काठमाडौं-खाद्य संस्थानले कर्णालीबाट यस आर्थिक वर्षमा ४५ लाख बराबरको खाद्यान्न राजधानी भित्र्याउने भएको छ। गत वर्ष कर्णालीको खाद्यान्न राजधानी ल्याएर परीक्षण गरेको संस्थानले राम्रो बजार देखेपछि यस वर्ष ४५ लाख बजेट छुट्याएको हो।‘राजधानीमा कर्णालीको खाद्यान्नको माग देखेपछि हामी उत्साही भएका छौं,' नेपाल खाद्य संस्थानका नायब महाप्रबन्धक नवराज उपाध्यायले भने, ‘अब हामी सकेजति खाद्यान्य भित्र्याउने योजनामा छौं।'
खाद्यान्न संकलनका लागि अर्डर दिइसकेको र हप्ता दिनभित्रै बजेट पास भएपछि थप कार्य सुरु हुने उनले जानकारी दिए। अब कर्णालीलगायत सम्पूर्ण हिमाली भेगबाट खाद्यान्न ल्याउने योजना संस्थानको छ।
‘कम्तीमा सय क्विन्टल र जति पाइन्छ त्यत्ति संकलन गर्न भनेको छु,' उपाध्यायले भने, ‘एक पटक ल्याउँदा कम्तीमा एक ट्रक हुनुपर्छ।'
राजधानीमा कर्णालीको खाद्यान्न धेरै मन पराएको र बजारमा लैजान नपाउँदै बिक्री भएको उपाध्यायले जानकारी दिए। ‘तीतेफापर कति मन पराउलान् भन्ने सोचेका थियौं,' उपाध्ययले भने, ‘बजारमा लैजानेबित्तिकै बिक्री भयो।' तीतेफापर औषधिको रुपमा प्रयोग गर्न धेरैले लगेको र सिमी पनि छोटो समयमै बिक्री भएको उनले बताए।
गत वर्ष खाद्य संस्थानले सिमी, तीतेफापर, उवा, कोदोलगायत खाद्यान्न राजधानी ल्याएर बेचेको थियो। यस वर्ष यी खाद्यसँगसँगै चिनो र काग्नो पनि ल्याउन लागेको उनले जानकारी दिए। ‘चिनो मिलिट समूहको चामलजस्तो अन्न हो, खीर बनाएर खानका लागि निकै लोकप्रिय छ, काग्नो पनि चिनोजस्तै चामलको रुपमा प्रयोग हुन्छ,' उपाध्ययले बताए। संस्थानले मौसमअनुसार उत्पादन संकलन गर्ने योजना बनाएको छ।
खाद्यान्न संकलनमा अन्य पक्षले पनि चासो देखाउन थालेका छन्। कर्णालीका सहकारी पनि खाद्यान्न संकलनका लागि अग्रसर भएको उनले बताए। ‘जुम्लाको एक सहकारीले खाद्यान्न संकलनका लागि निवेदन दिएको छ,' उपाध्ययले भने, ‘यसले खाद्यान्न संकलनमा अझ सहयोग पुग्ने छ।'
अहिले उवा उत्पादनको समय भएकाले यसको संकलन सुरु भएको छ। त्यसपछि असोज, कात्तिक, मंसिर महिना सिमी, फापर, चिनो र काग्नोको सिजन भएको उनले बताए। खाद्य संस्थानको आफ्नै प्रयास भएकाले यसका सरकारले पनि थप सहयोग गरे कर्णालीमा उत्पादन हुने स्थानीय खाद्यान्यले राम्रो बजार पाउने उनको विश्वास छ। अन्यमा दिएको जस्तो कर्णालीको खाद्यान्न संकलन गरेर राजधानी भित्र्याउनका लागि सरकाले सहुलियत दिनुपर्ने उनले बताए।
खाद्य संकलनका लागि स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारी, कृषि विकास कार्यालय प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, किसान प्रतिनिधि र जिल्ला खाद्य व्यवस्थापन समितिका प्रतिनिधिको समिति बनेको छ। यो समितिले जिल्लामा उत्पादित खाद्यान्नको मूल्य निर्धारण गर्छ।
खाद्यले कर्णालीबाट ल्याएको खाद्यान्नमा नाफा नखाई बिक्री गरेको थियो। यस वर्ष पनि नाफा नखाई बेच्ने योजना खाद्यको छ।
‘सानो परिणाम भए पनि स्थानीयलाई उत्पादनमा प्रेरित गर्न र खाद्य संस्थान र जनताबीचको सम्बन्धलाई राम्रो बनाइराख्न पनि यो कार्यक्रम सुरु गरेका हौं,' उनले भने, ‘यस कार्यक्रमले स्थानीयलाई आफ्ना उत्पादन बढाउन प्रेरणा मिल्नेछ।'
कर्णालीको स्थानीय उत्पादनमा उवा, चिनो, फापर, काउन, सिमी, मटमास, कोदो र फलफूल हुन्। यी खाद्यान्न काठमाडौंबाट त्यहाँ पुर्यामइएको चामलभन्दा कैयन गुणा पोषिलो हुने उपाध्ययले बताए। उवा हिमाली क्षेत्रको प्रायः ठाउँमा उत्पादन हुन्छ भने तीतेफापर हुम्ला र जुम्लामा बढी हुने गरेको छ।