काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा जलस्रोत, पूर्वाधार, व्यापार र लगानीलाई प्रमुख एजेन्डा बनाउन निजी क्षेत्रले सुझाव दिएको छ। विद्युत व्यापार सम्झौता (पिटिए), काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण, व्यापार सहजीकरण र औद्योगिक क्षेत्रमा लगानीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव उनीहरुको छ।'हामीले अहिले लोडसेडिङको समस्या भोगिरहेका छौं। यो हटाउन जलस्रोतमा लगानी आवश्यक छ,' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले बुधबार नागरिकसँग भने, 'हामी अब पनि विवाद गरेर बस्नुहुँदैन। हाम्रो हितमा हुने गरी विद्युत व्यापार सम्झौता गर्नुपर्छ। व्यापार घाटा घटाउन हाम्रा उपजको सहज प्रवेशको मुद्दा उठाउनुपर्छ।'
उनका अनुसार लम्की–बरेलीसम्म वा सुर्खेत–बरेलीसम्मको चार सय किलोमिटर प्रसारण लाइन निर्माण प्रस्ताव सकारात्मक छ। उनले भारत उदीयमान अर्थतन्त्र भएको मुलुक र मोदी उदीयमान व्यक्तित्वको रुपमा आएकोले त्यसबाट लाभ लिनेतर्फ सोच्नु आवश्यक भएको बताए।
'गुजरातलाई आर्थिक विकासको मोडलको रुपमा अघि बढाएका व्यक्ति भारतको प्रधानमन्त्रीको रुपमा स्थापित भएका छन्,' पाण्डेले भने, 'हामीले उनीबाट धेरै कुरा सिक्न सक्छौं।' उनले व्यापार घाटा कम गर्न नेपाली वस्तुको सहज प्रवेशको मुद्दा अघि बढाउनुपर्ने बताए।
'व्यापार घाटा कम गर्न हाम्रा वस्तुको सहज प्रवेशको मुद्दा अघि बढाउनुपर्छ,' उनले भने, 'यो बाहेक भारतीय लगानीका उद्योग स्थापना प्रवर्द्धन गर्ने प्रस्ताव गर्न आवश्यक छ।' पाण्डेका अनुसार नेपाल–भारतको संयुक्त पर्यटकीय प्याकेज बनाएर अघि बढ्न आवश्यक छ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले नेपाली वस्तु निकासी गर्दा भारतमा विद्यमान गैरभन्सार अवरोध हटाउने मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने बताए।
'भारतबाट त्यहाँका उत्पादन निर्वाध रुपमा नेपाल आउँछन्,' उनले नागरिकसँग भने, 'तर नेपाली वस्तुलाई विभिन्न अवरोध सिर्जना गरिन्छ। यसले नेपाली वस्तुको भारत प्रवेशलाई असहज बनाएका छ।' व्यापारमा भारतमा खुकुलो नीति नहुँदा नेपाली कृषि उपजदेखि औषधीसम्म निकासी हुन नसकेको उनले बताए। उनले तेस्रो मुलुकबाट आउने सामानलाई निर्वाध रुपमा निकासी गर्न पाउने प्रावधानलाई एजेन्डाको रुपमा उठाउनुपर्ने बताए।
'भारतमा निर्मित सबै सामान त्यहाँ बनेका होइनन्। तेस्रो मुलुकबाट त्यहाँ एसेम्बल (जडान) भएर नेपाल आउने धेरै छन्,' शर्माले भने, 'तर नेपालमा तेस्रो मुलुकबाट आएको सामान भारत निकासी गर्न पाइँदैन। जहाँसुकैको सामान पनि आउजाउ गर्ने वातावरण हुनुपर्छ।'
उनले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण गर्न भारतलाई प्रस्ताव गर्नुपर्ने बताए। 'यो बाटो बनाउन भारतलाई प्रस्ताव गर्नुपर्छ। समयसीमा तोकेर यो मार्ग बनाउन प्रस्ताव गर्नुपर्छ,' उनले भने, 'बरु हुलाकी राजमार्ग आफैं बनाए हुन्छ।'
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जलविद्युत, व्यापार र पर्यटनलाई प्रमुख एजेन्डा बनाउनुपर्ने बताए। 'अहिले हामीले धेरै विवाद नगरी विद्युत व्यापार सम्झौता गर्नुपर्छ,' उनले भने, 'हामीलाई अहिले विद्युत चाहिएको छ। दोस्रो, व्यापार घाटा कम गर्न हाम्रो उत्पादनको बजारीकरण पहल गर्नुपर्छ। तेस्रो, पर्यटन प्रवर्द्धन हो।'
लक्ष्मी ग्रुपका निर्देशक अन्जन श्रेष्ठले नेपाल–भारतबीचको व्यापार घाटा कम गर्न गैरभन्सार अवरोध हटाउने एजेन्डालाई प्राथमिकतामा राख्नुपर्ने बताए। 'हाम्रा सामान भारत निकासीमा प्रमुख समस्या भनेको गैरभन्सार अवरोध हो। भारतले नेपाली प्रयोगशालालाई मान्यता दिँदैन,' उनले भने, 'हाम्रो खाद्य तथा गुणस्तर विभागले प्रमाणित गरेको प्रमाणलाई आधार मानेर निकासीको सुविधा दिने मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ।' उनले दूध अभाव हटाउन उन्नत नश्लको गाई आयात खुला गर्ने प्रस्ताव भारतीय अधिकारी सामु राख्नुपर्ने सुझाए।
'अहिले मुलुकमा दैनिक पाँच लाख लिटर दूध अभाव छ। दूध अभावकै कारण निजी क्षेत्रका दुई पाउडर प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्,' श्रेष्ठले भने, 'नेपाली प्रधानमन्त्रीको भारत भ्रमणको बेला धेरैपटक यो मुद्दा उठेको छ। अहिले भारतीय प्रधानमन्त्री आउन लाग्नुभएको छ। यो मुद्दा उठाउन सके दूध क्षेत्रको ठूलो समस्या समाधान हुन्थ्यो र आयात प्रतिस्थापनमा सहयोग पुग्थ्यो।'
निजी क्षेत्रलाई आधा घन्टा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निजी क्षेत्रलाई आधा घन्टा सम्बोधन गर्ने भएका छन्। राजधानीको बौद्धस्थित हायात होटलमा निजी क्षेत्रका संगठनका प्रतिनिधिमाझ आधा घन्टा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनले नेपाल आएको दिन सोमबार नै निजी क्षेत्रलाई सम्बोधन गर्नेछन्।