काठमाडौं- देशभरबाट रेफर भएर आउने बिरामीको घुइँचो लाग्ने वीर अस्पतालमा सोमबार साबिकझैं भीडभाड थिएन। अरू दिन प्रशस्त डाक्टर हुने ओपिडीमा केही वरिष्ठ चिकित्सक मात्र थिए। शल्यक्रियाका लागि महिनौंअघि पालो लिएका र फलोअपनिम्ति आएकाहरूले पनि निराश भएर फर्कनुपर्यो।
वीर अस्पतालका आवासीय चिकित्सकले आइतबारदेखि सुरु गरेको हडतालका कारण सेवा प्रभावित भएको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा चार महिनादेखि रिक्त पदाधिकारी नियुक्तिलगायत अस्पताल सुधारको माग राख्दै आवासीय चिकित्सकहरू हडतालमा ओर्लिएका हुन्।
अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयले बारम्बार वार्तामार्फत समाधान खोज्न आग्रह गर्दागर्दै चिकित्सकहरू एकपक्षीय रूपमा हडतालमा ओर्लिएको आरोप लगाएका छन्। यसले अस्पतालको ओपिडी सेवा प्रभावित नभए पनि शल्यक्रिया र अन्तरंग सेवा कम भएको वीरका कामु निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए।
'वरिष्ठ चिकित्सकहरूलाई आग्रह गरेर ओपिडी सेवा सुचारु राखेका छौं,' उनले सोमबार नागरिकसँग भने, 'शल्यक्रिया सेवामा भने केही असर परेको छ।'
हडतालरत आवासीय चिकित्सक संघका अध्यक्ष डा. मंगल रावल अस्पताल प्रशासनले कागजी सहमतिमै भुलाउँदै आएकाले कडा कदम चाल्न बाध्य भएको बताउँछन्। 'हामी सधैंजस्तो कागजी सहमतिमा भुल्नेवाला छैनौं, अब ठोस काम नभएसम्म आन्दोलन रोकिन्न,' उनले भने।
आन्दोलनकारी चिकित्सकले न्याम्समा चार महिनादेखि रिक्त पदाधिकारी नियुक्तिलगायत एक वर्ष बन्द रहेको सिटिस्क्यान पुनः सञ्चालनमा ल्याउनुपर्ने, अत्यावश्यकीय उपकरण व्यवस्था हुनुपर्ने, दीक्षान्त समारोह गरिनुपर्ने, आवासीय चिकित्सकलाई छात्रावासको व्यवस्था हुनुपर्ने माग प्रमुख रूपमा उठाएका छन्।
उनीहरूले साउन ६ देखि चरणबद्ध आन्दोलन थालेका थिए। आइतबारदेखि भने अस्पतालमा कार्यरत २ सयभन्दा बढी आवासीय चिकित्सकले ड्युटीमा खटाइएका कुनै पनि विभागमा काम गरेनन्।
केही आवासीय चिकित्सकले भने आन्दोलनको अन्य स्वरूपमा नगई सिधै सेवा बन्द गर्नु राम्रो नभएको प्रतिक्रिया दिएका छन्। बिरामीलाई प्रत्यक्ष असर पर्ने गरी सेवा ठप्प पार्नुको साटो अस्पताल परिसरमै ओपिडी सञ्चालन गरेर उपचार जारी राख्नुपर्ने उनीहरूको सुझाव छ। 'बिरामीको उपचार जारी राख्दाराख्दै पनि आन्दोलन गर्न सकिन्छ,' एक आवासीय चिकित्सकले भने, 'त्यस्तो आन्दोलनले समर्थन पनि पाउँछ, दबाब पनि सिर्जना गर्छ।'
नेपाल चिकित्सक संघका अध्यक्ष डा.अन्जनी झाले 'हडताल गर्न हतार गरिएको' टिप्पणी गरेका छन्। मागहरू जायज भए पनि बिरामीलाई दुःख नदिई आन्दोलन गर्नुपर्नेमा उनको जोड छ। 'सेवा रोक्ने त अन्तिम विकल्प हुनुपर्छ,' उनले भने, 'सुरुमै यति कडा कदम चाल्नु राम्रो होइन।'
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. तीर्थराज बुर्लाकोटीले हड्तालरत चिकित्सकलाई काममा फर्किन आह्वान गरेका छन्। 'उहाँहरूले उठाएका कुनै माग रातारात पूरा गर्न सकिने छैन, केही मागमा प्रक्रिया सुरु भइसकेको छ,' उनले भने। अत्यावश्यक उपकरणहरू किन्न अर्थ मन्त्रालयसँग बजेट माग भइसकेको उनले जानकारी दिए। उनका अनुसार छात्रावास पनि गुरुयोजनामा परेको छ, जुन पारित हुने प्रक्रियामा छ।
डाक्टरहरू भने चार वर्षदेखि एउटै माग राखेर बारम्बार आन्दोलन गर्नुपरेकाले यसपालि स्वास्थ्य मन्त्रालय र अस्पताल प्रशासनको आश्वासन सजिलै मान्न तयार देखिन्नन्। वीरमा आउने आवासीय चिकित्सकहरू प्रत्येक तीन वर्षमा कोर्स सकेर खटाइएका ठाउँमा जान्छन्। त्यसपछि नयाँ आउनेले फेरि उही माग राखेर आन्दोलन गर्नुपर्ने स्थिति रहँदै आएको छ। चार वर्षअघि यस्तै माग राखेर १९ दिन अस्पताल बन्द गरिएको थियो।
'त्यतिखेर पनि सरकारले माग पूरा गर्ने बाचा गरेको थियो, तर आलटाल गरेर त्यत्तिकै तुहाइदियो,' डा. रावलले भने, 'एउटै माग लिएर हामीले कतिचोटि आन्दोलन गर्ने?'
अस्पतालका निर्देशक डा. सेन्चुरीले माग पूरा गर्न पहल भइरहेको बुझ्दाबुझ्दै आन्दोलन हुनु आश्चर्यजनक भएको बताए। 'परिस्थिति हेर्दा कसैको इसारामा आन्दोलन भएजस्तो बुझिन्छ,' उनले भने, 'हामीले अप्ठेरो अवस्था बुझिदिनुस् भन्दा झन् अप्ठेरोमै हो माग पूरा गराउने भन्नुहुन्छ।'
उनले अस्पताल सेवा सुचारु गर्न विभागीय प्रमुखहरूको बैठक डाकेको जानकारी दिए। वीरमा मेडिकल अफिसर, रजिस्ट्रार चिकित्सक र कन्सल्टेन्ट गरी २ सय ५० जना कार्यरत छन्। ती चिकित्सकले सेवा दिने हो भने बिरामीले दुःख पाउँदैनन्। अस्पतालमा दैनिक १ हजार ५ सयसम्मले ओपिडी सेवा लिन्छन्। सोमबार हजारजना मात्र थिए।