साउदी भिसामा 'दूतावासकै सिन्डिकेट'
२६ जेष्ठ २०७१
•
७ मिनेट पाठ
साउदी भिसामा 'दूतावासकै सिन्डिकेट'
काठमाडौं- नेपालस्थित साउदी अरब दूतावासले सीमित म्यानपावर कम्पनीलाई पर्याप्त भिसा दिने र बाँकीलाई सातामा ५० भन्दा बढी नदिने नीति लिएको छ। अरबी भाषाको अनुवाद गर्ने अधिकारमा पनि उसले यस्तै नीति लिएको आफूलाई विभेद भएको दाबी गर्ने वैदेशिक रोजगार व्यवसायीले बताएका छन्।दूतावासले सोमबारदेखि बिहीबारसम्म समय छुट्याएर एक हप्तामा एउटा कम्पनीलाई ५० भन्दा बढी कामदारको भिसा नदिन थालेको हो। सीमित म्यानपावर एजेन्सीलाई भने समय र संख्याको सीमा नराखी भिसा दिइरहेको व्यवसायीको भनाइ छ। दूतावासले भिसा दिनुपूर्व अनावश्यक कागजपत्र माग्ने र त्यसको अरबी अनुवाद पेस गर्न लगाउने गरेको छ। पछिल्लो समय शैक्षिक योग्यताको प्रमाणपत्र, पुलिस रिपोर्ट खोज्ने र त्यसको अनुवाद उसैले तोकेको कम्पनीबाट गराउनुपर्ने नियम लागू गरेको छ। प्रत्येक कागजपत्र अनुवाद गर्दा छुट्टाछुट्टै पैसा तिर्नुपर्छ। 
विवादमा मुछिएको एक कम्पनीले भने आफूले हप्तामा ५० कामदार नै नपाएको र अनुवादको काम छाडेको जनाएको छ। 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले दूतावासले सामान्य मजदुरी गर्न जानेसँग पनि शैक्षिक योग्यताको प्रमाणपत्र र पुलिस रिपोर्ट माग्न थालेको बताए। 'पुलिस रिपोर्ट राहदानी बनाउने बेलामा नै बनाएको हुन्छ। त्यसैले आवश्यक नहुँदा पनि दुःख दिने नियतले यो खोजिएको हो,' उनले भने। ती कागतपत्रको अरबी अनुवादका नाममा समेत दूतावासले पैसा उठाइरहेको उनले आरोप लगाए। 
'राहदानी बनाउँदै पुलिस रिपोर्ट पेस गरिएको हुन्छ। उसले त्यो काम नलाग्ने भन्दै नयाँ बनाउन लगाउने र त्यसको अरबी अनुवाद गर्न आफूले नियुक्त गरेको एजेन्सीमा पठाउने गरेको छ,' उनले भने ।
व्यवसायीका अनुसार नेपालीले साउदी अरबको भिसा बंगलादेशबाट पनि लिन सक्छन्। बंगलादेशस्थित साउदी दूतावासमा भिसाको आवेदन दिँदा त्यस्ता कागजपत्र चाहिँदैन। 'तर नेपालमा सिन्डिकेट शैलीमा सीमित संस्था र म्यानपावरसँग मिलेर पैसा उठाउनमात्र नियम बनाइएको हो,' तामाङले नागरिकसँग भने। 
दूतावासले केही संस्थाबाट अरबी भाषामा अनुवाद गर्न लगाउने र त्यसबाट पैसा उठाउने गरेको व्यवसायीको आरोप छ। अनुवाद गर्नेको कार्यालय दूतावासछेउमै राख्न दिइएको पनि व्यवसायीको आरोप छ। 
'नेपाली गिरोहसँग मिलेर पैसामात्र उठाउने काम भएको छ। यो तत्काल बन्द गर्नुपर्छ,' तामाङले भने। एउटै काम र उही देशका नागरिकलाई बंगलादेशमा नचाहिने नेपालमा चाहिने हुँदै हुँदैन। यो सब पैसा उठाएर खाने गिरोहको काम हो,' उनले भने।
दूतावासले गल्फ कन्सल्टेन्सी, नासा, सोलुसनलगायतलाई कागजपत्र, प्रमाणपत्र र पुलिस रिपोर्ट अनुवाद गर्ने अनुमति दिएको छ। प्रत्येक कागजपत्र नेपाली वा अंग्रेजीबाट अरबी भाषामा अनुवाद गर्दा अनुवादक कम्पनीले प्रतिपेज तीन सय रुपैयाँ लिन्छन्। 
व्यवसायीका अनुसार दूतावासले अलहायद र फजल म्यानपावरलाई जुनसुकै बेला भिसाको लागि पासपोर्ट पेस गर्ने सुविधा दिएको छ। अरुले हप्तामा ५० वटामात्र पेस गर्न पाउँछन्। यो नियम लागू गर्नुअघि सबै कम्पनीले जति पनि पासपोर्ट लगेर दूतावासमा पेस गर्थे।
प्रगतिशील वैदेशिक रोजगार मञ्चका अध्यक्ष टंक राउतले दूतावासले अहिले 'लेबर'का लागि पनि शैक्षिक प्रमाणपत्र खोज्न थालेको बताए। दूतावासले मेसिन रिडेबल पासपोर्ट (एमआरपी)मा मात्र भिसा लगाउने नियम बनाएको छ। 'अनुवाद जहाँसुकैबाट गराउन सकिने भए पनि दूतावासले तोकेकै ठाउँबाट गराउनुपर्ने बाध्यता छ। यो सिन्डिकेट हो,' राउतले भने।
अलहायद म्यानपावर तथा गल्फ कन्सल्टेन्सीका सञ्चालक जुबेर अहमद खानले अरबी भाषा अनुवादका लागि दूतावासले अहिले अरु कम्पनीलाई जिम्मा दिएको बताए। 'दूतावासले साउदी अरबबाटै कम्पनी बोलाएर काम गरेको छ,' उनले भने। अहिले आफूहरुले अनुवादको काम नगर्ने पनि उनले बताए। त्यस्तै आफ्नो कम्पनीलाई मात्र 'जति पनि भिसा दिएको' आरोप गलत रहेको उनको दाबी छ। पहिला पहिला आफूले नै कागजपत्र अनुवाद गर्दा भिसा पनि सोहीअनुरुप हुने तर अचेल अनुवादको काम छाडेको र कामदार पनि घटेकाले हप्तामा ५० पुर्याुउन पनि मुस्किल भएको उनले बताए।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यबाहक अध्यक्ष ज्ञानप्रसाद गैरेले साउदी अरबको भिसा र भाषा अनुवादका विषयमा गुनासो बढ्दै गएपछि संघको प्रतिनिधिमण्डलले दूतावासका कन्सुलरसँग छलफल गरेको बताए। कन्सुलरले राजदूत अहिले नेपालमा नभएको र फर्केपछि सबै समस्या राख्ने बताएको गैरेले जानकारी दिए।
'हामीले नोटरी पब्लिकले गरेको अनुवादलाई पनि मान्यता दिन आग्रह गरेका छौं। कन्सुलरले त्यसलाई सकारात्मक लिएर राजदूत आएपछि छलफल गर्छु भन्नुभएको छ,' गैरेले भने।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस