वैदेशिक रोजगारमा तेब्बर राहत
०९ असार २०७१
•
६ मिनेट पाठ
वैदेशिक रोजगारमा तेब्बर राहत
काठमाडौं- सरकारले रोजगारीको सिलसिलामा विदेश गएर ज्यान गुमाउनेका आफन्त र अंगभंग हुने कामदारलाई अहिलेको बिमाको तुलनामा तेब्बर आर्थिक सहायता दिने तयारी थालेको छ।सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरी विदेश जाने कामदारको जीवन बिमा गर्नुपर्ने नियमको ठाउँमा सुरक्षण कोषको प्रावधान राख्न लागेको हो। ऐन संशोधन भएपछि विदेशमा ज्यान गुमाउने कामदारका आफन्तले १५ लाख रुपैयँसम्म आर्थिक पाउने छन्। 
अहिलेको ऐनमा विदेशमा कामदारको मृत्यु हुँदा जीवन बिमाबापत आफन्तले पाँच लाख रुपैयाँसम्म पाउने प्रावधान छ। भवितव्यको अवस्थामा उक्त रकम पाउन कामदारले विदेश जानुपूर्व उमेर हेरी १८ सयदेखि २५ सय रुपैयाँसम्म शुल्क तिरेर बिमा गराउनुपर्छ। बिमा अवधिभित्रै कामदारको मृत्यु भए बिमक कम्पनीले पाँच लाख रुपैयाँ दिन्छन्। 
सरकारले यसको सट्टा उक्त रकम आफैंले लिएर वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत सुरक्षण कोष स्थापना गरी भवितव्यको अवस्थामा १५ लाख रुपैयाँसम्म मृतकका आफन्तलाई दिने तयारी थालेको हो। 
वैदेशिक रोजगार ऐन २०६४ संशोधनको तयारीमा रहेको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए। '२०६४ सालमा बनेको ऐनमा केही सुधार गर्नुपर्ने भएकाले संशोधनको तयारी भइरहेको छ,' उनले भने, 'हामीले विशेष गरी कामदारको सुरक्षा र सुविधालाई ध्यानमा राखेर यो तयारी गरेका हौं।' 
'विदेशमा ज्यान गुमाउने कामदारका आफन्तलाई बिमाबापत पाउने रकम ज्यादै थोरै हो। यस्तो राहत रकम बढाएर १५ लाख रुपैयाँसम्म पुर्यामउन छलफल भइरहेको छ,' उनले भने। 
उनका अनुसार बिमा कम्पनीले उक्त रकम पाँच लाखभन्दा बढी गर्न नसकिने बताएका छन्। त्यसैले कामदारले बिमाबापत तिर्ने शुल्क प्रवर्द्धन बोर्डले नै लिएर बिमा कम्पनीको भन्दा तीन गुणा बढी दिन सकिने भएकोले मन्त्रालयले यस विषयमा छलफल गरिरहेको उनको भनाइ छ।
बिमा कम्पनीले कामदारबाट वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी प्रिमियम उठाइरहँदा त्यसको दुई प्रतिशत पनि पीडित र आफन्तलाई भुक्तानी गर्नु नपरेको विगतको तथ्यांकले देखाउँछ। यस्तो अवस्थामा कामदारबाट उठाएको रकमबाटै ज्यान गुमाउनेका आफन्तलाई सहायता बढाउन सकिने हुनाले यसको तयारीमा लागेको गुरुङले बताए। 
त्यस्तै सरकारले कल्याणकारी कोषमार्फत प्रदान गर्ने आर्थिक सहायता पनि बढाउने तयारी गरेको छ। विदेश जाने कामदारबाट उठाउँदै आएको हजार रुपैयाँ जम्मा हुने कल्याणकारी कोषको रकमबाट विदेशमा ज्यान गुमाउनेका आफन्त र अंगभंग हुनेलाई डेढ लाखबाट बढाएर तीन लाखसम्म दिने तयारीमा सरकार छ।
राज्यमन्त्री गुरुङले कामदारका लागि सुरक्षण र कल्याणकारी कोषमार्फत छुट्टाछुट्टै आर्थिक सहायता दिन ऐन संशोधन गरिने बताए। 'हामीले यस विषयमा मन्त्रालय मातहतका विभाग, व्यवसायी र युनियनका नेतासँग छलफल गरेर सुझाव मागिरहेका छौं,' उनले भने। 
कामदारका लागि कसरी सजिलो हुन्छ भन्ने विषयमा सरकार सचेत रहेको उनको भनाइ छ। प्रायजसो वैदेशिक रोजगारमा घरमुली नै जाने गरेकाले मृत्यु वा अंगभंग हुँदा परिवार विचल्लीमा पर्ने गरेको छ। 'यस्तोमा राहत दिन आर्थिक सहायता बढाउन लागिएको हो,' उनले भने। 
वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ 'घ' र वैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ मा वैदेशिक रोजगारमा गएर जुनसुकै कारणले ज्यान गुमाउने कामदारका परिवारलाई प्रक्रिया पूरा गरेपछि डेढ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने प्रावधान छ।
त्यस्तै विदेश जानका लागि लिनुपर्ने पूर्व स्वीकृतिसमेत हटाउने तयारी भएको मन्त्रालयले जनाएको छ। पूर्व स्वीकृतिको प्रावधान हटाएर अनलाइनमार्फत काम गर्ने र सीधै भिसा हेरेर श्रम स्वीकृति दिने तयारी भएको गुरुङले जानकारी दिए। पूर्व स्वीकृतिले कामदारको लागत र समय बढाएको र त्यो बीचमा एजेन्टले चलखेलसमेत गर्ने हुनाले यसलाई हटाउन छलफल भएको हो। 
हालको ऐनअनुसार कामदारलाई विदेश पठाउनुपूर्व म्यानपावर कम्पनीले विभिन्न विवरण खुलाएर वैदेशिक रोजगार विभागसँग पूर्वस्वीकृति लिनुपर्छ। सरकारले सात वर्षपछि वैदेशिक रोजगार ऐन संशोधन तयारी थालेको हो। यसअघि २०६४ सालमा वैदेशिक रोजगार ऐन २०४२ खारेज गरी नयाँ ऐन ल्याइएको थियो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस