काठमाडौं– ब्राजिल र नेपालको समयमा झन्डैझन्डै १० घन्टाको अन्तर छ। यहाँ निष्पट्ट अन्धकार छाउँदा त्यहाँ टन्टलापुर घाम लागिरहेको हुन्छ। समय–अन्तरको यो चुनौती पछार्दै नेपाल एक महिनादेखि ब्राजिलमा भइरहेको विश्वकपमा सरिक छ।टन्टलापुर घामले असिनपसिन खेलाडी बलको पछाडि दौडिरहेका बेला नेपाली खेलप्रेमी मध्यरातको शून्यता चिर्दै टोल थर्काइरहेका हुन्छन्। खेलाडीको प्रत्येक 'मुभ' सँगै टि्वटर–फेसबुकमा टिप्पणी र प्रतिक्रिया सल्बलाउँछन्। प्रत्येक गोलसँगै गाली र ताली बर्साउँछन्। नेइमार घाइते हुँदा सुस्केरा छाड्छन्, मेसीले गोल ठोक्दा चिच्याउँछन्।
यतिमात्र होइन, राति जुन–जुन टिम मैदानमा भिड्दैछन्, दिउँसो त्यही–त्यही टिमको जर्सी र झन्डाको व्यापार फस्टाउँछ। विश्वकप खेल्ने ३२ राष्ट्रमध्ये करिब २० देशका नागरिक त काठमाडौंभित्रै घुमिरहे जस्ता लाग्छन्, जर्सीको रङ हेर्दा। अर्जेन्टिना, ब्राजिल, जर्मनीलगायत देशका जर्सी लगाउनेहरू प्रत्येक चोक, प्रत्येक गल्लीमा भेटिन्छन्। यो क्रेज युवा पुस्तामा मात्र हैन, प्रौढ र गृहिणीहरूमा समेत उत्तिकै फैलिएको छ। कतिपय स्कुले केटाकेटीहरू जर्सीमै स्कुल गइरहेका देखिन्छन्।
'अहिले नेपाललाई विश्वकप लागेको छ,' लामो समयदेखि फुटबल पछ्याइरहेका विज्ञ सञ्जीव मिश्र भन्छन्।
उनको अनुभवमा यसपालि जत्तिको विश्वकप क्रेज नेपालमा यसअघि कहिल्यै देखिएको थिएन। 'यहाँका खेलप्रेमीको उत्साह उपाधि पछ्याइरहेका जर्मन र अर्जेन्टिनी प्रशंसकको भन्दा बढी नभए पनि कम चाहिँ छैन,' उनी भन्छन्।
उनको भनाइलाई जर्सी व्यापारको तथ्यांकले पुष्टि गर्छ।
विश्वकप सुरु भएयता स्थानीय बजारमा २५ करोड रुपैयाँभन्दा बढीको जर्सी व्यापार भएको सुन्धाराको चाइना टाउनस्थित आरजे स्पोर्टस्का जनक न्यौपाने बताउँछन्। उनी आफैंले नै १० हजारभन्दा बढी जर्सी बेचिसके।
स्थानीय बजारमा सुरुदेखि नै अर्जेन्टिनी जर्सीको बिक्री बढी थियो। त्यसपछि ब्राजिल पर्थ्यो, तेस्रोमा जर्मनी थियो। अर्जेन्टिना र जर्मनी फाइनलमा पुगेसँगै शुक्रबारदेखि यी दुइटा टिमका जर्सी बेच्न न्यौपानेलाई भ्याइनभ्याई छ। खेलका अघिल्ला चरणबाटै बाहिरिँदै गएका स्पेन, पोर्चुगल, इङल्यान्ड लगायत टिमका जर्सीको खात लागेको छ अहिले उनको पसलमा।
'अब यी बिक्री हुँदैनन्,' उनी भन्छन्, 'जर्सी व्यापार पनि जुवाजस्तै भयो यसपालि। कुनै पुर्या्उनै सकिएन, कुनै बिक्री नै भएन।'
जर्सी र झन्डाले मात्र होइन, कपाल काट्ने शैलीले पनि सहरको फुटबल क्रेज झल्किन्छ। सुन्धारास्थित हेयर कटिङ सैलुनका सुरज ठाकुरकहाँ विश्वकप सुरु भएयता फुटबल स्टारहरूको शैलीमा कपाल काट्न आउनेहरू बढेका छन्। 'धेरैजसो रोनाल्डो र नेइमारको जस्तो स्टाइल बनाउने भन्छन्,' ठाकुरले भने।
विश्वकपमै रोनाल्डोले दुईपटक हेयर स्टाइल फेरे। त्यसपछि झन् उनको क्रेज बढको ठाकुरको अनुभव छ। 'अघिल्लो दिनमात्र कपाल काटेकाले पनि भोलिपल्ट रोनाल्डोको शैलीमा मिलाउन आए,' उनले भने।
यो अचाक्ली फुटबल क्रेजको कारण के त?
यसमा चार कारण देखिन्छ।
पहिलो, 'भर्च्युल' निकटता। प्रविधिको विकासले संसारै साँघुरिँदै गएका बेला अहिले कुनै पनि देश अर्को कुनै पनि देशका लागि नौलो वा टाढा लाग्दैन। फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालको वृद्धिले त यो 'भर्च्युल' निकटतालाई अझ बढाइदिएको छ। हातमा मोबाइल बोकेर स्ट्याटस अपडेट गर्दै खेल हेर्नेहरूको जमात यति बाक्लो छ, तिनका 'लाइभ' टिप्पणी र प्रतिक्रिया सुन्दा विश्वकप पृथ्वीको अर्को दिशामा रहेको ब्राजिलमा होइन, यहीँ त्रिपुरेश्वरको दशरथ रंगशालामा भइरहेको भान हुन्छ।
'समाचार साइटहरूमा आउने तस्बिर आफ्नो फेसबुक वा टि्वटर पेजमा अपलोड गरेर कुनै टिम वा खेलाडी विशेषप्रति समर्थन जनाउने क्रेज अचाक्ली देखियो,' मिश्र भन्छन्, 'विश्वकपप्रति यस्तो निकटता हामी नेपालीले यसअघि कहिल्यै महसुस गरेका थिएनौं।'
दोस्रो, नेपालीको विदेश भ्रमण। पछिल्लो समय रोजगार वा अन्य कारणले विदेश भ्रमणको क्रम वृद्धि हुनुले अन्तर्राष्ट्रिय गतिविधिप्रति चाख बढेको उनको विश्लेषण छ। अमेरिका, युरोप वा ब्राजिलमै प्रशस्तै नेपाली छन्, जो त्यहाँको समाजसँग घुलमिल हुँदै खेलप्रति अत्यधिक चाख लिन थालेका छन्। च्याम्पियन्स लिगदेखि इङलिस प्रिमियर लिगसम्म पछ्याउँछन्। विदेशका ती नेपालीबाट रेमिटेन्ससँगै फुटबल लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताप्रतिको चाख पनि नेपाल भित्रिरहेको लन्डन बसोबास गर्ने सहारा युकेका अध्यक्ष नवीन गुरुङको बुझाइ छ।
तेस्रो कारण हो, नेपालकै आन्तरिक अवस्था। राजनीतिक दलहरूको असमझदारी, जतासुकैको लापरबाही र असफलताले निराश नेपालीले खेलकुदलाई 'कालो बादलमा चाँदीको घेरा' का रूपमा देखेका छन्। नेपालले फुटबल र क्रिकेटमा हासिल गरेको सफलताले यो क्षेत्रप्रति धेरैको चाख बढाइदिएको छ। साफ च्याम्पियनसिप क्रममा नेपालले चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदा हजारौं फुटबलप्रेमीको भीड खुसीले नाचेको थियो। त्यसलगत्तै नेपालले क्रिकेटमा विश्वकप खेल्ने ऐतिहासिक सफलता पायो।
'निराशै निराशाबीच खेल क्षेत्रले सफलता पाइरहेका बेला विश्वकप आयो, त्यसले स्वाभाविक रूपमा पहिलेभन्दा निकै बढी सर्वसाधारणको रुचि आकर्षित गर्योे,' फुटबलर नवीन न्यौपाने भन्छन्।
र, चौथो कारण हो, फुटबलको विश्वव्यापीकरण। संसारले नै सबभन्दा सुन्दर र सर्वसाधारणको खेलका रूपमा मानेको फुटबलप्रति त्यसै पनि नेपाली हुरुक्क हुँदै आएका छन्। पछिल्लो समय क्रिकेटप्रति लगाव केही बढे पनि तराईदेखि पहाडसम्म, धनीदेखि गरिबसम्म सबैले हेर्ने र सबैले रुचाउने खेल फुटबल नै हो।
नेपाल त एउटा उदाहरण हो, अहिले संसारै फुटबलमय छ। यस्तो लाग्छ, संसारमा ३२ देश मात्र छन्। बाँकी देश उनीहरूकै झन्डा र जर्सीमा उनीहरूसँगै विश्वकप मैदानमा सरिक छन्।
उदाहरणका लागि, बंगलादेशमा फुटबलको ज्वरो यति बढ्यो, त्यहाँको प्रशासनले बाध्य भएर हस्तक्षेप गर्नुपर्योा। विश्वकप सुरु हुनु दुई दिनअघि बंगलादेशको पश्चिमी सहर जेसोसमा टिमका पक्ष–विपक्ष प्रशंसकबीच विवाद बढेर दंगा भड्किने खतरा उत्पन्न भयो। सहरभरि ब्राजिल र अर्जेन्टिनाका झन्डा फहरिएका थिए। कुनै पनि नतिजाले पूरा सहर रणभूमिमा परिणत हुने खतरा देखेपछि स्थानीय प्रशासनले समर्थकका घर–घरमा झुन्ड्याइएका ब्राजिल र अर्जेन्टिनाका झन्डा निकाल्न उर्दी जारी गर्नुपर्योस।
'विश्वकप हाम्रो पनि चाड हो। त्यसैले यसमा खुसी मनाउन हामी रोक्दैनौं। आफूलाई मन पर्ने टोलीको समर्थनमा जर्सी लगाउनुलाई अन्यथा मान्न सकिन्न,' जेसोमका स्थानीय प्रशासक मुस्पि्कजुर रहमानले सञ्चारकर्मीहरूसँग भने, 'तर हाम्रो आकाशमा अरू देशको झन्डा फहरिनुले राम्रो सन्देश दिँदैन, विदेशीको नाममा यहाँ कुनै झगडा वा खराब घटना भयो भने त झन् लज्जाजनकै हुन्छ।'
बंगलादेशको लोकप्रिय पत्रिका जुगान्तरका फुटबल पत्रकार मोहम्मद हक चन्चलका अनुसार विश्वकप सुरु हुनु केही दिनअघिदेखि बंगलादेशका गल्ली ब्राजिल वा अर्जेन्टिनाका कुनै सहरजस्तो देखिएका थिए। ब्राजिल वा अर्जेन्टिनाको झन्डा नभएका घरै थिएनन्।
'अहिले प्रशासनले झन्डा निकाल्न उर्दी लगाएपछि जर्सीको बिगबिगी छ। झन्डा पनि सबैले निकालेका छैनन्,' उनले नागरिकसँगको इमेल कुराकानीमा भने, 'ढाका त अझै पनि नयाँ आउने पर्यटकका लागि ब्राजिल वा अर्जेन्टिनाजस्तै देखिन्छ।'
...
विश्वकपले संसार जोड्नुको कारण खेलाडीहरूको क्रेज पनि हो।
यसपालि विश्वकपमा छनौट हुन नसकेको पेरुमा अर्जेन्टिनी समर्थक बढी छन्। पेरु पुग्ने जोकोहीलाई अर्जेन्टिना पुगेको भान हुने गरी जताततै अर्जेन्टिनी झन्डा राखिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
'लियोनेल मेसी र उनका सहयात्रीका विशाल पोस्टरले चोक र भित्ता रंगाइएका छन्। बाटो हिँड्ने अधिकांशको जीउ अर्जेन्टिनी धर्के जर्सीले ढाकिएको छ। मेसीको फोटो राखेर धार्मिक विधिपूर्वक अर्जेन्टिनाको जित कामना गर्दै पूजापाठ भइरहेका छन्,' समाचार एजेन्सीहरूले लेखेका छन्।
उता बेल्जियमका स्टार खेलाडी ओरिगी केन्यामा जन्मेका कारण यसपालि पूरा केन्या बेल्जियमको पक्षमा रह्यो। जर्मनी र घानाबीच त अझ रोचक प्रतिस्पर्धात्मक भाइचारा छ। सहोदर दाजुभाइमध्ये केभिन प्रिन्स बोटिङ घाना र जेरोम बोटिङ जर्मनीबाट खेल्छन्। संयोगवश लगातार दोस्रोपटक विश्वकपको समूह चरणमै दाजुभाइको टोली भेट भयो। नतिजा २–२ को बराबरी।
त्यस्तै, ब्राजिलविरुद्ध सेमिफाइनलमा गोल गरेर विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोज आफूलाई जर्मन मात्र होइन, समग्र युरोपेली नागरिक मान्छन्।
३६ वर्षअघि पोल्यान्डको ओपोले सहरमा जन्मिएका क्लोज ८ वर्षको उमेरमा परिवारका साथ जर्मनी सरे। उनका आमाबाबु दुवै व्यावसायिक खेलाडी थिए। पिता जोसेफ क्लोजले ओड्रा ओपोले, कम्युनिस्ट पोल्यान्ड र फ्रान्सको एजी अजुरेबाट व्यावसायिक फुटबल खेले भने आमा बारबारा जेज पोल्यान्डको राष्ट्रिय ह्यान्डबल खेलाडी थिइन्।
सानै उमेरमा जर्मनी पुगेर उतै करिअर स्थापित गरेका क्लोजले जर्मन राष्ट्रिय टोलीबाट कीर्तिमानी फुटबल खेले पनि उनमा पोलिस हुनुको भावना अझै बाँकी छ। २००७ मा एक अन्तर्वार्तामा उनले भनेका थिए, 'म र मेरी श्रीमती घरमा सधैं बालबच्चाका लागि पोलिस भाषा बोल्छौं। जर्मन उनीहरूले स्कुलमा सिक्छन्।'
तपाईं आफूलाई पोलिस कि जर्मन नागरिक मान्नुहुन्छ? भन्ने अर्को प्रश्नमा क्लोजको उत्तर थियो, 'म जर्मनीका लागि खेलिरहेको छु। त्यसैले मेरो जिम्मेवारी जर्मनीप्रति हुनु स्वाभाविक हो। तर म आफूलाई कुनै एक देशको नागरिकभन्दा पूरा युरोपको नागरिक भन्न रुचाउँछु। विश्वव्यापीकरणको यो जमानामा मानिस एउटा देशको सिमानामा खुम्चिएर बस्न सक्दैन। खेलकुदले त झन् मानिसको भावनालाई थप फराकिलो पार्छ।'
त्यसैले हुनसक्छ, अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई स्पेनबाट खेल्ने प्रस्ताव आएको थियो, जसलाई उनले स्विकारेनन्। ब्राजिलमा जन्मेका स्पेनिस फरवार्ड डिएगो कोस्टा यसका अर्का उदाहरण हुन्। ब्राजिलले पहेँलो जर्सी लगाएर अन्तर्राष्ट्रिय फुटबल खेल्न गरेको प्रस्ताव अस्वीकार गर्दै उनले स्पेन रोजेका थिए। अल्फ्रेडो डी स्टेफानोले त स्पेन, अर्जेन्टिना र कोलम्बियाको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय फुटबल खेले।
'खेलकुदले विश्वलाई सही अर्थमा ग्लोबल भिलेजका रूपमा परिवर्तन गर्न खोजेको छ,' मिश्र भन्छन्, 'त्यसैको प्रभाव दर्शकसम्म आइपुगेको छ।'
केही वर्षअघि संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले रंगभेद, लैंगिक समानता र युद्धविरुद्ध जनचेतना जगाउन फुटबल सबभन्दा प्रभावकारी माध्यम हुने भन्दै फिफाका अध्यक्ष सेप ब्लाटरलाई आह्वान गरेका थिए।
उनी आफ्नो उद्देश्यमा कति सफल भए थाहा छैन, तर फुटबलप्रतिको उच्च क्रेजले संसार जोडेको भने पक्कै छ। जसरी १० घन्टाको समय–अन्तरका बाबजुद यसपालि विश्वकपमा ब्राजिलसँग नेपाल जोडिएको छ।