स्वभाव र स्वास्थ्य मुख्य चुनौती
३१ असार २०७१
•
६ मिनेट पाठ
स्वभाव र स्वास्थ्य मुख्य चुनौती
काठमाडौं-पहिलो संविधानसभामा सदस्य र आठौं पार्टी महाधिवेशनमा पार्टी अध्यक्षमा पराजय भएपछिको प्रतिकूल राजनीतिक र स्वास्थ्य अवस्थाका बाबजुद केपी शर्मा ओलीले आफूलाई राजनीतिक मूलधारमा स्थापित गरेका छन्। एमाओवादीसँग निरन्तर संघर्षमा जोड दिँदै आएकैले ओलीको फरक पहिचान बन्यो। प्रमुख राजनीतिक दलबीच हुने वार्तामा उनी निर्णायक बन्दै गए।पहिलो संविधानसभा बिनासंविधान विघटन भएपछि गरिएको दोस्रो संविधानसभा निर्वाचनमा ओली विजयी भए। त्यसयता उनले एकपछि अर्को सफलता पाउँदै आएका छन्। दोस्रो संविधानसभामा उनी तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै संसदीय दल नेता भए। नवौं महाविधेशनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै पार्टी अध्यक्ष भएका छन्। 
पार्टीभित्र फरक धार र समीकरण मिलाएकैले ओलीले सफलता प्राप्त गर्दै गएको नेताहरूको भनाइ छ। ‘दाउपेचको समकालीन राजनीतिमा समेत आफ्नो अडानमा ओली सधंै डटेर लाग्नुभयो,' एमालेका युवा नेता रवीन्द्र अधिकारीले भने, ‘झापा संघर्षका बेलादेखि नै ओलीले उग्रवामपन्थको विरोध गर्दै आउनुभएको हो।' 
ओलीको राजनीतिक इतिहास झापा विद्रोहसँग जोडिएको छ। २०२७ सालमा वर्गशत्रु समाप्त गर्ने भन्दै सुरु गरिएको त्यस विद्रोहलाई सरकारले चर्को दमन गरेर दबाएको थियो। ओलीका समकालीन केही नेतालाई तत्कालीन पञ्चायती व्यवस्थाले हत्या गरेको थियो भने विद्रोहमा संलग्न ओलीसहित धेरै नेताले लामो समय जेलमा बिताएका थिए। ओली १४ वर्ष जेल बसे। 
झापाबाट इलाम जेल सार्ने बहानामा भाग्न लागेको भन्दै २०२९ फागुन २१ गते सुखानीमा मारिएका रामनाथ दाहालको प्रेरणाबाट ओली राजनीतिमा आएका हुन्। ‘पहिलेदेखि नै राजनीतिमा ओली चर्चामै रहनुभयो। जनताको नेताका रूपमा स्थापित हुनुहुन्छ। २०६४ सालको संविधानसभाबाहेक कुनै पनि निर्वाचन नहार्नुको कारण पनि त्यही हो,' अधिकारीले भने। एमालेका नवनिर्वाचित उपमहासचिव घनश्याम भुसाल ओलीलाई ‘मनमा लागेको कुरा स्पष्टसँग राख्ने स्वभाव भएको' नेताका रूपमा लिन्छन्। 
‘सक्रियता नभएका नेता' भनेर आलोचना गरिँदै आएका ओलीका लागि कमजोर स्वास्थ्य अवस्था नै सबैभन्दा चुनौती बन्नेछ। ‘पार्टीभित्र अहिलेसम्म प्रतिपक्षीको भूमिकामा रहनुभयो। अब सबैलाई समेटेर अघि बढ्नुपर्ने जिम्मेवारी उहाँको काँधमा आएको छ,' एमालेका एक नेताले भने, ‘ओलीका लागि आगामी दिनमा स्वभाव र स्वास्थ्यले पार्टी चलाउन समस्या पार्नसक्छ। सक्रियता नहुनु नै उहाँको कमजोरी हो।' 
आठ वर्षअघि भारतमा मिर्गाैला प्रत्यारोपण गराएका ओलीमा पछिल्लो समय पटक–पटक स्वास्थ्य समस्या देखिएको छ। उनलाई केही महिनाअघि नयाँ दिल्ली र बैंककमा लगेर उपचार गराइएको थियो। 
समकालीन सबै नेता प्रधानमन्त्री र पार्टी प्रमुख भइसके पनि आफूले त्यस्तो जिम्मेवारी नपाएको भन्दै ओलीले ‘नेतृत्व हस्तान्तरण' मुद्दालाई प्रमुखताका साथ उठाउँदै आएका थिए। त्यसैलाई प्रमुख मुद्दा बनाएर ओलीले यसपटक महाधिवेशनमा सफलता हात पारेका छन्। 
ओलीले पार्टी र सरकारमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्। पार्टीभित्र मर्यादाक्रममा तेस्रो नेताका रूपमा रहँदै आएका ओलीले अन्तर्राष्ट्रिय विभाग प्रमुखका रूपमा काम गरेका थिए। २०४९ सालदेखि पार्टी स्थायी कमिटी सदस्य रहेका ओलीले पार्टी स्कुल विभाग, संसदीय विभाग प्रमुखका रूपमा पनि काम गरेका छन्। 
एकपटक उपप्रधानमन्त्रीसमेत बनेका उनीसँग गृह र परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ। 
वामदेव गौतम, विद्या भण्डारी, ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत नेताको समीकरणका कारण ओली अध्यक्षमा निर्वाचित हुन सफल भए। लामो समयदेखि माधव नेपाल र झलनाथ खनालमा रहेको नेतृत्व नवौं महाधिवेशनबाट त्यही पुस्ताको नयाँ व्यक्तिमा हस्तान्तरण भएको हो। 
यो महाधिवेशनबाट आगामी नेतृत्व नयाँ पुस्तामा जाने ढोका पनि खुलेको छ। यसले ‘पार्टी नेतृत्वको सवालमा परिवर्तनतर्फ उन्मुख भएको' संकेत गरेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस