काठमाडौं-पोर्चुगलका रक्षक पेपे सोमबार राति विश्वकप समूह चरणको खेलमा जर्मनीका स्ट्राइकर थोमस मुलरविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए। 'एयर बल' पछ्याउँदाको घम्साघम्सीमा मुलर पछारिए। त्यही झोँकमा पेपेले उनलाई टाउकोले हिर्काए। र, रातो कार्ड खाएर मैदानबाट बाहिरिए।
फिफा 'विश्व वर्ष खेलाडी' क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगललाई जर्मनीविरुद्धको खेलमा कडा प्रतिस्पर्धी मानिएको थियो। दुई गोलले पछि परिसके पनि पोर्चुगलले पुनरागमन जनाउने विश्वास टुटेको थिएन। त्यो सम्भावना लगभग त्यतिखेर समाप्त भयो, जब पेपेले क्षणिक आक्रोश थाम्न नसकेर ३७ औं मिनेटमा मैदान छाड्नुपर्योा।
अन्तर्राष्ट्रिय फुटबलमा 'हेडबट' (प्रतिद्वन्द्वी खेलाडीलाई टाउकोले हिर्काउनु) लाई अक्षम्य अपराधका रूपमा लिइन्छ। तैपनि मैदानमा आफ्नो रिस काबुमा राख्न नसक्दा धेरै खेलाडीले यही कारण रातो कार्ड पाएका छन्।
आठ वर्षअघि जर्मनीमा भएको विश्वकप फाइनलमा भलाद्मी खेलाडीको छवि बनाएका फ्रान्सेली सुपरस्टार जिनेदिन जिदानले इटालीका मार्को माटेराजीमाथि गरेको हेडबट अहिलेसम्मकै चर्चित हो। एक–एकको बराबरीमा रहेको उक्त खेल अतिरिक्त समयमा चलिरहँदा जिदानले हेडबट गरेका थिए। टिमकै सर्वाधिक भरपर्दा खेलाडी बाहिरिएपछि फ्रान्स पेनाल्टी सुटआउटमा पराजित हुँदै उपाधिबाट बिमुख भयो।
विश्वकपको त्यही संस्करणमा पोर्चुगलका लुइस फिगोले नेदरल्यान्ड्सका मार्क भान बुमेललाई दोस्रो चरणको खेलमा हेडबट गरेका थिए। उनले भने पहेँलो कार्डमै उन्मुक्ति पाए।
विश्वकपमै १९९८ र २००२ का संस्करणमा पनि हेडबट भएका थिए। १९९८ मा अर्जेन्टिनी फरवार्ड एरियल ओर्टेगाले नेदरल्यान्ड्सका गोलकिपर इडविन भान डर सारलाई हेडबट गरेबापत रातो कार्ड पाए। त्यस्तै, २००२ मा मेक्सिकोका राफेल मार्क्वेजले अमेरिकाका कोबी जोन्सलाई हेडबट गरेका थिए।
१९९४ अप्रिलको घटना अझ रोचक छ। रेन्जर्सका स्कटिस फरवार्ड डंकन फर्गुसनले स्कटिस प्रिमियर लिगको खेलमा रेइथ रोभर्सका जोन म्याकस्टेलाई हेडबट गरे। उनले रातो कार्ड मात्र सामना गरेनन्, तीन महिना जेल सजाय पनि भोग्नुपर्योक।
भर्खरै सम्पन्न इङलिस प्रिमियर लिग सिजनको एउटा खेलमा त न्युक्यासलका प्रशिक्षक एलान पार्डेभले हलका मिडफिल्डर डेविड मेलरलाई टेक्निकल एरियामा हेडबट गरेका थिए। उनले पनि धेरै खेलमा प्रतिबन्ध भोग्नुपर्योा।
अनुशासित र संयमित रहने भनिएका खेलाडीले 'हेडबट' गर्नुको कारण के हो?
नेपाली राष्ट्रिय गोलकिपर विकास मल्ल सामान्यतया हेडबट आक्रोसकै अभिव्यक्ति भएको बताउँछन्। 'झनक्क रिस उठेपछि खेलाडीलाई के गरुँ, कसो गरुँ हुन्छ, त्यो बेला मैदानमा हात हाल्नु भनेको निकै ठूलो अपराध हो,' उनले नागरिकसँग भने, 'त्यही भएर रिस पोख्न टाउकोले हिर्काएका घटना धेरै भएका हुन्।'
मैदानभित्र मात्र होइन, बाहिर पनि कसैलाई हातले हिर्काउनु अपराध हो। 'त्यही भएर विदेशतिर झगडा हुँदा पनि जिउले नै एकअर्कालाई ठेलेको हामी देख्छौं,' उनले भने, 'मैदानमा त झन् खेलाडीहरू नियममा बाँधिएका हुन्छन्, यस्तोमा झट्ट रेफ्रीको आँखाबाट बच्न सकिने भनेको हडबट नै हो।' नेपालमा भने अहिलेसम्म यस्तो घटना नभएको उनले बताए।
चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले पनि मैदानमा अचानक रिस उठे खेलाडीले हेडबट गर्ने गरेको तर्क गरेका छन्। हात वा खुट्टाले हान्दा भन्दा टाउकोले हान्दा आक्रोस कम देखिने उनको भनाइ छ।
हुन पनि खुलेआम हात चलाए वा खुट्टाले हिर्काए टाढाका रेफ्री वा दर्शकको आँखामा सजिलै परिन्छ। यस्तो अवस्थामा रातो कार्डबाट बच्ने गुञ्जायसै रहँदैन। तर, टाउकोले घचेटेर वा कुइनाले ठेलेर रिस पोखे हत्तपत्त कसैको आँखामा परिँदैन। यतिमात्र होइन, प्रतिद्वन्द्वी खेलाडीले त्यही रिसमा हात हाल्न पनि सक्छन्, जसले रातो कार्डको भागीदार ऊ आफैं हुने सम्भावना उत्तिकै हुन्छ। त्यही भएर हेडबटलाई खेलाडीको रणनीतिक कदमका रूपमा लिनेहरू पनि छन्।
जिदानले माटेराजीलाई हेडबट गरेपछि इटालियन खेलकुद दैनिक 'गजेटा डेल्लो स्पोर्टस'ले यस विषयमा विश्लेषणात्मक लेख प्रकाशित गरेको थियो। त्यसमा खेल मनोविज्ञहरूले भनेका थिए, 'रिसको झोँकमा अर्कालाई हान्न जाने क्रममै खेलाडीमा सजायको चेत हुन्छ। यसले उसको रिस केही हदसम्म शान्त पारे पनि पूरै निमिट्यान्न पार्न भ्याएको हुन्न। खेलाडीले त्यही आवेग र चेतनाको मिश्रणलाई सम्हाल्न नसक्दा हेडबट गर्ने गर्छ।'
'सामान्यतया फुटबलमा नियमले बर्जित घटनाहरू कहिलेकाहीँ रणनीतिक रूपमा गरिन्छ। हेडबट पनि रेफ्रीको आँखा छल्दै विपक्षीलाई आक्रोसित पार्ने चाल हो। आफ्नो गल्ती रेफ्रीले नदेखोस् र विपक्षी आक्रोसित हुँदै हातपातमा उत्रेर रातो कार्ड खाओस् भन्ने पनि केही खेलाडीको नियत देखिन्छ,' उक्त पत्रिकाले मनोविज्ञलाई उद्धृत गर्दै लेखेको थियो।
पेपेको हेडबटलाई भने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उनको स्वभावसँग जोडेका छन्। अमेरिकाको युएसए टुडेले हेडबटलाई पेपेको 'पागलपन'को संज्ञा दिँदै त्यसले अमेरिकाको नकआउट चरण यात्रा सहज हुने दाबी गरेको छ। यी दुवै टोली एकै समूह 'जी' मा छन्। 'गु्रप अफ डेथ' मानिएको यो समूहमा जर्मनीले पोर्चुगललाई हराउँदा अमेरिकाले घानामाथि विजय हासिल गर्दै तीन अंक जोडिसकेको छ।
बेलायतको द टेलिग्राफले भने यसमा मुलरको प्रतिक्रिया नाटकीय भएको विश्लेषण गरेको छ। 'मुलरले यस्तो नाटक गरे कि, उनी आफ्नो झरेको दाँत खोजिरहेका छन्। जबकि घटना सामान्य थियो। पेपेले त्यही झोँकमा हेडबट गरे। त्यसै पनि पेपेको छवि राम्रो छैन,' टेलिग्राफले लेखेको छ, 'उनले नियतवश विपक्षीलाई घात हुने खालको व्यवहार गरेका थिएनन्। उनले टाउको जुधाएर मुलरलाई आक्रोसमा ल्याउन खोजेका भने पक्कै हुन्। तर मुलरको नाटकअघि उनी आफ्नै रणनीतिमा असफल भए।'
स्पेनिस ला लिगामा रियाल मड्रिडबाट खेल्ने पेपेको स्वभाव नै आक्रामक छ। २००९ मा घरेलु सान्टियागो बेर्नाबेउ रंगशालामा गेटाफेविरुद्धको खेलमा विपक्षी खेलाडी फ्रान्सिस्को क्यासक्वेरोलाई धकेल्दा रेफ्रीले पेनाल्टी दिएका थिए। रिसले त्रु्कद्ध बनेका पेपेले विपक्षी टोलीका दुई खेलाडीलाई लात्ती हाने। पहिल्यै पहेँलो कार्ड सामना गरिसकेका उनले सोझै रातो कार्ड खाए। उनलाई अनुशासन समितिले १० खेलको निम्ति प्रतिबन्ध लगायो।
२०११ को च्याम्पियन्स लिग सेमिफाइनलमा बार्सिलोनाका ड्यानी अल्भासलाई प्रहार गरेबापत उनले रातो कार्ड खाएका थिए भने २०१२ मा बार्सिलोनाविरुद्धको अर्को खेलमा लियोनेल मेसीको हातमा हानेबापत सजाय पाएका थिए।