काठमाडौं- अबको राज्यसंरचना कस्तो हुने भन्ने गहन बहसमा सहभागी दोस्रो संविधानसभाका बहुमत सभासद बहुपहिचानसहितको संघीय संरचनाका पक्षमा उभिएका छन्। उनीहरूले एकल जातीय पहिचान नभई विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक धरोहरबाट प्रदेशको नाम राख्नुपर्ने समेत औंल्याएका छन्।संविधानसभाको पूर्ण बैठकमा संघीय संरचना कस्तो बनाउने भन्ने विषयमा जेठ १५ देखि २७ सम्म भएको बहसमा ३ सय ८६ सभासदले धारणा राखेकामा अधिकांशले बहुपहिचानसहित बढीमा सात प्रदेश बनाउनुपर्ने तर्क गरे।
अघिल्लो संविधानसभाअन्तर्गतको राज्य पुनर्संरचना एवं राज्यशक्तिको स्रोत बाँडफाँट समितिले दिएको प्रतिवेदनबाट संविधान अभिलेखन तथा निर्क्याेल समितिले सहमति र असहमति खुट्ट्याएर तयार पारेको प्रतिवेदनमाथि बोल्ने क्रम सकिएको छ। त्यस क्रममा सभासदले राखेका मुख्य–मुख्य बुँदा टिपोट गरी संविधानसभा सचिवालयले संविधान मस्यौदा समितिलाई प्रतिवेदन दिएको छ।
निर्क्याेल समितिले यसअघि नै आफ्नो प्रतिवेदन संवाद समिति र मस्यौदा समितिलाई पठाइसकेको छ। मस्यौदा समितिले संविधान मस्यौदा गर्दा सभासदका धारणा टिपोट गरिएको प्रतिवेदनलाई पनि आधार बनाउनेछ।
उक्त प्रतिवेदन हेर्दा प्रदेशको संख्या बढीमा सात हुनुपर्ने पक्षधरको संख्या उल्लेख्य देखिन्छ। पूर्ण बैठकमा बोलेका ३ सय ८६ मध्ये २ सयभन्दा बढीले बहुपहिचानसहितको प्रदेश कायम हुनुपर्ने धारणा राखेका छन्। उनीहरूले संख्या भने स्पष्ट पारेका छैनन्। १ सय ६६ जनाले भने प्रदेश नै किटान गरेर बोलेका छन्। तिनमा पनि १ सय १३ ले बढीमा सात प्रदेश भनेका छन्।
संविधानसभामा बोल्ने २९ सभासदले ८ देखि १४ प्रदेश र २० जनाले ५ प्रदेशको तर्क गरेका छन्। चारजनाले मात्र ३ प्रदेश माग गरेका छन्। जातीय आधारमा राज्य पुनर्संरचना हुनुपर्छ भन्ने आवाज संविधानसभा पूर्ण बैठकमा एक/दुईजनाको मात्र रहेको प्रतिवेदनमा उल्लेख छ।
अघिल्लो संविधानसभामा प्रदेशको संख्या मात्र होइन, त्यसको आधार के हुने भन्नेमा समेत प्रमुख दलबाटै फरक–फरक धारणा आउँदा सहमति जुट्न सकेको थिएन। संविधान नबनाई संविधानसभा भंग हुनुको प्रमुख कारण यसैलाई मानिन्छ।
संविधानसभामा बोल्ने सबैजसो सभासदले पहिचान र सामर्थ्यका आधारमा संघीयतामा जानुपर्ने औंल्याएका छन्। उनीहरूले कुनै जातविशेषको भन्दा विश्वसम्पदामा सूचीकृत ऐतिहासिक धरोहरको नाममा प्रदेश नामकरण गरिनुपर्ने सुझाव दिएका छन्।
थारुवान, लिम्बूबान, मगरातजस्ता नाममा प्रदेशको नामकरण गरिनुपर्ने धारणा एक/दुईजनाले मात्र राखेका छन्। आत्मनिर्णयको अधिकार र स्वायत्त प्रदेश पक्षमा पनि अघिल्लो संविधानसभाका तुलनामा निकै कम सभासद उभिएका छन्।
संविधानसभा सचिवालयले तयार पारेको प्रतिवेदन हेर्दा एक मधेस प्रदेश हुनुपर्ने धारणा राख्नेहरू ४ जना मात्रै छन्।
'जातीय राज्यको अवधारणाले सुडानमा जस्तै द्वन्द्व निम्त्याउँछ,' एमाले सभासद गणेशमान गुरुङको धारणा छ, 'हिमाल, पहाड, तराई गरेर प्रदेशको निर्माण हुनुपर्छ।'
प्रमुख दलका आदिवासी जनजाति सभासदले नै बहुपहिचानका आधारमा प्रदेशको संख्या तय गर्नुपर्ने सुझाव दिएका छन्।
बहसको पहिलो दिन नै प्रमुख दलका शीर्ष नेताले आफ्ना धारणा राखेका थिए। प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा विवादमा नफसी प्रक्रियामा अघि बढ्नुपर्ने बताएका थिए। एमाले अध्यक्ष झलनाथ खनालले पनि सात प्रदेशमा जान सकिने बताएका थिए।
'धेरै संख्यामा संघीय इकाइ राख्दा टिक्न सक्दैन,' खनालले भनेका थिए, 'सात प्रदेशभन्दा बढी बनाउन हुँदैन।'
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै विषय प्रक्रियाबाट नभई सहमतिबाट नै टुंगो लगाउनुपर्ने बताएका थिए। उनी प्रदेशको संख्यामा भने मौन रहे।
मधेसवादी दल संघीय सद्भावना पार्टीकी डिम्पलकुमारी झाले समग्र मधेस एक प्रदेशको पक्षमा धारणा राखेकी छन् भने केही सभासदले पहिचानसहितको संघीयता भने पनि पहिचानको आधार केलाई मान्ने भन्ने विषयमा स्पष्ट धारणा राखेका छैनन्।
प्रदेशको नामकरण गर्दा सगरमाथा, लुम्बिनी, बागमती, गण्डकीजस्ता ऐतिहासिक धरोहरको नाममा नामकरण गर्न सुझाव दिएका छन्।
सभासदहरूले राखेका महत्वपूर्ण सुझावबारे मस्यौदा समितिले अध्ययन गर्न भने भ्याएको छैन।
'हामीकहाँ प्रतिवेदन आइपुगेको छ,' मस्यौदा समितिका एक सदस्य भन्छन्, 'अध्ययन गर्न भ्याइएको छैन।'
संविधानसभामा संघीयताको विषयमा भएको बहस हेर्दा जातीय राज्य बनाउँदा देश विखण्डनमा जान सक्छ भन्ने आवाज बलियो देखिएको कांग्रेस सभासद गगन थापा बताउँछन्।
'संविधानसभामा सभासदहरूले बोलेको टिपोट हेर्दा जातीय राज्य बनाउँदा देश विखण्डन हुन्छ भन्ने आवाज बलियो रूपमा आएको छ,' थापाले नागरिकसँग भने, 'अघिल्लो संविधानसभामा भन्दा जातीय आधारका प्रदेशमा सहमत हुन सकिन्न भन्ने धारणा धेरैको छ। प्रधानमन्त्री कोइराला, एमालेका खनालदेखि विपक्षी एमाओवादी अध्यक्ष दाहालसम्मले मिलाएर लैजाने टोनमा बोल्नुभएको छ, यो राम्रो हो।'