काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुईदिने नेपाल भ्रमण क्रममा ६ तहको सुरक्षा दिइने भएको छ। पहिलो घेरामा भारतबाटै आउने मोदीका व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) सँगै नेपाली सेना र नेपाल प्रहरीका पिएसओ खटाउने तयारी गरिएको स्रोतले जानकारी दियो।पिएसओको सुरक्षा घेराबाहिर स्पेसल प्रोटेक्सन गु्रप र एनएसजी ब्ल्याक कमान्डोको टोली रहनेछ। त्यसपछि तेस्रो तहको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइने भएको छ। विश्वस्तस्रोत अनुसार नेपाली सेनाको सुरक्षा घेराबाहिर प्रहरी र त्यसभन्दा बाहिर सशस्त्र प्रहरीको घेरा रहनेछ। यी सबै घेराबाहिर नेपाली सुरक्षा संगठनका गुप्तचरसँगै भारतीय खुफिया एजेन्सीका सदस्यसमेत परिचालित हुने स्रोतले बतायो।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मोदीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका अधिकारी खटिने जानकारी दिए। उनका अनुसार तीनै सुरक्षा संगठनले मोदीको व्यक्तिगत, निवास र सवारी आवागमन बेला कारगेडको सुरक्षा सम्हाल्नेछन्।
नेपालको दुईदिने राजकीय भ्रमण सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आइतबार (साउन १८ गते) काठमाडौं आउँदैछन्। विगत १७ वर्षमा भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गर्न लागेको यो पहिलो पटक हो।
मोदी आउनु एक दिनअघि उनको व्यक्तिगत सुरक्षामा खटिँदै आएको स्पेसल प्रोटेक्सन गु्रप र एनएसजी ब्ल्याक कमान्डोको टोली नेपाल आउने स्रोतले बताएको छ। उनीहरूको संख्या एक सय हाराहारी हुनेछ। मोदी बस्ने होटलको भित्री सुरक्षामा पनि भारतबाटै आउने सुरक्षाकर्मी खटिनेछन्। बाहिर सुरक्षा घेरामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र हुनेछन्।
बुलेटप्रुफ गाडी आइपुग्यो
भारतले पठाएका दुईवटा 'बुलेटप्रुफ' बिएमडब्ल्युसहित तीनवटा गाडी काठमाडौं आइपुगेको छ। मोदीको भ्रमणका लागि ती गाडी बिहीबार काठमाडौं ल्याइएको हो। नेपाल भ्रमण बेला मोदी चढ्ने उपयुक्त गाडी नभएपछि सरकारले केही दिनअघि बुलेटप्रुफ गाडी पठाउन भारतसँग आग्रह गरेको थियो।
'सरकारको आग्रहअनुसार भारतले पठाएको दुईवटा बुलेटप्रुफसहित तीनवटा गाडी काठमाडौं आइपुगेको छ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'भ्रमण सकिएलगत्तै ती गाडी भारत फिर्ता पठाइनेछ।'
स्रोतका अनुसार ती गाडी बिहीबार बिहान साढे ९ बजे दिल्लीबाट काठमाडौं आइपुगेका हुन्। भारतीय वायुसेनाको कार्गो जहाजबाट गाडी ल्याइएको स्रोतले बतायो। काठमाडौं आइपुगेका गाडी बिहीबारै भारतीय दूतावासले बुझेको छ। दुईवटा बुलेटप्रुफ गाडीसँगै ल्याइएको अर्को गाडी 'फ्रिक्वेन्सी कन्ट्रोलर' जिप हो। भारतीय 'एड्भान्स टिम' पनि सोही विमानमा काठमाडौं आएको स्रोतले बतायो। एड्भान्स टिममा २३ जना भारतीय कमान्डो छन्। भ्रमण बेला फ्रिक्वेन्सी कन्ट्रोलर गाडी मोदीका प्रत्येक कार्यक्रममा लगिनेछ। यो गाडी राखिएको स्थान वरपर मोबाइलले काम नगर्ने स्रोतले बतायो।
लुम्बिनी भ्रमणबारे अन्योल
भारतीय पक्षबाट सुरुमा आएको भ्रमणतालिकामा पशुपतिनाथ मन्दिर, जनकपुरको जानकी र लुम्बिनी जानेसमेत उल्लेख थियो। मोदी नेपाल आउन तीन दिन बाँकी रहँदा लुम्बिनी र जानकी मन्दिरलाई भ्रमणसूचीबाट हटाइएको छ।
गृह मन्त्रालयका प्रवक्ता ढकाल समय नमिलेर लुम्बिनी र जनकपुरको भ्रमण हटाइएको दाबी गर्छन्। ढकालका अनुसार मोदीको औपचारिक कार्यसूचीमा लुम्बिनी र जनकपुरधामको भ्रमण समेटिएको थिएन। 'यी प्रस्तावित विषय मात्रै हुन्,' ढकालले भने, 'दुईदिने भ्रमण भएकाले समयतालिका नमिलेपछि उपत्यका बाहिरको भ्रमण हटाइएको हो।'
कारगेड
विश्वस्तस्रोत अनुसार मोदीको भ्रमणमा तीनवटा कारगेड प्रयोग हुन सक्छ। कारगेडको सबैभन्दा अगाडि प्रहरीको वार्निङ मोटरसाइकल हुन्छ। त्यसको पछाडि प्रहरी अगुवा, सेनाको विशेष सुरक्षा बल रहन्छ। यही कारगेडका बीचमा भारतबाटै आएको विशेष सुरक्षा टोलीको सवारीसाधन राख्ने तयारी गरिएको स्रोतले बतायो।
त्यसपछि भिभिआइपी सवार गाडीलाई चारैतिरबाट घेरा हालेर ट्राफिकको ११ वटासम्म 'आउटराइडर' रहनेछन्। लगत्तै विशेष सुरक्षा बलको पछुवा, प्रहरी उच्च अधिकारी, भिभिआइपी चढेको सवारी बिग्रिए प्रयोग गर्न जगेडा सवारी, प्रहरीको पछुवा र प्रहरीको पछुवा मोटरसाइकल रहन्छ।
स्रोतका अनुसार मोदीको सवारीभन्दा एक घन्टाअघि नै सडकको खाली गराइनेछ। सवारीक्षेत्रका अग्ला घरमा हाइप्वाइन्ट सुरक्षाका लागि नेपाली सेना र सशस्त्र प्रहरी खटाउने तयारी छ।