मोदीको कारकेड एक्कासि रोकिँदा
२० साउन २०७१
•
९ मिनेट पाठ
मोदीको कारकेड एक्कासि रोकिँदा
काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको गाडी नयाँबानेश्वर चोकभन्दा दुई सय मिटरवरै एक्कासि रोकियो। सुरक्षा दृष्टिमा कारकेडमा रहेको भिभिआइपीको गाडी बिनासूचना रोकिनु विपतको संकेत थियो।

कारकेड अगाडि रहेका सुरक्षकर्मीले त भिभिआइपी गाडी रोकिएको पत्तै पाएनन्। उनीहरू तोकिएको रुटअनुसार संविधानसभा भवनको गेटसम्मै पुगे। हवाई गस्तीमा खटिएका दुई हेलिकप्टरसमेत संविधानसभा भवन वरपर पुगिसकेका थिए। पछाडिका सुरक्षाकर्मी भने एक्कासि भिभिआइपी गाडी रोकिएपछि आत्तिएर दौडँदै अगाडि गए। उनीहरू नजिक पुग्दा मोदी कारबाट निस्किएर सडक किनारमा उभिएका सर्वसाधारणतिर हात हल्लाइरहेका थिए। त्यो देखेपछि बल्ल सुरक्षाकर्मीहरू ढुक्क भए।

'कारकेड रोकिँदा छाती ढक्क फुल्यो, हात कम्मरमा रहेको पेस्तोलमा पुग्यो,' मोदीको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले मंगलबार नागरिकसँग भने, 'पेस्तोलको पिन अन गरेर भिभिआइपी गाडीतिर दौडँदा उहाँ (मोदी) सवारीभन्दा बाहिर उभिएर हात हल्लाइरहनुभएको देखेपछि बल्ल मन हल्का भयो।'

त्यसपछि बल्लबल्ल हात समातेर मोदीलाई गोलो सुरक्षा घेरा बनाउँदा एक मिनेट समय कटिसकेको थियो। मोदीको सुरक्षा जोखिम विश्लेषण गर्दै नेपाल सरकारले सेनाको कमान्डमा ६ तहको सुरक्षा घेरा कार्यान्वयनमा ल्याएको थियो। भारतीय ब्ल्याक कमान्डो, नेपाली सेना, नेपाल प्रहरीका तालिमप्राप्त सुरक्षाकर्मीसँगै हवाई सुरक्षामा दुई हेलिकप्टर खटिएका थिए।

कारकेड निस्किएको समयभन्दा आधा घन्टाअगाडि नै सडक रित्तो पारिएको थियो। सडक किनारको प्रत्येक ५० मिटरमा प्रहरी तैनाथ थिए। अग्ला भवनमा हाइप्वाइन्टको सुरक्षार्थ सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिएका थिए।

स्रोतका अनुसार मोदीको कार्यतालिका र सुरक्षा रणनीतिमा भिभिआइपी र सर्वसाधारण आमनेसामने हुने कुनै विन्दु थिएन। तर, कार्यतालिका र मोदीको व्यवहारबीच तालमेल हुन सकेन। दुईदिने नेपाल भ्रमण क्रममा मोदी आफैंले पटकपटक सुरक्षा घेरा आफैंले तोडे, त्यो पनि बिनाजानकारी। आइतबार व्यवस्थापिका संसदलाई सम्बोधन गरेर ह्यात होटल फर्कने क्रममा उनले नयाँबानेश्वरमा जे गरे, भोलिपल्ट त्यही दोहोर्या्ए गौशाला चोक र चाबहिलमा।

सरकारले मोदी आउनु दुई घन्टाअघि नै पशुपति मन्दिरमा दर्शनार्थीको प्रवेश रोकेको थियो। साढे ७ बजेबाट रोकिएका दर्शनार्थीले मोदी फर्किएपछि साढे १० बजे मात्रै मन्दिरमा प्रवेश पाएका थिए। साउने सोमबारको घडीमा मोदीको सुरक्षा हेरेर सरकारले यस्तो सतर्कता अपनाए पनि मोदी आफैं भने सुरक्षा घेरा तोडेर पशुपतिमा उभिएका दर्शनार्थीमाझ गए।

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले पनि भारत भ्रमण क्रममा बीच सडकमा आफ्नो कारकेड रोकेर पावभाजी खाएर चर्चा कमाएका थिए। तर, बेलायती दूतावासले पहिल्यै यसको निम्ति सबै बन्दोबस्त गरेको खुलेको थियो।

अनुभवी पूर्व एआइजी नवराज ढकाल मोदी सर्वसाधारणमाझ जानु पनि 'नियोजित' हुनसक्ने बताउँछन्। 'जनताबाट अनुमोदित नेताले नागरिकमैत्री छवि बनाउन यस्ता गतिविधि गर्ने गरेका छन्,' उनले नागरिकसँग भने, 'यस्ता घटना प्रायः नियोजित हुन्छन्।'

उनका अनुसार बाक्लो सुरक्षा घेराबीच कारकेडमा मात्रै हिँड्दा सर्वसाधारणसँग आत्मीयता बढ्दैन। भिभिआइपीहरूले आफूनिकट सुरक्षा विश्लेषकसँग सुरक्षा खतराबारे परामर्श गरी अतिगोप्य ढंगमा यस्तो गतिविधि गर्ने गरेको पूर्वएआइजी ढकालको विश्लेषण छ।

'यस्तो काममा पहिल्यै ठाउँ चयन गरेर सर्वसाधारणको भेषमा सुरक्षाकर्मी खटाइएको हुन्छ, भिभिआइपीले भने आकस्मिकझैं देखाउँछन्,' ढकालले भने, 'योजना चुहिँदा उद्देश्य पूरा नहुने भएकाले अति गोप्य राखिन्छ, भिभिआइपीकै सुरक्षामा खटिएकाले समेत चाल पाउँदैनन्।' मोदी पूर्व तयारीबिनै आफ्नो कारकेड रोकेर भिडमाझ गएको हो भने त्यो गम्भीर सुरक्षा लापरबाही भएको उनको भनाइ छ।

पूर्व एआइजी राजेन्द्रबहादुर सिंहले भने राजनीतिक व्यक्तिमा भिड देखेपछि आकर्षित हुने स्वभाव भएकाले भारतीय प्रधानमन्त्री मोदी सडकमा उभिएका सर्वसाधारणप्रति आकर्षित भएको हुनसक्ने बताए। माओवादी द्वन्द्वको समयमा सुर्खेत लाटोकोइली भ्रमणमा जाँदा तत्कालीन राजा वीरेन्द्रले गाडीबाट ओर्लिएर सर्वसाधारणसँग हात मिलाएको घटना सम्झँदै सिंहले भने, 'सुरक्षा दृष्टिले यस्ता गतिविधि त्रुटिपूर्ण हो, यसले दुर्घटनाको सम्भावना बढाउँछ, तर नेताको आँट पनि देखाउँछ।'

मोदीको भ्रमण क्रममा तोकिएका सरकारी अधिकारीबाहेक अन्यबाट भिभिआइपीलाई माला लगाउन रोक लगाउने, उपहार दिन नदिने, तोकिएका सरकारी अधिकारी र भेटघाटका लागि अनुमति पाएका व्यक्तिबाहेक अन्यको दुरी न्युनतम ५० मिटर राख्ने भनिए पनि यी कुनै कार्यान्वयनमा नआएको स्रोतले बतायो। स्रोतका अनुसार मोदी विमानस्थलबाट ओर्लिएर ह्यात होटल पुग्दा खादा र माला लगाउनेहरूलाई सुरक्षा घेरामा बसेका सुरक्षाकर्मीले न रोक्न भ्याए न परिचय पहिल्याउनै सके।

पशुपति भ्रमण क्रममा एक युवती हुत्तिँदै मोदीको खुट्टामै पुगेपछि मात्रै सुरक्षाकर्मीले चाल पाएर पछाडि धकेलेका थिए। पशुपति दर्शन गरेर फर्कने क्रममा उपहार दिन खोज्ने अपरिचितको उपहार नियन्त्रणमा लिनुको साटो सुरक्षाकर्मीले फुटाइदिएका थिए।

स्रोतका अनुसार भ्रमणका लागि भारतबाट ल्याइएको फ्रिक्वेन्सी जामरले समेत सुरक्षा समन्वय बिथोल्यो। सवारी बेला भिभिआइपी कुन ठाउँमा आइपुगे भनेर निरन्तर जानकारी दिनुपर्ने भए पनि कारकेडको घेरामा रहेका सुरक्षकर्मीको सञ्चार वाकिटकी र मोबाइल दुवैको फ्रिक्वेन्सी जाम भएको थियो। दोस्रो दिन सुरक्षाकर्मीको सञ्चार सेटको फ्रिक्वेन्सी खुलाउने प्राविधिकको प्रयास असफल भएपछि सञ्चार समन्वयका लागि प्रहरीको भ्यान कारकेडको सुरक्षा दुरीभन्दा सय मिटर पर गुडाइएको थियो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस