काठमाडौं-बायोमेट्रिक प्रणालीमार्फत मलेसिया जाने कामदारलाई आर्थिक भार थप्ने काम भएकोले यो लागू गर्ने नहुने अडान श्रम तथा रोजगार मन्त्रालयले लिएपछि बायोमेट्रिक लागू गराउन व्यवसायीले मन्त्रालयमा आर्थिक प्रलोभन देखाउन थालेका छन्।मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्ने भनेर नेपालको नेपाल स्वास्थ्य व्यवसायी महासंघ र मलेसियाको बेस्टिनेट कम्पनीबीच नौ महिनाअघि सम्झौता भए पनि मेडिकल व्यवसायी, म्यानपावर व्यवसायीका साथै महासंघकै पदाधिकारीको विरोध र सरकारले स्वीकृति नदिँदा हालसम्म कार्यान्वयन हुन सकेको छैन। मलेसियाले भने बायोमेटि्रक लागू गराउन सरकारलाई दबाब दिँदै आइरहेको छ।
लामो समयदेखि बायोमेटि्रक लागू नभएपछि मन्त्रालयमा आर्थिक प्रलोभन देखाउन दिनहुँ स्वास्थ्य व्यवसायी महासंघमा आबद्ध व्यवसायी पुग्ने र अफर गर्ने क्रम चलेको श्रम तथा रोजगार मन्त्रालयको एक उच्च अधिकारीले नागरिकलाई बताए। ‘दिनकै स्वीकृति दिन र बाँकी कारबाही नगर्न मन्त्रीलाई भेट्न आउने क्रम चलिरहेको छ, कतिपयले पैसाकै अफरसमेत गरेका छन्,' ती अधिकारीले भने।
मन्त्रालयमा बायोमेटि्रक प्रणालीका विषयमा मन्त्री टेकबहादुर गुरुङ आउनुअघि नै प्रक्रियागत रुपमा काम अघि बढेको थियो। तर मन्त्री आएपछि ‘कुरा बुझ्नुपर्ने' भन्दै रोकेर अध्ययन गरेपछि बायोमेटि्रक लागू हुन नसकेको हो। मन्त्री गुरुङले बायोमेटि्रक अड्काइदिएको भन्दै व्यवसायीले दिनहँ भेटेर दबाब र अफर गरिरहेका छन्।
मलेसियाको बेस्टिनेटसँग सम्झौता गरेर महासंघमा आबद्ध ३० व्यवसायीले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमार्फत करिब १५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ।
कामदारलाई आर्थिक भार थप्ने काम भएको र ३० वटा मेडिकल सेन्टरले आपसी मिलेमतोमा मात्र काम गर्ने भएको भन्दै नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसन र महासंघकै अन्य व्यवसायीले चर्को विरोध गरिरहेका छन्। महासंघमै आबद्ध ११ जना व्यवसायीले सुलोचना श्रेष्ठको संयोजकत्वमा बायोमेटि्रक लागू नगराउन संघर्ष समितिसमेत गठन गरेर विरोध गरिरहेका छन्।
एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले बायोमेटि्रक प्रणाली कामदार ठग्ने नियतमात्र भएको बताउँछन्। ‘कामदारलाई आर्थिक भार थप्ने नियतले यो लागू गर्न खोजिएको छ। साथै कार्टेलिङ गरेर लुट्न लागेकोले यसको हामीले सुरुदेखि नै विरोध गर्दै आइरहेका छौं,' उनले भने। अहिले मन्त्रालयले यो विषयमा अध्ययन गर्न थालेपछि पैसाको प्रलोभन देखाइएको श्रेष्ठले बताए।
संघर्ष समितिका संयोजक सुलोचना श्रेष्ठले बायोमेटि्रक प्रणाली कुनै पनि हालतमा लागू हुन नहुने बताइन्। यो लागू भयो भने सरकारी स्तरबाट लागू भएर त्यही अनुसारको मापदण्ड हुनुपर्ने बताइन्। ‘हामी महासंघकै सदस्य हो। तर महासंघले गलत निर्णय गरेर अघि बढ्न थालेपछि संघर्ष समिति बनाएर विरोध गरिरहेका छौं। हामीले यो विषयमा महासंघलाई ज्ञापनपत्र बुझाउन खोज्दा हाम्रो ज्ञापनपत्र समेत दर्ता गरिएन,' उनले भनिन्।
मलेसिया सरकारले कामदार आपूति गर्ने नेपाललगायत १५ मुलुकमा बायोमेटि्रक प्रणाली लागू गर्ने भन्दै बेस्टिनेट कम्पनीलाई एजेन्ट तोकेको थियो। त्यही कम्पनीसँग नेपालमा महासंघले सम्झौता गरेको हो।
बायोमेटि्रक प्रणाली लागू भए ३० स्वास्थ्य संस्था प्रत्येकले सफ्टवेयर जडानका लागि आठ लाख कम्पनीलाई बुझाउनुपर्ने हुन्छ यसका साथै हरेक वर्ष दुई लाख ६४ हजार तिरेर नवीकरण गर्नुपर्ने हुन्छ। व्यवसायीले कामदारबाट १५ सय लिएर आफ्नो खर्च उठाउने छन्।
महासंघका अध्यक्ष प्रवीण तिवारीले बायोमेटि्रक लागू गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल र मलेसिया सरकारको छलफल चलिरहेकोले आफूहरुले त्यसको निर्णय कुरेको बताए। ‘पहिला गाम्का नेपालले सिन्डिकेट गर्दा हामीले विरोध गरेकै हो। अहिले मलेसिया अनिवार्य लागू गर्ने भनेपछि हामीले सम्झौता गरेको बताउँदै यसमा नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसन र त्यसका अध्यक्ष खड्गबहादुर श्रेष्ठले अनावश्यक विरोध गरेका छन्। हाम्रा कतिपय साथीहरुलाई पनि श्रेष्ठले नै उचालेर फेरि महासंघ कब्जा गर्ने दाउ गरेका छन्,' उनले आरोप लगाए।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बायोमेटि्रक प्रणालीबारे कामदारलाई आर्थिक भार पार्न नहुनेमा आफू रहेको बताए। ‘मन्त्रालयले यो विषयमा बुझेर परराष्ट्रमार्फत मलेसियालाई पत्र पठाइसकेको छ। हामी अहिले छलफलकै चरणमा छौं। यसमा कसैले प्रलोभन र दबाब लिएर काम हुँदैन,' उनले भने।
मन्त्रालयले बायोमेटि्रक प्रणालीका विषयमा पनि आफ्नो तीन अवधारणासमेत बनाएको छ। सबै मेडिकलले गर्ने पाउने, शुल्क नेपाल सरकारले तोकेकै हुने र स्वास्थ्य संस्थाको मापदण्डमा छलफल गर्ने। मन्त्रालयले कार्टेलिङ र कामदारलाई आर्थिक भार पार्ने काम गर्ने नहुने अडानमा रहेको मन्त्री गुरुङले बताए।