काठमाडौं-नेपाल टेलिकमले रणनीतिक साझेदार भित्र्याउन नियुक्त गर्न लागेको परामर्शदाताका लागि ६ वटा कम्पनीले चासो देखाएका छन्।आगामी आर्थिक वर्षभित्र ल्याउन लागिएको रणनीतितक साझेदारीका लागि सल्लाह सुझाव र परामर्श लिनका लागि टेलिकमले ती कम्पनीलाई सर्ट लिस्टमा राख्दै टेलिकमको बोर्डमा पेश गरेको हो। ती कम्पनीले ३५ दिनभित्रमा आफ्नो व्यावसायिक प्रस्ताव पेश गरेपछि टेलिकमले उत्कृष्ट एउटा कम्पनीलाई परामर्शदाता कम्पनीको रुपमा छनौट गर्ने जनाएको छ। टेलिकमले केहि महिनाअघि आशय पत्र आह्वान गरेको थियो।
छनोटमा परेका कम्पनीमा भारतको डिलोइट टच तोमात्सु इन्डिया प्रालि, अन्र्स्ट एन्ड योङ एलएलपी, केपिएमजी एड्भाइजरी सभिर्स प्राइभेट लिमिटेड, एनालाइसिस मास अन इन्डिया प्रालि, जर्मनीको डेटिकोन इन्टरनेसनल जिएमबिएच र सिंगापुरको रोल्यान्ड बर्जर स्ट्राटेजी कन्सल्ट्यान्ट पिटिइ लिमिटेड छन्।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले ८ वटा कम्पनीबाट सर्टलिस्टम ६ वटा कम्पनी छनोट भएको र त्यसबाट एउटा छान्ने बताए। ६ वटा कम्पनी नै बोर्डमा पेश भएको छ। ती कम्पनीले ३५ दिनको समयमा आफ्नो व्यावसायिक प्रस्ताव कम्पनीसमक्ष पेश गर्नुपर्ने उनले बताए। प्रस्ताव अध्ययनपछि उत्कृष्ट एउटा कम्पनी छनोट हुने र त्यही कम्पनीले दूरसञ्चार बजार अध्ययन गरी कसरी जान सकिन्छ भन्ने सुझाव दिएपछि रणनीतिक साझेदारीका लागि कम्पनी भित्र्याउने प्रक्रिया सुरु हुने उनले बताए।
परामर्शदातामा छनौट भएको कम्पनीले टेलिकमको प्राविधिक, आर्थिकलगायत विभिन्न विषयमा अध्ययन गरेर कम्पनीलाई सुझाव पेश गर्नेछ। छनोटमा परेका कम्पनीलाई टेलिकमले रिक्वेस्ट अफ प्रपोजल (आरएफपी) प्रदान गर्ने भट्टराईले बताए। टेलिकमको आर्थिक अवस्थाको समग्र अध्ययन हुन्छ साथै सेयर कसरी प्रदान गर्ने भन्ने विषयमा पनि सुझाव आउने र त्यसपछि मात्र साझेदार ल्याउने प्रक्रिया हुने उनले बताए। सेयरको संरचनादेखि कति सेयर कसले राख्ने भन्ने विषयमा परामर्शदाता कम्पनीले सुझाव दिने भएकाले साझेदारी ल्याउन सजिलो हुने बताए।
प्रक्रियागत रुपमा गए रणनीतिक साझेदार भित्र्याउन समय नलाग्ने भट्टराइले बताए। ‘तर सार्वजनिक खरिदका कारण यसमा प्रभावित हुन सक्छ त्यसैले झन्झटिलो प्रक्रिया भयो भने रणनीतिक साझेदारीका लागि कम्पनी आउन इच्छुक नहुन पनि सक्छन्,' उनले बताए।
नेपाल टेलिकमा गत वर्ष रणनीतिक साझेदारी भित्राउनको लागि सरकारबाट सैद्धान्तिक स्वीकृति पाएको थियो। सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रिपरिषदमा रणनीतिक साझेदारीका लागि प्रस्ताव पेश गरेको थियो। टेलिकमले आफ्नो बजार हिस्सा बढाउन र अन्य टेलिकम कम्पनीसँग प्रतिस्पर्धा गर्नका लागि रणनीतिक साझेदारी भित्राउने तयारी गरेको हो। टेलिकममा ३ वर्षअघि देखि साझेदारी भित्राउने योजना भएपनि प्रारम्भिक काम भने हुन सकेको थिएन।
दूई साताअघि सञ्चार मन्त्री मिनेन्द्र रिजालले टेलिकमको ३० प्रतिशत स्वामित्व रणनीतिक साझेदारीलाई दिने तयारी भएको जानकारी दिएका थिए। व्यवस्थापिका संसद विकास समितिको बैठकमा मन्त्री रिजालले रणनीतिक साझेदारीका लागि चरणवद्ध रुपमा काम भएको जानकारी दिएका थिए।