काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थिर र कार्यउन्मुख सरकार भयो भने कुनै पनि मुलुकको विकास हुने बताएका छन्। दुईदिने नेपाल भ्रमणमा रहेका मोदीले सोमबार नेपालका उद्योगी व्यापारीसँगको भेटमा देश विकास गर्न राजनीतिक स्थायित्व भएर स्थिर सरकार आउनुपर्ने र त्यो सरकार कार्यउन्मुख हुनुपर्ने सुझाए।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलसँगको उक्त भेटमा मोदीले मुलुकको विकासका लागि पूर्वाधार चाहिने बताए। हाइड्रोपावर, राजमार्ग, सूचना प्रविधिलगायतमा नेपालले विकास गर्नुपर्ने सुझाउँदै उनले यसमा भारत सरकारले सहयोग गर्ने वचन दिए। जुन काम गर्दा पनि विश्वासको वातावरण हुनुपर्ने उनको भनाइ थियो। मोदीले परियोजना विकास सम्झौता (पिडिए) र ऊर्जा व्यापार सम्झौता (पिटिए) तयार गरेर ल्याए भारत त्यसमा सकारात्मक हुने बताए।
करिब २५ मिनेटको भेटमा मोदीले उद्योगी, व्यापारीलाई समग्र मुलुकको विकास भयो भने सबै जनता समृद्ध बन्ने हुँदा पूर्वाधारमा लगानी गर्न आग्रह गरे। नेपाली उत्पादन भारत निकासी गर्दा हुने समस्यालाई उता गएपछि बु‰ने र प्रक्रियागत रुपमा समाधान गर्ने प्रतिबद्धतासमेत मोदीले व्यक्त गरे।
'भारत नेपाललाई हरेक प्रकारको सहयोग गर्ने चाहन्छ, यसमा अझ राम्रो गर्ने मेरो प्रयास हुने छ,' उनले भने। नेपालको विकासका लागि अहिले पूर्वाधार निर्माणमा नै जोड दिनुपर्ने उनको भनाइ छ। दक्षिण कोरियाले पूर्वाधारमा लगानी गरेर चाँडै नै समृद्ध भएको उदाहरण पेस गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा भएका सम्भावनालाई उजागर गर्न पनि पूर्वाधार निर्माणमै जानुपर्ने बताए। 'गाउँगाउँमा व्यवसायी छन्। पूर्वाधार निर्माणले ती व्यवसायीलाई फाइदा पुग्छ साथै अर्थतन्त्रलाई पनि,' उनले भने।
नेपालको भारतसँगको व्यापार घाटा कम गर्न आफूले सक्दो सहयोग गर्ने उनले वचन दिएका छन्। 'यस विषयमा मै स्वदेश फर्केपछि टिमसँग बसेर कुरा गर्छु। कुन कुन वस्तुमा छुट दिन सकिन्छ र कसरी व्यापार घाटा कम गर्न सकिन्छ म पुगेर अध्ययन गर्छु,' उनले भने।
मोदीलाई १७ जना उद्योगी, व्यवसायीले भेटेका थिए। भेटमा उद्योगपति विनोदकुमार चौधरीले भारतले दिने एक खर्ब रुपैयाँ पूर्वाधारमै लगानी गर्नुपर्ने बताउँदै त्यसका लागि वातावरण बनाउन आग्रह गरेका थिए। उनले दुई देशको सीमावर्ती क्षेत्रमा औद्योगिक करिडोर स्थापना गरेर नेपाली वस्तुको निकासीमा भारत सरकारले सहयोग गर्नुपर्ने धारणा राखे। 'सीमा क्षेत्रमा करिडोर निर्माण भयो भने विदेशी लगानीकर्ता नेपाल आउँछन् र नेपालको विकास छिट्टै हुन्छ,' चौधरीले भने।
निजगढमा बन्ने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतलाई समेत फाइदा पुग्ने भएकाले निर्माणमा उसले सघाउनुपर्ने चौधरीको भनाइ थियो। भारतीय प्रधानमन्त्रीले हरेक वर्ष नेपाल भ्रमण गरे दुई देशको सम्बन्ध अझ प्रगाढ बन्ने उनले बताए।
भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले स्वागत मन्तव्य राखेका थिए। अर्का व्यवसायी प्रभाकरसम्सेर राणाले नेपाल–भारत व्यापारका समस्याबारै बोलेका थिए।
व्यवसायीले नेपालाई अहिले पाँच सय मेघावाटभन्दा बढी बिजुली नपुग भएकाले भारतले दुई सय मेगावाट दिनुपर्ने बताएका थिए। पञ्चेश्वरको काम तत्काल थाल्नुपर्ने र त्यसमा नेपाली निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने उनीहरुको माग थियो। हायात होटलमा २५ मिनेटको भेटमा मोदीसामु आफ्ना समस्या उद्योगी व्यवसायीले निर्धक्क राखेको र मोदीले चाख मानेर सुनेको एकजना सहभागीले बताए।
'संसदमा मोदीजीको भाषणले सबैलाई चकित गराइदिएको छ। उहाँले मागेभन्दा पनि बढी दिएर जानुभएको छ,' नेपाल–भारत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुण चौधरीले नागरिकसँग भने, 'हामीले पूर्वतयारी राम्रोसँग गर्न सकेको भए विद्युत व्यापार सम्झौता र माथिल्लो कर्णाली आयोजना विकास सम्झौता हुन सक्थ्यो। यो लाभ लिनबाट हामी चुक्यौं।'
उनले भारतले पठाएको प्रस्तावलाई समयमा छलफल गर्न नसक्दा लाभ गुमाएको बताए। 'भारतले पठाएको प्रस्तावमा आश्चर्यचकित हुनुपर्ने अवस्था थिएन। उसले आफ्नो हितमा सम्झौताको मस्यौदा पठाउनु स्वाभाविक थियो,' चौधरीले भने, 'हामीले त्यसमा पर्याप्त छलफल गरेर आफ्नो अनुकूल बनाउन सक्नुपर्थ्यो। त्यो गर्न सकेनौं।'
महासंघका अध्यक्ष पाण्डेले नेपाल र भारतबीचको व्यापार ग्यापदेखि अन्य समस्याका विषयमा आफूहरुले कुरा उठाएको बताए। 'यहाँ त उहाँले प्रतिबद्धता जनाउनुभएको छ, भारत गएपछि पनि केही गर्छु भनेर भन्नुभएको छ, पक्कै केही हुन्छ,' उनले भने।
व्यवसायी पशुपति मुरारकाले मोदीले संविधान बन्ने लक्षण पाएको बताउँदै त्यसपछि नेपालको विकासले गति लिने कुरा गरेको बताए। 'मोदीसँगको हाम्रो भेटले नेपाल–भारत व्यापारले नयाँ मोड लिने अपेक्षा गरेका छौं,' उनले भने।