'छुट्टै मेडिकल विश्वविद्यालय चाहिन्न'
१९ जेष्ठ २०७१
•
९ मिनेट पाठ
'छुट्टै मेडिकल विश्वविद्यालय चाहिन्न'
काठमाडौं- मेडिकल शिक्षामा देखिएका विकृति र राजनीतिक हस्तक्षेपविरुद्ध टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले उठाएका अधिकांश माग पूरा नहुने छाँट देखिएको छ। सरकारले मेडिकल बेथितिविरुद्ध विभिन्न माग राखेर आमरण अनशन बसेका केसीका केही माग तत्काल र बाँकी अध्ययन गरेर पूरा गर्ने सहमति गर्दै अनशन तोडाएको थियो।वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा डिन नियुक्त गर्नेबाहेक उनका कुनै पनि माग पूरा भएका छैनन्र। नयाँ मेडिकल कलेज सम्बन्धन रोक्नुपर्ने डा. केसीको प्रमुख माग यसअघि नै १६ नयाँ कलेजको सम्बन्धन सिफारिस गरेर तुहाइएको छ।
केसीले छुट्टै मेडिकल विश्वविद्यालय स्थापना हुनुपर्ने मुद्दा पनि प्रमुख मागका रुपमा उठाएका थिए। यसबारे अध्ययन गर्न गठित कार्यदलले 'छुट्टै विश्वविद्यालय नचाहिने' निचोडसहित प्रतिवेदन तयार पारेको छ। चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन डा. रमेशकान्त अधिकारी संयोजकत्वको ९ सदस्यीय उच्चस्तरीय कार्यदलको प्रतिवेदनमा 'हाल मेडिकल शिक्षा पढाइरहेका प्रतिष्ठान एवं विश्वविद्यालयलाई एकीकृत गरी छुट्टै विश्वविद्याय बनाउन सम्भव नभएको' निष्कर्ष निकालेको छ। 
विभिन्न कार्यक्रम चलाउने विश्वविद्यालयहरूले मेडिकल शिक्षा नियमन तथा अनुगमन गर्न नसक्ने हुँदा विकृति बढेको भन्दै डा. केसीले छुट्टै विश्वविद्यालय स्थापनाको माग अघि सारेका थिए।
कार्यदलले मेडिकल शिक्षामा देखिएका समस्याको कारण छुट्टै विश्वविद्यालय अभाव नभई व्यवस्थापनको समस्या भएको निष्कर्षका आधारमा यस्तो सम्भावना नभएको प्रतिवेदन तयार गरेको हो। प्रतिवेदनलाई केही दिनभित्रै अन्तिम रूप दिएर सरकारलाई बुझाउने तयारी भइरहेको जनाइएको छ। यसका निम्ति अन्तिम मस्यौदा सदस्यहरूकहाँ रायका निम्ति पठाइएको छ।
'मेडिकल शिक्षा क्षेत्रमा देखिएका समस्या नीतिगत र संरचनागत समस्याका कारण नआएको भन्ने निष्कर्षमा कार्यदल पुगेको छ,' कार्यदल संयोजक डा. अधिकारीले सोमबार नागरिकसँग भने, 'यो विषय उठान भएको चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी र चिकित्सकसमेत यो समस्या संरचनाको होइन भन्नेमा सहमत छन्।'
डा. केसीसँग सहमति गर्न गठित मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा संयोजकत्वको सरकारी वार्ताटोलीको सिफारिसका आधारमा मन्त्रिपरिषदले २०७० माघ १५ गते उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो। यसैअनुसार माघ १९ गते शिक्षामन्त्रीस्तरीय निर्णयबाट 'चिकित्सा विज्ञानसम्बन्धी विश्वविद्यालयको सम्भाव्यता अध्ययन कार्यदल' गठन गरिएको थियो। कार्यदलले फागुन १४ देखि काम सुरु गरेको थियो।
कार्यदललाई छुट्टै विश्वविद्यालयको सम्भाव्यता देखिए त्यसको भौतिक तथा प्राज्ञिक पूर्वाधार, खर्च, हाल भएका मध्ये कुन–कुन अस्पताल र शिक्षण संस्थालाई यसअन्तर्गत ल्याउनेलगायत विषयमा सिफारिस गर्ने कार्यादेश थियो। समितिले भने यसविपरीत मेडिकल विश्वविद्यालयको सम्भावना नै नरहेको भन्दै अन्य पक्ष उल्लेखै गरेको छैन। हाल सञ्चालित विश्वविद्यालयका पूर्व उपकुलपति, डिन, रजिस्ट्रारजस्ता पदाधिकारीसँग छलफल, सरोकारवाला निकायसँग परामर्शजस्ता विधिबाट यो निष्कर्ष निकालिएको प्रतिवेदनमा उल्लेख छ।
उच्च स्रोतका अनुसार बहुमत सदस्यले हाल भएका विश्वविद्यालयको प्रमुख आयस्रोत मेडिकल शिक्षा नै भएको र धेरै विश्वविद्यालय तथा प्रतिष्ठानले यसमा ठूलो लगानी गरिसकेको अवस्थामा छुट्टै विश्वविद्यालयको सम्भावना नरहको बताएका थिए।
डा. अधिकारी संयोजकत्वको कार्यदलमा डा. पूर्णचन्द्र कर्माचार्य, पाटनका पूर्व उपकुलपति डा. अर्जुन कार्की, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. चिरिकशोभा ताम्राकार, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) कै प्राध्यापक डा. जगदीश अग्रवाल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. बाबुराम मरासैनी, चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झा र सहसचिव कमलशाली घिमिरे र सहसचिव महाश्रम शर्मा छन्।
समितिलाई प्रस्तावित विश्वविद्यालयको प्राज्ञिक तथा संरचनागत स्वायत्तता सुनिश्चित गर्न गरिनुपर्ने नीतिगत, कानुनी र संस्थागत व्यवस्थासम्बन्धी सुझाव दिने जिम्मेवारी पनि दिइएको थियो। त्यसैगरी विभिन्न मेडिकल कलेजमा लिइने शिक्षण शुल्कमा एकरूपता नभएको पाइएकाले एकरूपता कायम गर्ने विषयमा अध्ययन गरी सिफारिस गर्ने र शिक्षा मन्त्रालयद्वारा एमबिबिएसमा प्रदान गरिएको छात्रवृत्तिसरह पोस्ट ग्राजुयट अध्ययनमा पनि छात्रवृत्ति दिन उपयुक्त प्रतिशत सिफारिस गर्ने निर्देशन पनि दिइएको थियो।
कार्यदलले चिकित्सा शिक्षाको २२ वर्ष अवधिमा चिकित्सक उत्पादन ५० गुणा वृद्धि भएको उल्लेख गरेको छ। यसका लागि सरकारको पुँजी परिचालनप्रति उदार नीतिले यो क्षेत्र उद्योगको रूपमा विकास भएको निष्कर्ष निकालिएको छ। संख्यात्मक वृद्धि भए पनि अनेकौं चुनौतिका कारण विद्यार्थी भर्नामा होडबाजी हुने गरेको कार्यदलको ठहर छ। पिछडिएका वर्ग र क्षेत्रमा पहँुच बढाउन यस्ता कलेजहरू उदासीन रहेको पनि औंल्याइएको छ। 'यही अवस्था रहे विपन्नले चिकित्सक बन्ने अवस्था नै रहँदैन,' प्रतिवेदनमा भनिएको छ, 'यस्तो अवस्थामा विपन्न र शुल्क तिर्न नसक्ने बहुसंख्यक जनताले कस्तो सेवाको अपेक्षा गर्न सक्लान्?'
कार्यदलले चिकित्सक उत्पादन वृद्धि भए पनि महँगो शुल्कका कारण विपन्नको पहुँच घट्नु, शुल्क र गुणस्तरमा चुनौती देखिनु र कलेज खोल्ने होडले विकृति निम्त्याएको स्वीकार गरेको छ। तर, चिकित्सा शिक्षामा देखिएका यी समस्याको कारक तत्व चिकित्सा विज्ञानसम्बन्धी छुट्टै विश्वविद्यालयको अभाव नभएको उसको ठहर छ।
'स्वायत्त संस्थाको अधिकार र कार्यक्षेत्रमा हस्तक्षेप गरेर यो समस्या आएको हो,' कार्यदलमा भएको छलफल उद्धृत गर्दै संयोजक अधिकारीले भने, 'मान्छे त्यस्तै हुने हो भने छुट्टै विश्वविद्यालय बने पनि हस्तक्षेप हुन्न भन्ने के ग्यारेन्टी?' 
चिकित्सकीय शिक्षा क्षेत्रमा दुईवटा विश्वविद्यालय र विश्वविद्यालय समानका चार प्रतिष्ठानबाट चिकित्सक र दक्ष विशेषज्ञको उत्पादन भइरहेको प्रतिवेदनमा उल्लेख छ। मेडिकल शिक्षामा नियमनकारी निकायको रिक्तता देखिएको पनि प्रतिवेदनमा छ।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस