दूरसञ्चार सेवा प्रदायकबीच असमान व्यवहार
१५ साउन २०७१
•
७ मिनेट पाठ
दूरसञ्चार सेवा प्रदायकबीच असमान व्यवहार
काठमाडौं- सरकारले दूरसञ्चार सेवा प्रदायकबीच असमान व्यवहार गरेको विश्व दूरसञ्चार संगठनको एक अध्ययनले देखाएको छ। संगठनले नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम र दूरसञ्चार प्राधिकरणमा अध्ययन गरेर तयार गरेको प्रतिवेदनमा सरकारले सेवा प्रदायकसँग विभेदकारी व्यवहार गरेको उल्लेख छ।विश्व दूरसञ्चार संगठन (आइटियू) ले नेपालको दूरसञ्चारको बजार अध्ययन गरेर तयार पारेको 'नेपालमा दूरसञ्चार प्रतिस्पर्धा र नियमन' विषयक प्रतिवेदनमा नियमन वातावरण नहुँदा सम्भावना देखिएको दूरसञ्चार क्षेत्र खुम्चिएको उल्लेख छ। 
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आइटियूका विज्ञ सिमोन मोल्लोयले दूरसञ्चार सेवाको अस्थिर लाइसेन्स वितरण, लाइसेन्स नवीकरण शुल्कमा अस्पष्टता, दूरसञ्चारको विस्तार र पहुँचको रोडम्याप अभाव, पूर्वाधारविहीनता र पूर्वाधारको संयुक्त प्रयोग र अधिक कर यस क्षेत्रको विकासमा बाधक रहेको जनाए। 
सरकारले अस्थिर लाइसेन्स प्रणालीमार्फत सेवाप्रदायकसँग असमान व्यवहार गरेको उनले बताए। सरकारले लाइसेन्स नवीकरण शुल्कलाई खासमा 'स्पेक्ट्रम' मूल्य लिइरहेको र यसले दूरसञ्चार क्षेत्र अनिश्चिततातर्फ गएको उनले बताए। सरकारले निश्चित प्रकारका लाइसेन्सका लागि स्थायी नियम बनाउनुपर्ने र लगानीको सुनिश्चिता बढाउनुपर्ने बताए। 
मोल्लोयले आर्थिक वृद्धिमा दूरसञ्चार क्षेत्रको योगदान बढ्दै गए पनि नियमन वातावरण अझै बनिनसकेको बताए। दूरसञ्चार प्राधिकरणमा नेतृत्व नभएको कारणले तत्काल हुनुपर्ने कतिपय निर्णय हुन सकिरहेको छैन, यसले त यसको विकासमा असर पुर्या उँछ, उनले भने। दूरसञ्चार विकासका लागि सरकार नै बाधकको रुपमा देखिएको छ, प्रतिवेदन प्रस्तुत गर्दै उनले बताए। 
नेपालमा विभिन्न उद्योग अनुसार कर र शुल्कको विभेद रहेको छ। दूरसञ्चार क्षेत्रमा पनि कर र शुल्कको विभेदकारी नियमले असर गरिरहेको उनले बताए, आम्दानीको ४ प्रतिशत र टेलिकम सेवा शुल्क १० प्रतिशत कर र शुल्कले दूरसञ्चार क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको उनले बताए। अझ फि्रक्वेन्सी शुल्कसमेत रहेको छ, कसरी यसको विकास हुन्छ, उनले भने। 
मोल्लोयले प्रस्तुत गरेको प्रतिवेदनमा उपभोक्ताको न्यून आम्दानीले पनि प्रयोग र पहुँच नबढेको उल्लेख छ। विश्वका उत्कृष्ट नियमकारी व्यवस्थालाई नेपालले आत्मसात नगर्दा दूरसञ्चार क्षेत्रमा पछि परेको प्रतिवेदनमा छ। यसमा प्राधिकरणले आइटियू, जिएसएमसँग सहकार्य गरेर आफ्नो क्षमता विस्तार गर्नुपर्ने सुझाव पनि छ। सरकारले दूरसञ्चारलाई सजिलो आम्दानीको स्रोतमात्र ठानेको तर यसको विकासका लागि नीतिगत योजनामा ध्यान नदिएको रिपोर्टमा छ। सरकारले कुल गार्हस्थ उत्पादनमा दूरसञ्चार क्षेत्रले पुर्यााएको योगदानको प्रशंसासमेत नगरेको प्रतिवेदनको निष्कर्ष छ। 
ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम प्रयोग र यसको पारदर्शितासमेत नभएको मोल्मोयले प्रतिवेदनमा उल्लेख गरेका छन्। कोषको रकम ग्रामीण क्षेत्रमा प्रयोग गरेर दूरसञ्चारको विकास गर्न सकिने भए पनि त्यतातिर पहल नगरिएको उनको भनाइ छ। 
कार्यक्रममा अलायन्स फर एफोर्डेबल इन्टरनेटका एसिया संयोजक बासिरहामद सद्राचले नेपालमा सुलभ मूल्य इन्टरनेटको अवस्थाबारे प्रतिवेदन पेस गरेका थिए। त्यस्तै जिएसएमएका विज्ञ जो गुनले दूरसञ्चार स्पेक्ट्रमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। 
कार्यक्रममा सेवा प्रदायकका तर्फबाट बोल्ने अधिकांशले सरकारले दूरसञ्चार विकासका लागि ठोस कदम नचालेको तथा नवीकरण, फ्रिक्वेन्सी शुल्क र कर बढी लिएको गुनासो गरेका थिए। 
प्राधिकरणका निर्देशक आनन्दराज खनालले शुल्क र करका विषयमा प्राधिकरणले अध्ययन गरिरहेको बताउँदै सरकारसँगको छलफलमा निर्णय हुने आश्वासन दिए। 
त्यसअघि उद्घाटन सत्रमा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले ब्रोडब्यान्ड नीति ल्याउन मस्यौदा तयार भइसकेको जानकारी दिँदै केही महिनाभित्रै नीति बन्ने बताए। 
'अहिले मस्यौदामाथि छलफल भइरहेको छ, यसको टुंगो लाउनेबित्तिकै नीति सार्वजनिक हुन्छ,' उनले भने उनले नयाँ प्रविधि भिœयाउन सरकार लागिपरेको र ग्रामीण क्षेत्रमा दूरसञ्चारको पहँुच बढाउन योजना बनिरहेको बताए। दूरसञ्चार क्षेत्रमा अहिले सुलभ मूल्यमा गुणस्तरीय सेवा दिन जरुरी भएको बताए। 'सेवा प्रदायकले यसतर्फ सोच्नुपर्छ,' उनले भने।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस