कfठमाडौं- उद्योग विभागअर्न्तगत राखिएको बौद्धिक सम्पत्तिको विषय हेर्न छुट्टै कार्यालय खोलिने भएको छ। बौद्धिक सम्पत्तिमा प्रभावकारी काम हुन नसकेपछि 'बौद्धिक सम्पत्ति संरक्षण कार्यालय' खोल्ने तयारी भइरहेको उद्योग मन्त्रालयका सहसचिव जीतबहादुर थापाले जानकारी गराए।नयाँ कार्यालय अर्को आर्थिक वर्षदेखि सञ्चालन गर्ने तयारी छ। उद्योग विभागले अन्य धेरै काम गर्नुपर्ने भएकाले यस विषयमा ध्यान जान नसकेको थापाको भनाइ छ। 'प्रभावकारी रुपमा काम अघि बढाउन नयाँ कार्यालय खोल्न लागिएको हो,' सहसचिव थापाले भने
नयाँ कार्यालय खोल्न उद्योग, सामान्य प्रशासन र अर्थ मन्त्रालयलबाट सर्वे भइरहेको थापाले जानकारी गराए। बौद्धिक सम्पत्तिअर्न्तगत ट्रेडमार्क, पेटेन्ट, डिजाइन, प्रतिलिपि अधिकारलगायत पर्छन्। प्रतिलिपि अधिकार भने नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले हेर्दै आएको छ।
बौद्धिक सम्पत्तिको दुरुपयोग र चोरी रोक्न प्रभावकारी रुपमा काम गर्न खोजिएको हो। उद्योग विभागले अरु धेरै काम गर्नुपर्दा यो विषय ओझेलमा परेको थियो।
पछिल्लो समय बौद्धिक सम्पत्तिको चोरी र दुरुपयोग बढ्दै गएका छन्। बजारमा अर्को कम्पनीको ट्रेडमार्क, डिजाइन र कपिराइट लाग्ने वस्तुमा समस्या बढ्दै गएका छन्। विभागमा यससम्बन्धी दर्जनौं उजुरी छन्। अर्को कम्पनीको तुरुस्तै देखिने नक्कल गरेका सामान बेच्नेको बिगबिगी छ। नक्कल गरेर सामान उत्पादन गर्नेलाई ट्रेडमार्क चोरीको आरोपमा कारबाही हुन्छ। तर टे्रडमार्क चोरी नियन्त्रणमा सरकारी निकायले कुनै पनि कारबाही गरेको छैन।
उद्योग विभागले पनि ट्रेडमार्कको अनुगमन गर्ने नसकिने बताउँदै आएको छ। ट्रेडमार्क अनुगमनको लागि छुट्टै विभाग वा शाखा नभएको र अहिलेकै क्षमतामा यस विषयलाई अनुगमन गर्न नसकिने विभागको भनाइ छ।
'उजुरीको आधारमा पीडितलाई न्याय दिलाउने काम भइरहेको छ,' उद्योग विभागका निर्देशक ऋषिकेश ढुंगेलले भने, 'त्यसभन्दा बढी बजार अनुगमन गर्न जाने अवस्था छैन।'
ट्रेडमार्क चोरीको समस्या झेल्नेमा स–साना उद्योगदेखि बहुराष्ट्रिय कम्पनीसम्म छन्। कम्पनीको उस्तै किसिमको चिह्न, नाम राखी ग्राहक झुक्याएर सामान बेच्ने प्रवृत्ति बजारमा छ। उद्योग विभागमा दर्ता भएका उजुरी हेर्दा गुट्खा, खैनी, सुर्ती, रक्सी, खाद्यान्न, यातायातका साधनदेखि कस्मेटिक र पानी तान्न्ने पम्पसम्मका ट्रेडमार्क चोरी भएको देखिन्छ। ती उजुरीमा कम्पनीको चिह्न, नाम मिल्दोजुल्दो वा उस्तै राखेर सामान बिक्री वितरण गरेको उल्लेख छ।
ट्रेडमार्कलाई २०२२ सालको ऐनले अर्को व्यवस्था नहुन्जेल भनेर उद्योग विभागअन्तर्गत राखेकोले पनि यो विषय अलपत्र परेको ढुंगेल बताउँछन्। अहिले कपिराइट र औद्योगिक सम्पत्ति हर्ने निकाय छुट्टाछुट्टै भएकोले यसलाई एउटैले हेर्ने गरी विभाग स्तरको नेपाल औद्योगिक सम्पत्ति कार्यालय बनाउनेबारे अध्ययन भइरहेको उनले बताए।
बौद्धिक सम्पत्तिसम्बन्धी छुट्टै कार्यालय भए काम प्रभावकारी रुपमा अगाडि बढ्न सक्ने ढुंगेल बताउँछन्।