सेनामा अझै अर्दली
२८ जेष्ठ २०७१
•
१६ मिनेट पाठ
सेनामा अझै अर्दली
काठमाडौं- विक्रम बस्नेत (नाम परिवर्तन) नेपाली सेनामा भर्ती भएको १४ वर्ष भयो। अवकासप्राप्त 'जरसाप' का अर्दली हुन् उनी। सात वर्षदेखि उनी एउटै घरमा छन्। आफ्नो पोस्टिङ भएको ब्यारेक विक्रमले देखेकै छैनन्।

सेवा–सुविधा उनी काठमाडौंमै बुझ्छन्। जहिलेदेखि जरसापको घरमा अर्दली बनेर गए, त्यसै दिनदेखि उनले सेनाको जवानले दैनिक गर्नुपर्ने व्यायम गर्न भ्याएका छैनन्। सैनिक तालिम पनि गर्न छाडे। अल्छी मानेर होइन, नभ्याएर। 
'घरका मान्छे नउठ्दै आफू उठिसक्नुपर्छ, सबै घरधन्दा भ्याउनुपर्छ,' नाम उल्लेख नगर्न सम्झाउँदै विक्रम भन्दै थिए, 'चियादेखि खाना पकाउने, कपडा धुने, भाँडा माझ्ने, घरका साना बालबालिकालाई स्कुल पुर्या उनेदेखि किनमेलसम्म भ्याउनुपर्छ।' 
उनको कार्यालय नै सेनाको ब्यारेक वा गण होइन, जरसापकै घर–कम्पाउन्ड हो। अधिकांश समय जरसापलाई अफिसियल काममा सघाउने होइन, उनका परिवारलाई घरेलु काममा सघाउनमै बित्छ। 
बिहान उठ्यो, चियानास्ता तयार पार्योन। घरका सबै सदस्यलाई खुवायो। त्यसपछि खाना पकाउने, खुवाउने र भान्सा सफा गर्ने। अनि घर सरसफाइ र बगैंचा गोडमेलको पालो। मैला कपडा धुने। पाहुनाको स्वागत। तरकारी, फलफूल किनमेल। दिउँसो खाजा तयार पार्ने, अनि राति सबैलाई खुवाएपछि आफू खाने। त्यसपछि भान्सा सफा गरेर सुत्ने। सात वर्षदेखि उनको दैनिकी यसरी नै चल्दैछ। 
यो अर्दली भनेको के हो? उनलाई नै थाहा छैन। अकमकिँदै भन्छन्, 'घरको काम गर्ने भनेको होला।' जागिर सेनामा भए पनि उनी जरसापकोमा घरेलु कामदार छन्, तलब भने राज्यको ढुकुटीबाट पाउँछन्। 
विक्रम नेपाली सेनामा कार्यरत एक्ला अर्दली होइनन्। उच्च सैनिक स्रोतका अनुसार सेनामा ४ हजारभन्दा बढी तल्लो तहका सैनिक जवान उच्च सैनिक अधिकृतका घरमा अर्दलीका रूपमा कार्यरत छन्। अफिसियल काममा सहयोग पुर्याजउने भन्दै उच्च सैनिक अधिकृतहरूलाई अर्दली दिइए पनि धेरैजसो घरेलु काममा प्रयोग गराइन्छ। बहालवालालाई मात्र होइन, अवकासप्राप्त उच्च सैनिक अधिकृतलाई समेत अर्दली दिने चलन छ। 

व्यवस्थापिका संसद राज्यव्यवस्था समितिले उच्चपदस्थ व्यक्ति, भूपू सैनिक र बहालवाला अधिकृतहरूको सुरक्षार्थ खटाइएका पदिक र जवानहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गरे दण्डनीय बनाउने सम्बन्धमा आवश्यक कानुन तर्जुमा गर्न सरकारलाई निर्देशन दिए पनि न सेनाले अर्दली राख्न रोकेको छ, न अर्दलीलाई घरेलु कामदार बनाउने सैनिक अधिकृतलाई कारबाही नै भएको छ। 
'अर्दली होइन, सहयोगी'
नेपाली सेनाका प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेल भने सैनिक जवानलाई 'अर्दली' नभनी 'सहयोगी' भनेर उच्च सैनिक अधिकृतकहाँ पठाउने गरिएको बताउँछन्।
'नेपाली सेनाले नियम नै बनाएको छ, कसले कति सहयोगी पाउने भनेर। त्यहीअनुसार उच्च सैनिक अधिकृतका लागि सहयोगी पठाउने गरिएको छ। अर्दली शब्द प्रयोग गरेका छैनौं,' पोखरेलले नागरिकसँग भने। 
सेनाको कार्यरथी विभागअन्तर्गतको संगठन र सञ्चालन कार्यालयले पछिल्लो पटक २०६३ कात्तिक १० गते जारी गरेको आन्तरिक परिपत्रअनुसार उच्च सैनिक अधिकृतलाई अर्दली उपलब्ध गराइँदै आएको छ। कार्यालयले 'अति गोप्य' र 'अति जरुरी' भन्दै उक्त परिपत्र मन्त्रिपरिषद सचिवालय, सैनिक मुख्यालय जंगीअड्डामा रहेका पिएसओज कार्यालय, बलाध्यक्षको कार्यालय, बलाधिकृतको कार्यालय, प्रबन्धरथीको कार्यालय, सैनिक सचिव विभाग, कार्यरथीको कार्यालय, सम्भाररथीको कार्यालय, सैनिक जनसम्पर्क निर्देशनालयलगायत १४ कार्यालयलाई कार्यान्वयनका लागि पठाएको थियो। यसैका आधारमा अर्दली खटाइने गरिएको छ।
प्रवक्ता पोखरेलले अर्दली नभनी सहयोगी भनेर सैनिक जवानलाई उच्च सैनिक अधिकृतका घरमा पठाउने गरेको दाबी गरे पनि सेनाले हालसम्म गोप्य राखेको परिपत्रमा स्पष्ट रूपमा 'अर्दली' शब्द उल्लेख छ। परिपत्रमा उच्च सैनिक अधिकृतका घरमा पठाउने तत्लो तहका सैनिक जवानलाई 'सहुलियत स्वरुप पाउने अर्दली (रनर)' भनेर उल्लेख छ। 
'यस विभागले उपरोक्त परिपत्रबाट अवकासप्राप्त सहायकरथीदेखि महारथीसम्म र बहालवालातर्फ प्रमुख सेनानीदेखि अतिरथीसम्मले सहुलियत स्वरुप पाउने अर्दली 'रनर' हरूको संख्या उल्लेख गरेअनुसार हुनेछ,' अर्दलीका विषयमा जारी भएको सेनाको आन्तरिक परिपत्रमा उल्लेख छ। 
२०६२/६३ को जनआन्दोलनलगत्तै सेनाको लोकतान्त्रीकरणका विषयमा संसदमै बहस सुरु भएपछि २०६३ जेठ २ गते सेनाले आफ्ना उच्च अधिकृतका घरमा पठाउने अर्दलीको संख्या कटौती गरेको थियो। त्यतिबेला द्वन्द्वरत पार्टी नेकपा (माओवादी) ले सरकारसँग बृहत शान्ति सम्झौता गर्ने तयारी गरेपछि सेनाले फेरि अर्दलीको संख्या घटाएको थियो। सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षर हुनु एक महिनाजति अघि सेनाले २०६३ कात्तिक १० गते अर्दलीको विषयमा परिपत्र संशोधन गरी जारी गरेको थियो।
'बहालतर्फ महासेनानी, सहायकरथी, उपरथी तथा रथी दर्जाहरूले सहुलियतमा पाइरहेको अर्दलीको संख्यामा प्रत्येक दर्जाको एक/एकजनाको संख्या कटौती गरिएको र प्रमुख सेनानी दर्जाका हकमा भने साबिकअनुसार नै पाउने व्यवस्था भएको छ,' परिपत्रमा स्पष्ट छ, 'अवकासप्राप्ततर्फ महारथी तथा पूर्व प्रधानसेनापतिले सहुलियतमा पाइरहेको अर्दलीको संख्यामा १ जनाको संख्या कटौती गरिएको र अन्य रथीवृन्दका हकमा भने साबिकअनुसार नै पाउने व्यवस्था भएको छ।'
