काठमाडौं-सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँगको सम्झौता लत्याउँदै करिब डेढ दर्जन मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुला गर्ने सम्भावना बढेको छ। थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग पूरा गर्ने सम्झौतासहित केसीको आमरण अनशन तोडाउने क्रममा गठित उच्चस्तरीय सरकारी समितिले नै यसअघि मनशायपत्र लिएका १६ कलेजलाई सम्बन्धन दिन सकिने सुझावसहित प्रतिवेदन तयार पारेको हो।त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक केसी यसअघि प्रक्रिया मिचेर, पूर्वाधारबिनै चारवटा मेडिकल कलेज खोल्न सम्बन्धन दिने त्रिविको तयारीविरुद्ध अनशन बसेका थिए। मनशायपत्र लिई मेडिकल काउन्सिलबाट समेत स्वीकृत भइसकेका मनमोहन मेमोरियल, पिपल्स, काठमाडौं नेसनल र नेपाल प्रहरी मेडिकल कलेजको सम्बन्धन केसीकै अनशनले रोकेको थियो। अहिले तीसमेत १६ लाई सम्बन्धन दिन सकिने प्रतिवेदनको मनशाय छ।
उक्त समितिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सम्बन्धन दिँदै आएका त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय तथा हालसम्म सम्बन्धन नदिएका अन्य विश्वविद्यालयबाट पनि सम्बन्धन दिन सकिने सुझाव दिने तयारी गरेको नागरिकले फेला पारेको प्रतिवेदनमा उल्लेख छ।
केसीसँग पछिल्लो अनशन तोडाउने क्रममा भएको सम्झौताअनुसार शिक्षा मन्त्रालयले माघ २० गते पूर्व शिक्षासचिव जयराम गिरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।
समितिको प्रतिवेदनले भने त्यही अनशनपछि स्थगन भएको सम्बन्धन प्रक्रियालाई वैकल्पिक बाटो खुलाउन खोजेको छ।
बुधबार अन्तिम रूप दिइएको प्रतिवेदन शिक्षामन्त्री चित्रलेखा यादवलाई अर्को साता बुझाउने तयारी भइरहेको समितिका संयोजक गिरीले बताए।
प्रतिवेदन कार्यान्वयन भए नयाँ मेडिकल कलेज जथाभावी खुल्न सक्नेछन्। एउटा विश्वविद्यालयले सम्बन्धन दिन अस्वीकार गरे कलेज सञ्चालकसँग अन्य विश्वविद्यालय ताक्ने विकल्प हुनेछ। सम्बन्धनको पर्खाइमा रहेका कलेज सञ्चालकहरूकै दबाबमा यस्तो खुकुलो सिफारिस गरिएको स्रोतको भनाइ छ।
हाल बजारले धान्नसक्ने भन्दा बढी मेडिकल कलेज खुल्नाले प्राध्यापक र विद्यार्थीकै अभाव छ। परीक्षा लिनसमेत प्राध्यापक नपुगेपछि भारतबाट ल्याउनुपरेको छ। ती प्राध्यापक पनि मेडिकल काउन्सिलले अनुगमन गर्ने बेला देखाउनलाई मात्र ल्याइन्छ, जसलाई ‘खडे बाबा' भन्ने गरिन्छ। यस्तोमा १६ नयाँ मेडिकल कलेजले सम्बन्धन पाए अस्वस्थ प्रतिस्पर्धा बढ्नुका साथै मेडिकल पढाइको गुणस्तरमा झन् गिरावट आउने सम्बद्ध विज्ञले बताउँदै आएका छन्। डा. केसी अनशन बस्नुको मुख्य कारण यही हो।
समितिका सदस्य तथा चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झाले सम्बन्धन पर्खाइमा रहेका कलेजबारे केही नबोल्ने प्रस्ताव आफूले राखेको बताएका छन्।
‘हामीले नीति बनाउने हो, सम्बन्धनको पर्खाइमा रहेका कलेजबारे केही नबोलौं भनेको थिएँ,' उनले नागरिकसँग भने।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक डा. जगदीशप्रसाद अग्रवालले पनि भएका कलेजलाई सम्बन्धन दिनेबारे केही नबोल्न समितिमा प्रस्ताव राखेका थिए। तर केसी अनशनकै मागबाट आइओएम डिन बनेका डा. राकेश श्रीवास्तवलगायत अन्य सदस्य सम्बन्धनको ढोका खोल्ने पक्षमा उभिएको स्रोतले जानकारी दियो। स्रोतका अनुसार सम्बन्धनको पर्खाइमा रहेका केही कलेजले समिति संयोजक गिरीकै पालामा शिक्षा मन्त्रालयबाट मनशायपत्र लिएका हुन्।
गिरीले मनशायपत्र पाएका कलेजप्रतिको दायित्व सरकारकै भएको बताएका छन्। ‘ती कलेजको जिम्मेवारी सरकारले लिनुपर्छ, हामीले सम्बन्धनका लागि बाटो देखाउँदै नीतिगत मापदण्ड बनाएका हौं,' उनले नागरिकसँग भने, ‘मान्ने–नमान्ने सरकारको कुरा हो, तर मापदण्ड पुगेकालाई त सम्बन्धन दिनुपर्छ।'
नयाँ कलेज खोल्ने सम्बन्धमा भने समितिले केही कडाइ गर्न खोजेको छ। यसका लागि सुरुमै सम्बन्धित विश्वविद्यालयबाट सम्बन्धनको प्रतिबद्धतापत्र लिनुपर्ने समितिको सुझाव छ। भौगोलिक अवस्थिति र जनसंख्या विचार गरेर मात्रै खोल्न दिनुपर्ने सुझाव पनि प्रतिवेदनमा छ।
हाल सम्बन्धन पाएका कलेजका हकमा भने भौगोलिक आधार लागू नहुने गिरीले बताए। भौगोलिक आधार लागू भए काठमाडौंमा थप कलेज खोल्ने बाटो रोकिनेछ। सम्बन्धन पर्खाइमा रहेका मध्ये ६ कलेज काठमाडौंकै हुन्।
शिक्षा मन्त्रालयबाट आठ वर्षयता मनशायपत्र (लेटर अफ इन्टेन्ट) लिएका १६ मेडिकल कलेजमध्ये झन्डै आधाले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति पाइसके पनि विश्वविद्यालयहरूले सम्बन्धन दिएका छैनन्। आधा दर्जन मेडिकल कलेजले आवश्यक पूर्वाधारसमेत तयार पारेको भन्दै सम्बन्धनका लागि विभिन्न विश्वविद्यालयमा आवेदन दिएका छन्।
मेडिकल कलेजहरूलाई सम्बन्धन दिँदै आएका त्रिभुवन र काठमाडौं विश्वविद्यालयले आफूसँग थप कलेज नियमन गर्ने क्षमता नभएको भन्दै नयाँ सम्बन्धन रोकेका छन्। कलेज खोल्न करोडौं खर्च गरिसकेका सञ्चालक भने जसरी पनि सम्बन्धन लिइछाड्ने चलखेलमा छन्।
समितिले मेडिकल कलेजको गुणस्तर कमजोर भएको, प्राध्यापकको उपलब्धता र योग्यता, स्रोत र साधन अभाव, क्लिनिकल अभ्यासको कमी लगायत पक्ष पनि औंल्याएको छ। अस्पतालमा बिरामीको कमी, प्रयोगशाला, पुस्तकालय लगायतको अभावमा गुणस्तरीय शिक्षाको आशा गर्न सकिने अवस्था नभएको प्रतिवेदनमा छ। समितिले विश्वविद्यालयबाट लिइने परीक्षा व्यवस्थित गर्न र फ्याकल्टी विकास गर्न सुझाएको छ। राष्ट्रिय मेडिकल बोर्ड गठन गरी एकीकृत प्रवेश परीक्षा सञ्चालन, उत्तरपुस्तिका जाँच्दा कोडिङ–डिकोडिङको व्यवस्था, सीपको परीक्षालगायत सुझाव पनि दिएको छ।
केसीकै अनशनका कारण समित गठन गरिएको भए पनि प्रतिवेदनमा अनशनबारे एक शब्द उल्लेख छैन। केसीसँग भएको सम्झौतालाई समेत चिकित्साशास्त्र अध्ययन संस्थानसँगको सम्झौता भनिएको छ।
प्रतिवेदनमा हालसम्म सम्बन्धन दिइरहेका त्रिभुवन र काठमाडौं विश्वविद्यालयको भौतिक तथा प्राज्ञिक पूर्वाधार विस्तार गरी क्षमता अभिवृद्धिका लागि सरकारलाई निर्देशन दिइएको छ। हालसम्म चिकित्सा विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन नगरेका विश्वविद्यालयले पनि चिकित्सा शिक्षाका लागि पूर्वाधार विकास गरी सम्बन्धन प्रदान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा सम्बन्धनसम्बन्धी व्यवस्था गर्न सुझाव दिइएको छ।
तोकिएको मापदण्ड पूरा गर्ने कलेजलाई मात्र सम्बन्धन दिने व्यवस्था मिलाई बाँकीका हकमा नक्सांकनका आधारमा सम्बन्धन दिने व्यवस्था गर्न प्रतिवेदनले सुझाएको छ। पूर्वाधार पूरा गरे/नगरेको मापन गर्न ‘टुल्स र रेटिङ स्केल' विकास गर्नुपर्ने प्रतिवेदनमा छ।