काठमाडौं-संविधानसभा उपनिर्वाचनअन्तर्गत आइतबार मतदान हुने काठमाडौं २ सहित चारवटै निर्वाचन क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन निषेध गरिएको छ।काठमाडौं २, चितवन ४, कैलाली ६ र बर्दिया १ मा संविधानसभा निर्वाचन जितेका उम्मेदवारले अर्को क्षेत्रमा दोहोरिएका कारण पद त्यागेपछि पुनः निर्वाचन गरिएको हो। निर्वाचन आयोगका अनुसार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।
गृह मन्त्रालयले निर्वाचन सुरक्षा ख्याल गर्दै काठमाडौं २ भित्र सवारी आवागमन निषेध गरे पनि यही क्षेत्रमा पर्ने अरनिको राजमार्ग र त्रिभुवन विमानस्थलमा भने आवागमन केही खुकुलो बनाइएको छ। निर्वाचन क्षेत्रमा अनुमति नलिएका सवारीसाधन प्रवेश रोक्न प्रहरीले ४५ स्थानमा चेकप्वाइन्ट राखेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी नारायणसिंह खड्काले जानकारी दिए।
उनका अनुसार निर्वाचन क्षेत्रअन्तर्गत अरनिको राजमार्गमा सवारीसाधन निर्वाध चल्नेछ, तर रोकेर यात्रु चढाउन र ओराल्न पाइनेछैन। अन्य निर्वाचन क्षेत्रभित्र पर्ने राजमार्गका हकमा पनि यही नियम लागू हुनेछ। निषेधित क्षेत्रमा पर्ने त्रिभुवन विमानस्थल जान हवाई यात्रुलाई छुट दिइनेछ। उनका अनुसार हवाई टिकट देखाए विमानस्थल परिसर सवारीसाधन छिराउन पाइनेछ।
खानेपानी, सञ्चार, एम्बुलेन्सलगायत अत्यावश्यक सेवा क्षेत्रका सवारी पनि नरोकिने प्रहरीले जानकारी दिएको छ। एसपी खड्काका अनुसार भक्तपुर, मनोहरा, जडीबुटी हुँदै कोटेश्वर आउने सवारीसाधनलाई ललितपुरको बालकुमारीतिरबाट डाइभर्ट गरिनेछ। चक्रपथको कोटेश्वरबाट गौशालासम्म भने सवारी चलाउन पाइनेछैन।
निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका दुई वडा ९ र ३५ पर्छन्। धोवीखोलाको मैतीदेवी (सेतो) पुलपारि पुरानोबानेश्वरतिर र धोवीखोलाकै रातोपुलबाट गौशालातिर सवारी लैजान पाइनेछैन। पशुपति वनकाली ओरालो, सिनामंगल ओरालो हुँदै भीमसेनगोलातिर, तिलगंगा पुलबाट चक्रपथतिर, गौरीघाट पुलपारि र बौद्ध–जोरपाटीबाट नारायणटारतिर पनि अनुमति नलिएका सवारीसाधन चलाउन पाइनेछैन।
कपन निलोपुल र ढलानेपुलबाट दक्षिणी क्षेत्र, गोठाटार पुलवारि, गोकर्णको हनुमानचोक, भक्तपुरको बोडेपुल र इन्जिनियरिङ कलेज पुलबाट मूलपानीतिर पनि प्रवेश निषेध गरिएको छ।
सुन्दरीजल दोबाटोचोकबाट भोटेचौर हुँदै जर्सिङपौवा, चापाकोटबाट मेलम्चीतिर र डाँडाकटेरीबाट मानचुरी लेकतर्फ आउने बाटो पनि आइतबार बन्द रहनेछ। मणिपुरबाट नुवाकोट जाने, नगरकोट हुँदै कात्तिकेचोक तथा साँखु पालुवाबारी सुकुम्बासी पुलबाट ललितपुरतिर आउने बाटो पनि दिनभर शान्त रहनेछन्।
यसैगरी, शंखमूलबाट कोटेश्वर महादेवस्थानतिर, धोवीखोला पुलबाट मदनभण्डारी कलेज जाने बाटो, देवीनगर पुलपारि, हनुमानस्थान पुलबाट भित्री क्षेत्र, बिजुलीबजार पुलबाट भित्री क्षेत्र, मनोहरा पुलबाट नरेफाँट, बालकुमारी पुल तथा महादेवस्थान, पुरानो ठिमीबाट काठमाडौं भित्रिने पुल पनि निषेधित नाका प्रवेश गर्ने चेकप्वाइन्ट हुन्।
पेप्सीकोला, चाँगु तलको पुल, नाङ्लेभारे, मूलपानी पुलसमेत सवारी निषेधित क्षेत्र प्रवेश गर्ने चेकप्वाइन्ट हुन्। सवारी प्रवेश निषेध गरिएका चेकप्वाइन्टमा ब्यारिकेटसहितको प्रहरी टोली खटिनेछन्।
भित्री चोकमा अनुगमनका लागि मोबाइल गस्ती खटाइएको एसपी खड्काले जानकारी दिए। उनका अनुसार मतदान सुरु हुनुभन्दा दुई घन्टाअघि बिहान ५ बजेदेखि सुरु हुने सवारी निषेध मतदान सकिएको दुई घन्टापछि बेलुका ७ बजे खुल्नेछ।
हजार सुरक्षाकर्मी
काठमाडौं २ मा उपनिर्वाचन सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी खटिनेछन्। दोस्रो संविधानसभामा सेनासहितको सुरक्षा योजना बने पनि उपनिर्वाचनमा नेपाल प्रहरीको नेतृत्वमा सशस्त्र प्रहरीसहित एक हजार सुरक्षाकर्मी खटिँदैछन्।
जिल्ला सुरक्षा समिति, काठमाडौंका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी वसन्त गौतमका अनुसार ४९ मतदान केन्द्र र ९० वटा केन्द्र सुरक्षाका लागि तीनवटा मोबाइल टोली परिचालन गरिएको छ।
‘प्रत्येक निर्वाचन केन्द्रमा प्रहरी निरीक्षक कमान्डमा हतियारसहितको टोली खटिएको छ,' गौतमले नागरिकसँग भने, ‘नेपाल प्रहरीले सुरक्षा नेतृत्व गरेको छ, उसलाई सशस्त्र प्रहरीले आवश्यक सहयोग गर्नेछ।'
निर्वाचनमा सुरक्षा संयोजनका लागि राष्ट्रिय सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मतदान सकिएपछि सोही स्थानमा मतगणना हुनेछ।
काठमाडौं २ मा महानगरपालिकाअन्तर्गत वडा नम्बर ३५ र वडा नम्बर ९ सहित गोठाटार, मूलपानी, थली, डाँछी, इन्द्रायणी, साँखु बज्रयोगिनी, पुछुलाछी, साँखु सुनटोल, लप्सीफेदी र नाङ्लेभारे गाविस पर्छन्। यस क्षेत्रको मतदाता संख्या करिब ६५ हजार छ।
गत वर्ष मंसिर ४ मा भएको संविधानसभा निर्वाचनमा काठमाडौं २ बाट माधवकुमार नेपाल, चितवन ४ बाट सुशील कोइराला, बर्दिया १ बाट वामदेव गौतम र कैलाली ६ बाट शेरबहादुर देउवाले निर्वाचन जितेका थिए।