परिपत्रमा अवकासप्राप्त प्रत्येक सहायकरथीलाई तीन, उपरथीलाई चार, रथीलाई पाँच र प्रधानसेनापतिलाई १० जना अर्दली दिने व्यवस्था गरिएको छ। बहालवालातर्फ प्रत्येक प्रमुख सेनानीलाई चारजना, महासेनानीलाई पाँचजना, सहायकरथीलाई ६ जना, उपरथीलाई ८ जना, रथीलाई १० जना र प्रधानसेनापतिलाई २० जना अर्दली दिने व्यवस्था छ। 
नेपाली सेनामा प्रधानसेनापति, २ रथी, १८ उपरथी, ६९ सहायक रथी, एक सय ३६ महासेनानी र ३ सय ८८ प्रमुख सेनानी दरबन्दी छ। दरबन्दी र परिपत्रअनुसार बहालवाला उच्च सैनिक अधिृकतहरूका घरमा मात्र २ हजार ८ सय ३० जना अर्दली खटिएका छन्। धेरैजसो उच्च सैनिक अधिकृतले परिपत्रमा उल्लेख गरिएभन्दा बढी अर्दली राख्ने गरेको स्रोतको दाबी छ। 
सिपाहीदेखि सुबेदारसम्मलाई अर्दलीका रूपमा पठाउने व्यवस्था सेनाले गरेको छ। अवकासप्राप्त उच्च सैनिक अधिकृतका घरमा त्यति नै मात्रामा अर्दली छन्।
'विदेशतिर उच्च सैनिक अधिकृतले आफ्ना सैनिक जवानलाई घरमा लगेर अर्दली राख्दैनन्। सहयोगी राख्न छुट्टै पैसाको व्यवस्था गरिन्छ। सिभिलियनलाई सहयोगीका रूपमा राख्ने चलन हुन्छ, जसले थप रोजगारी सिर्जना हुन्छ,' सैनिक स्रोतले भन्यो, 'हाम्रोमा लाखौं रुपैया लगानी गरेर सरकारले सैनिक जवान तयार पार्छ। महिनौं सैन्य तालिम दिई तयार पारेपछि अर्दली बनाई घरेलु कामदार बनाइन्छ। काम घरेलु कामदारको, तलब सरकारको बुझ्ने।' 
२०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सेनाको लोकतन्त्रीकरणको विषय जोडतोडका साथ उठाइएको थियो। अर्दलीको विषयमा पनि संसदमा व्यापक बहस भएको थियो। त्यतिबेला नेपाली कांग्रेसका नेता तथा सांसद हृदयराम थानी लगायतको टोलीले अर्दलीका विषयमा अध्ययन गरेको थियो। 
त्यसपछि नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारी रक्षामन्त्री हुँदा उनकै संयोजकत्वमा सेनाको लोकतान्त्रीकरण, सुरक्षा क्षेत्र सुधार तथा पुनर्संरचना र राष्ट्रिय सुरक्षा नीति तयार पार्न समिति गठन गरिएको थियो।
भण्डारी संयोजक रहेको समितिले प्रतिवेदन त बुझायो, तर माओवादीले असहमति जनाएपछि सरकारले प्रतिवेदन फिर्ता लिएको थियो। व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिमा प्रतिवेदनमाथि छलफलसमेत भएको थियो। प्रतिवेदनमा अर्दलीमाथि शोषण हुने गरेको स्पष्ट उल्लेख गरिएको थियो। समितिले आफ्नो 'वार्षिक प्रतिवेदन २०६८' मा समेत सैनिक उच्च अधिकृतले अर्दलीको दुरुपयोग गरेको उल्लेख छ। सेनाको कामकारबाही अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी पाएको राज्यव्यवस्था समितिले उच्च सैनिक अधिकृतले अर्दलीलाई घरेलु कामदारका रूपमा प्रयोग गरेको किटान गर्दै त्यस्तालाई कारबाही गर्न निर्देशन दिएको थियो। 
'सेनामा माथिल्लो तहका अधिकारीले व्यक्तिगत सुरक्षार्थ खटिएका पदिक र जवानहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गरेको,' समितिको प्रतिवेदनमा लेखिएको छ, 'उच्चपदस्थ व्यक्ति, भूपू र बहालवाला अधिकृतहरूको सुरक्षार्थ खटाइएका पदिक र जवानहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गरे दण्डनीय बनाउने सम्बन्धमा आवश्यक कानुन तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन गर्ने।' राज्यव्यवस्था समितिले निर्देशन दिँदासमेत अर्दली पठाउने र घरेलु कामदारका रूपमा प्रयोग गर्ने अभ्यास सेनाभित्र रोकिएको छैन। 
स्रोतका अनुसार सैनिक ऐनमा उच्च सैनिक अधिकृतलाई आफूभन्दा तलका सैनिक जवानलाई सेवाबाट हटाउन तथा दर्जा घटाउन सक्ने अधिकार दिएका कारण पनि अर्दलीहरु दुःख सहेर घरेलु कामदारका रुपमा काम गर्न बाध्य छन्। उच्च सैनिक अधिकृतका विषयमा केही बोले जागिर जाने तथा पद घटुवा हुने डरले उनीहरु चुप लाग्न बाध्य भएको स्रोत बताउँछ। 'चमु, पृतना, बाहिनी वा सो सरहका पित वा सो सरह अन्तियार पाएका अधिकृतले, अधिकृत र पदिकबाहेक आफ्नो मातहतमा रहेका जुनसुकै व्यत्तिलाई सेवाबाट हटाउन वा दर्जा घटाउन सक्नेछ,' सैनिक ऐन, २०६३ को दफा १८ मा उल्लेख छ। 
अर्दलीका रुपमा उच्च सैनिक अधिकृतका घरमा काम गर्ने सैनिक जवानहरु तालिम र बढुवा हुनबाट पनि वञ्चित रहने गरेका छन्। समयअनुसार लिनुपर्ने तालिममा सहभागी हुन नसक्दा उनीहरुको बढुवासमेत रोकिने गरेको स्रोत बताउँछ। सैनिक नियमावली, २०६९ ले तालिम तथा प्रशिक्षण व्यवस्था गरेको छ। 
'सैनिक व्यक्तिलाई समयानुकूल कार्यकुशल, दक्ष तथा व्यावसायिक बनाउन आवश्यकताअनुसार तालिममा समावेश गराइनेछ,' नियमावलीमा भनिएको छ। सेनाभित्र उच्च सैनिक अधिकृतमा जस्तै सिपाहीबाट प्युठ, प्युठबाट अमल्दार, अमल्दारबाट हुद्दा, हुद्दाबाट जमदार र जमदारबाट सुवेदारमा बढुवा हुन विभिन्न तालिम आवश्यक हुन्छ। तर नियमित व्यायाम गर्नबाट समेत वञ्चित रहने अर्दलीहरु तालिममा कमै सहभागी हुन्छन्। 
स्रोतका अनुसार केही सैनिक जवानले १५ वर्षभन्दा बढी अर्दलीका रुपमा काम गरेर सेवाबाट अवकास लिएका पनि छन्। सैनिक प्रवक्ता पोखरेलले भने सैनिक जवानहरु घरेलु कामदारका रुपमा प्रयोग नभएको बताए। सैनिक जवान (सहयोगी) लाई घरेलु कामदारका रुपमा प्रयोग गरिएको थाहा पाए कारबाही हुने उनको दाबी छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस