पिटिए र पिडिए दुवै '४५ दिनभित्र'
१९ साउन २०७१
•
६ मिनेट पाठ
पिटिए र पिडिए दुवै '४५ दिनभित्र'
काठमाडौं- नेपाल र भारतले विद्युत व्यापार सम्झौता (पिटिए) लाई ४५ दिनभित्र टुंगोमा पुर्याौउनेलगायत ३५ बुँदे सहमति समेटेर संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।




भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वदेश फर्कनुअघि भ्रमणका उपलब्धि र केही दिनअघि नेपाल–भारत संयुक्त आयोग बैठकमा भएका सहमति समेटेर संयुक्त विज्ञप्ति निकालिएको हो। दुईदिने नेपाल भ्रमणमा आएका मोदी विज्ञप्ति जारी गरेपछि सोमबार साँझ साढे ५ बजे स्वदेश फर्केका हुन्। 
'दुई प्रधानमन्त्रीले पिटिएलाई ४५ दिनभित्र टुंगोमा पुर्या उन सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ,' संयुक्त विज्ञप्तिमा भनिएको छ, 'नेपाल लगानी बोर्ड र भारतीय कम्पनी जिएमआरलाई माथिल्लो कर्णाली जलविद्युत आयोजनाका निम्ति ४५ दिनभित्र आयोजना विकास सम्झौता (पिडिए) टुंग्याउन निर्देशन दिइएको छ।'
विज्ञप्तिमा छिट्टै थप तीन जलविद्युत परियोजना अरुण तेस्रो, माथिल्लो मर्स्याङ्दी र तामाकोसी तेस्रोको पनि पिडिए हुनेमा दुवै देशका प्रधानमन्त्रीले आशा व्यक्त गरेका छन्। 
सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत अन्य द्विपक्षीय सन्धिहरू समीक्षा गर्न पनि दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाइएको छ। 'समीक्षापछिको सन्धिले दुई देशको वर्तमान वास्तविकतालाई अझ राम्रोसँग प्रतिविम्बित गर्नेछ,' विज्ञप्तिमा छ। 
विज्ञप्तिमा सिमा विवाद सुल्झाउन दुवै देशका प्रधानमन्त्री सहमत भएको उल्लेख छ। सिमा विवाद सुल्झाउन हालै गठन गरिएको कार्यदलको प्रशंसा गरिएको छ। कालापानी र सुस्तामा देखिएको सिमा विवाद सुल्झाउन संयुक्त आयोग बैठकले दुवै देशका परराष्ट्रसचिवलाई दिएको निर्देशनको स्वागत गरिएको छ। 
दुवै देशका प्रधानमन्त्री छिट्टै सुपर्दगी सन्धि र पारस्परिक कानुनी सहायता सम्झौतालाई अन्तिम रूप दिन सहमत भएको विज्ञप्तिमा छ। नेपालमा प्रहरी प्रतिष्ठान निर्माणलाई छिटो गति प्रदान गर्न सरोकारवाला निकायलाई निर्देशन दिइएको छ। आइतबार भारतीय प्रधानमन्त्रीले नेपाल–भारत द्विपक्षीय बैठकमा एक खर्ब रुपैयाँ सहुलियत ऋण दिने भनी गरेको घोषणालाई पनि विज्ञप्तिमा समेटिएको छ। 
भारतले पशुपतिनाथ मन्दिरमा धर्मशाला निर्माण गर्न अनुदान सहयोग गर्ने र पशुपतिनाथ मन्दिर कम्प्लेक्सको जिर्णोद्धार गर्न केही रकम उपलब्ध गराउने विज्ञप्तिमा जनाइएको छ।
नेपाल सरकारको विशेष अनुरोधमा भारतले जनकपुर, बराहा क्षेत्र र लुम्बिनी क्षेत्र विकासका लागि सहायता प्रदान गर्ने विज्ञप्तिमा छ। लुम्बिनीलाई भारतमा निर्माण भएको बुद्ध सर्किटसँग जोड्ने जनाइएको छ। भारतले नेपाललाई वार्षिक १ सय ८० छात्रवृत्ति कोटा बढाई २ सय ५० पुर्या्उने घोषणा पनि गरिएको छ। 
दुई प्रधानमन्त्री पञ्चेश्वर विकास प्राधिकरण ६ महिनाभित्र स्थापना गर्न सहमत भएका छन्। प्राधिकरणलाई दिइएको कार्यविधिअनुसार एक वर्षभित्र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बुझाउन निर्देशन दिइएको छ। 
नेपालको अनुरोधमा महेन्द्रनगरस्थित कर्णाली नदीमा मल्टिलेन पुल निर्माण गर्न सघाउने प्रतिबद्धता भारतले गरेको छ। पुलले नेपाल र भारतका उत्तरी राज्यहरू उत्तर प्रदेश, दिल्ली, उत्तराखण्डबीच 'ट्रान्जिट'को काम गर्ने उल्लेख छ। हुलाकी सडक निर्माणलाई दु्रत रूपमा अघि बढाउन दुई प्रधानमन्त्रीले निर्देशन दिएका छन्। त्यस्तै, रेल सेवा सम्झौता, मोटर भेहिकल सम्झौता हस्ताक्षरका लागि अन्तिम रूप दिन पनि सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ। 
नेपालले भारतलाई पहिलो चरणमा रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्न आग्रह गरेको थियो। दोस्रो चरणमा काठमाडौंसम्म ल्याउन नेपालले अनुरोध गरेको थियो। 
नेपाल–भारत सम्बन्धप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन्। विज्ञप्तिमा प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षीले छिमेकी राष्ट्रप्रति लिएको नीतिको प्रशंसा गरेका छन्। आगामी नयाँ वर्षको प्रारम्भमै नेपाली जनताले नयाँ संविधान पाउनेमा भारतीय प्रधानमन्त्री विश्वस्त रहेको जनाइएको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस