लुक्ला–सगरमाथा आधार सिविर पुगेर आएका एन हाउको सोमबार मलेसियाका लागि फ्लाइट छ। तर, उनी विमान नचल्दा लुक्लामै रोकिएका छन्। 'भोली घर जाने फ्लाइट छ तर अहिले सम्म काठमाडौ पुग्न सकेको छैन,' हाउ भन्छन्, 'हेलिकप्टरमा जाने विचार गरेको छु तर महंगो रहेछ।'उनी मात्र होइन खराव मौसमका कारण स्वदेशी तथा विदेशी पर्यटक लुक्लामा रोकिएका छन्। शनिबार दिनभर हुस्सु लाग्दा कुनै पनि उडान हुन सकेन भने आइतबार १० बजे पछि मौसम बिग्रिँदा यात्रुहरु काठमाडौ पुग्न सकेनन्।
राम्रो मौसममा १४ फ्लाइटसम्म हुने भए पनि शनिबार फ्लाइट हुन नसक्दा त्यसको भार आइतबारसमेत पर्न गएको छ।
आइतबार १० बजेसम्म जहाज आए पनि आजका सबै नियमति यात्रुको फ्लाइट हुन सकेन। खराव मौसमका कारण जहाज उड्न नसक्दा यात्रुहरु लुक्लामै बस्न बाध्य भए।
केही यात्रुहरु भने काठमाडौको लागि पैदल यात्रा थालेका छन्। नाम्चेबाट शुक्रबार वेलुका लुक्ला आइपुगेका सोनाम शनिबारको नेपाल एयरलाइन्सको जहाज नउडेपछि काठमाडौंको बस भ्याउन सल्लेरी तर्फ लागे।
लुक्लाको मौसमको भर नभएकोले हिडेर जान लागेको उनले बताए। 'जहाज कुर्दा कति दिन लाग्छ हिँड्यो भने तिन दिनमा पुगिन्छ,' उनले भने।
आइतबार तारा एयरले ५ वटामात्र फ्लाइट गरेको छ। ५ फलाइट पछि लुक्लामा हावाको वहाव बढेपछि फ्लाइट हुन नसकेको नागरिक उड्यानले जानकारी दियो।
यता सीता एयरका २ वटा मात्र फ्लाइट भएका छन्, नेपाल एयरलाइन्सले १ वटा र सिम्रिकले १ वटा फ्लाइट गरे।
सिम्रिकले आफ्नो नियमित उडानमा ढिलो गर्दा यात्रुहरु थप समस्यामा परे। सिम्रिकको ७ बजे नै आउनुपर्ने पहिलो फ्लाइट १० बजे मात्र आइपुगेको थियो।
सिम्रिकको तेस्रो फ्लाइट भएका पर्यटक गाइड नविन अधिकारी सोमबार अन्तर्राष्ट्रिय फ्लाइट भएका १५ पर्यटकलाई काठमाडौ पठाउन नसक्दा तनाव भएको बताउँछन्। म्यानेजमेन्ट राम्रो नभएको भन्दै पर्यटकको गुनासो सुन्दा सुन्दा हैरान भएको अधिकारी बताउँछन्।
समयमै उडान नहुँदा खर्च बढ्छ। 'यताको खर्च त बढिनै हाल्यो,' उनले भने, 'उता फाइभ स्टार होटलको क्यान्सिलेसन चार्ज, अन्यत्र यात्राको पुन सेड्युल फ्लाइट क्यान्सिल भएपछि समस्यै समस्या।'
आज काठमाडौको फ्लाइट भएकी न्युजिल्यान्डकी केट मौसम भन्दा एयरलाइन्सको म्यानेजमेन्ट राम्रो हुनु पर्ने बताउँछिन्।
मौसमका कारण काठमाडौ पुग्न नसक्दा थुप्रै महत्वपूर्ण काम छुटेको धावक बैकुण्ठ मानन्धर बताउँछन्। 'हिँडेरै जाने थिए जहाज आउला कि भन्दै बस्दा झन ढिलो भयो,' उनले भने।