको पनि अनुसन्धानमा फेला परेको छ।
अंग प्रत्यारोपण गर्न कानुनले छुट दिए पनि आफन्तबाहेकमा बन्देज छ। प्रत्यारोपण वैध देखाउन गिरोहले काभ्रेका सुनारलाई मनवतीको सहोदर भएको प्रमाणित गर्न खोजेका थिए। यसका निम्ति सुनारको तस्बिर राखेर प्रेम बोहोराका नाममा नागरिकतासमेत बनाइएको भट्टराईले जानकारी दिए। ‘सोही नागरिकताका आधारमा गाविस कार्यालयबाट नाता प्रमाणित गराएर मिर्गौला बिक्रीका सबै कागजी प्रक्रिया पूरा गरेको पाइयो,' उनले सुनाए।
मिर्गौला प्रत्यारोपणका लागि बोहोरा र सुनार दुवैलाई अप्रेसन थियटरमा लगिसकेको अवस्थामा प्रहरीले यी तथ्य भेटेपछि थियटरभित्रैबाट सुनारको उद्धार गरेको थियो।
प्रहरीले प्रारम्भमा बिरामीको आफन्त बनेर अस्पताल आएका कारोबारीलाई पक्रेर अप्रेसन सुरु गरेको थियो। अनुसन्धान क्रममा मिर्गौला बिक्रीमा संलग्नहरू सुन्धाराका विभिन्न गेस्ट हाउसमा रहेको सूचना पाएपछि प्रहरीले बुधबारै छापा मारेर छजनालाई समातेको थियो।
छापा मार्ने क्रममा सुन्धाराको निपोन गेस्ट हाउसमा पुगेको प्रहरीले १६ वर्षे पूजा राई र विनोद मिजारकी श्रीमती सरस्वतीलाई फेला पारेपछि दुवैलाई नियन्त्रणमा लिएको थियो। सोधपुछ गर्दा चितवनकी पूजालाई एक साताअघि २ लाख दिने प्रलोभन दिएर काठमाडौं ल्याएर गेस्ट हाउसमा राखेको खुलेपछि प्रहरीले सरस्वतीलाई समेत पक्राउ गर्यो। प्रारम्भिक अनुसन्धानमा पूजाको स्वास्थ्य परीक्षण गरेर अर्का एक बिरामीसँग ‘म्याचिङ' प्रक्रिया सुरु भइसकेको अवस्थामा रहेको प्रहरीले जानकारी दियो।
काठमाडौंमा सुविधा नहुँदा रोगीले भारतमा गएर मिर्गौला प्रत्यारोपण गराउँदै आएका थिए। गिरोहले स्थानीयलाई आर्थिक प्रलोभनमा पारेर सर्वसाधारणलाई भारतका विभिन्न अस्पताल पुर्याएर मिर्गौला बिक्री गर्दै आएको पनि प्रहरीले जनाएको छ।