रोजगार मन्त्रालय बायोमेटि्रकको विपक्षमा
३१ जेष्ठ २०७१
•
६ मिनेट पाठ
रोजगार मन्त्रालय बायोमेटि्रकको विपक्षमा
काठमाडौं-श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बायोमेटि्रक प्रणालीले मलेसिया जाने कामदारलाई आर्थिक भार थप्ने भएकाले यो प्रणाली फिर्ता लिन मलेसिया सरकारलाई आग्रह गर्ने बताएका छन्।बायोमेटि्रकको नाममा नेपालमा सिन्डिकेट गर्न खोजेको र त्यसलाई लागू गर्न नहुने पक्षमा मन्त्रालय रहेको बताउँदै मन्त्री गुरुङले यसलाई फिर्ता लिन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल थालिने प्रस्ट पारे। 
शनिबार नागरिकसँगको कुराकानीमा मन्त्री गुरुङले मलेसिया जाने कामदारलक्षित बायोमेटि्रकको नाममा चर्को शुल्क लिने तयारी भएकोले मन्त्रालयले सुरुदेखि लागू गर्न नहुने अडान लिँदै आएको बताए। ‘म मन्त्री भएर आएदेखि यो लागू गर्नै हुँदैन भन्दै आएको छु, तर मलेसिया सरकारले एकतर्फी निर्णय गरेर लागू गर्ने अडान लिएकोले कूटनीतिक छलफल गरेर समाधान खोज्ने तयारी भएको छ,' उनले भने।
मन्त्री गुरुङले बायोमेटि्रक प्रणालीले कामदारलाई आर्थिक भार थप्न नहुने अडानमा आफू रहेको बताए। मन्त्रालयले बायोमेटि्रकबारे अध्ययन गरेर परराष्ट्रमार्फत मलेसियालाई पत्र पठाइसकेको उनले जानकारी दिए। ‘परराष्ट्रलाई पनि सुझाव र अवधारणा दिएका छौं। तर कुनै निर्णय भएको छैन। एकतर्फी लागू गरिए सरकारको हस्तक्षेप हुन्छ,' उनले भने। 
मन्त्रालयले बायोमेटि्रक प्रणालीबारे परराष्ट्रमा पठाएको अवधारणामा सिन्डिकेट नगरी सबै मेडिकलले बायोमेटि्रक गर्न पाउने, शुल्क कामदारलाई थप भार नपर्ने गरी नेपाल सरकारले तोकेकै हुने र स्वास्थ्य संस्थाको मापदण्डमा छलफल गर्न सकिने बुँदा रहेको मन्त्री गुरुङले जानकारी दिए। मन्त्रालय कार्टेलिङ र कामदारलाई आर्थिक भार पार्ने काममा सहमत हुन नसक्ने बताए। बायोमेटि्रक लागू गर्दा १५ देशमा सँगसँगै गर्ने भनिएको थियो। तर अहिले नेपालमा मात्र लागू गरेर त्यसको अभ्यास अरु देशमा लान खोजिएको छ। यसबारे पनि बुझ्नुपर्छ,' उनले भने।
दूतावासमा धर्ना
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्ने भन्दै लागू गर्न लागिएको बायोमेटि्रक प्रणालीको विरोधमा व्यवसायीले नेपालस्थित मलेसियन दूतावास घेराउ गरेका छन्। 
बायोमेटि्रक प्रणालीको नाममा मलेसिया जाने कामदारलाई आर्थिक भार थप्ने काम भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार मञ्च, नेपाल वैदेशिक रोजगार व्यवसायी तमू धिं संघ, नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट संघ र स्वास्थ्य व्यवसाय संघर्ष समितिले शुक्रबार प्लेकार्डसहित मलेसियन दूतावास घेराउ गरेका हुन्। 
नेपाल वैदेशिक मेडिकल एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले बायोमेटि्रकले मलेसिया जाने एउटा कामदारमाथि १४ हजार रुपैयाँ आर्थिक भार थप्ने बताए। ‘त्यसैले यो कामदारको हितमा छैन। फिर्ता गराउन दूतावासमा धर्ना दिइएको हो,' उनले भने, ‘फिर्ता नभएसम्म आन्दोलन गर्छौं।' उनका अनुसार आइतबार वैदेशिक रोजगार विभागमा धर्ना दिने कार्यक्रम छ।
यसअघि म्यानपावर व्यवसायीले बायोमेटि्रक लागू भए दुई महिना मलेसिया कामदार पठाउन बन्द गर्ने चेतावनी दिएका थिए।
मलेसिया सरकारले कामदार आपूर्ति गर्ने नेपाललगायत १५ मुलुकमा बायोमेटि्रक प्रणाली लागू गर्ने भन्दै बेस्टिनेट कम्पनीलाई एजेन्ट तोकेको छ। त्यही कम्पनीसँग नेपालको नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्झौता गरेको छ। नौ महिनाअघि सम्झौता भए पनि मेडिकल र म्यानपावर व्यवसायीका साथै महासंघकै पदाधिकारीको विरोध भएपछि कार्यान्वयनमा अन्योल देखिएको छ।
आइतबारदेखि बायोमेटि्रक लागू गर्ने तयारी छ। एकतर्फी लागू गर्न लागिएको भन्दै चौतर्फी रुपमा यसको विरोध हुँदै आएको हो।
मलेसिया नेपाली कामदारका लागि प्रमुख गन्तव्य हो। अचेल दैनिक चार सय ५० नेपाली कामको खोजीमा मलेसिया जान्छन्। २०७० सालमा एक लाख ६६ हजार आठ सय ९८ नेपाली मलेसिया पुगेका थिए। 
मलेसियाले बेस्टिनेट डिएचटी आइएनएटी कम्पनीमार्फत नेपालमा ‘फरेन वर्कर्स सेन्टरलाइज्ड म्यानेजमेन्ट सिस्टम सफ्टवेयर' लागू गर्न लागेको हो।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस