छायांकन गन्तव्य बन्दै नेपाल
१४ साउन २०७१
•
७ मिनेट पाठ
छायांकन गन्तव्य बन्दै नेपाल
काठमाडौं- विदेशी चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री) का लागि नेपाल गन्तव्य बन्दै गइरहेको छ। हलिउड, बलिउडका चलचित्र छायांकन गर्नमात्र नभई नेपालमा पछिल्लो पटक विदेशी प्रख्यात ब्रान्डका विज्ञापनसमेत सुटिङ हुन थालेका छन्।




गत आर्थिक वर्ष २०७०/७१ मा नेपालमा ७८ वटा कथानक चलचित्र, विज्ञापन डकुमेन्ट्री छायांकन भएका छन्। सूचना तथा सञ्चार मन्त्रालयको श्रव्यदृश्य शाखाका अनुसार अनुमति लिएर ७८ वटा विदेशी चलचित्र र विज्ञापन मुलुकका विभिन्न भागमा छायांकन भएका थिए। 
यसअन्तर्गत सरकारले विदेशी फिल्मबाट गत आर्थिक वर्ष ३१ लाख ७० हजार रुपैयाँ आम्दानी पनि गरेको छ। सरकारले विदेशी चलचित्र, डकुमेन्ट्री तथा विज्ञापन छायांकन गर्न अनुमति शुल्कवापत १५ हजार रुपैयाँ लिने गरेको छ। त्यस्तै माथिल्लो डोल्पा र माथिल्लो मनाङमा सुटिङ गर्नका लागि अनुमति शुल्क थप ५ हजार अमेरिकी डलर (करिब ५ लाख रुपैयाँ) लाग्ने प्रावधान छ। गत वर्ष चारवटा डकुमेन्ट्रीले थप ५ हजार डलर तिरेर माथिल्लो मनाङ र माथिल्लो डोल्पामा छायांकन गरेका थिए। 
अघिल्लो आर्थिक वर्ष हलिउड चलचित्र 'एभरेस्ट' देखि विश्वप्रख्यात अटोमोबाइल ब्रान्ड फक्सवागनको टिगुआन गाडीको विज्ञापन पनि नेपालममै छायांकन भएका थियो। ५९ सेकेन्ड लामो विज्ञापनमा काठमाडौं, भक्तपुर र ललितपुरका दृश्य समावेश गरिएका छन्। मे २९ मा छायांकन गरिएको विज्ञापन चिनियाँ भाषामा छ। 
त्यस्तै हलिउड चलचित्र एभरेस्टको छायांकन सर्वोच्च शिखर सगरमाथा वरिपरि गरिएको थियो। त्यसैगरी तेलगु चलचित्र 'यभादु सुब्रमणियम', हिब्रु भाषाको चलचित्र 'रुफ अफ द वर्ल्ड' पनि छायांकन भएका थिए। 
सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले मुलुकमा पछिल्लो पटक विदेशी चलचित्र छायांकन गर्ने क्रम बढिरहेको बताए। 'सरकारले नेपाललाई सिनेमा पर्यटनसँग जोडेर अझ प्रचार–प्रसार गर्ने योजना बनाइरहेको छ,' उनले बुधबार नागरिकसँग भने, 'त्यहीअनुसार हाम्रा प्राकृतिक सुन्दरतालाई प्रवर्द्धन गर्दै जान्छौं।' 
मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, पोखरा, सगरमाथा क्षेत्र, डोल्पा, मुस्ताङ, मनाङ, लुक्ला, बागलुङ, बेनीलगायत क्षेत्रमा छायांकन हुने गरेका छन्। यहाँ अंग्रेजीका साथै फ्रान्सेली, जर्मन, डच, जापानी, डेनिस, स्विडिस, इन्डोनेसियाली, हिन्दी, हिब्रुलगायत भाषाका डकुमेन्ट्री तथा चलचित्र छायांकन हुने गरेका छन्।
निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ नेपाललाई प्राकृतिक सेटको अवधारणा विकास गरेर अन्तर्राष्ट्रिय चलचित्रको गन्तव्य बनाउन सकिने बताउँछन्। 'सरकारले फिल्मसिटीको अवधारणा भन्दा भइरहेका प्राकृतिक कुरालाई नै खुलासेटमा विकास गरियो भने छोटो समयमा धेरै लाभ लिन सकिन्छ,' उनले भने, 'विदशी युनिट आउँदा यहाँ खर्च गरेको रकमको कर फिर्ता गरेर पनि आकर्षण बढाउन सकिन्छ।' 
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र गन्तव्य बनाउन चलचित्र नीतिको छलफलमा पनि कुरा उठाएको उनले बताए। 'दुई छिमेकी चीन र भारतको बजारमात्र लक्ष्य गर्ने हो भने पनि हामीले ठूलो फाइदा लिन सक्छौं,' उनले भने, 'त्यसमाथि भारतका क्षेत्रीय बजारबाट पनि प्रशस्त फाइदा लिन सकिन्छ। सिनेमालाई पर्यटनसँग जोड्न सक्नुपर्छ, हाम्रा प्राकृतिक सम्पदा विदेशी क्यामेरामा कैद भए भने विदेशी पर्यटक पनि ह्वात्तै बढ्ने निश्चित छ।' 
दुई वर्षअघि नेपालमा चिनियाँ चलचित्र 'अप इन द विन्ड' पनि छायांकन भएको थियो। त्यसअघि एरिक भ्यालीले 'क्याराभान' चलचित्रलाई डोल्पाको दृश्यमा उतारेका थिए। ओस्कार अवार्डमा मनोनित उक्त चलचित्रले नेपालको पर्यटन उद्योगमा पनि फाइदा पुर्‍याएको थियो। 
बलिउड कलाकार अमिताभ बच्चनले खेलेको चलचित्र 'खुदागवा' देखि हलिउडको 'लिटिल बुद्ध', 'द गोल्डेन चाइल्ड', 'द विन्ड हर्स', 'रेड कर्नर' लगायत चलचित्रले नेपाली भूभागलाई कैद गर्दै संसारभर पुर्यानइसकेका छन्। त्यस्तै भारतीय चलचित्र 'हरे रामा हरे कृष्ण', 'युद्ध', 'घरवाली बाहरवाली', 'महान', 'लभ इन नेपाल', 'एक हसिना एक दिवाना', 'बेकाबु' लगायत पनि यहीँ छायांकन भएका हुन्। 
त्यसैगरी हङकङको चलचित्र 'बोधी ड्रामा', 'क्यु वा', फ्रान्सको 'फियोर डेले मिली इ युना नोट्ट', 'द कन्क्वेस्ट अफ एभरेस्ट' लगायत चलचित्रले पनि नेपाल देखाइसकेका छन्। त्यस्तै स्पेनी चलचित्र 'काठमाडौं मिरर इन द स्काइ' ले पनि नेपालको सुन्दरतालाई सुन्दर ढंगले सिनेमामा उतारेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस