म्यानपावरमै बन्छ दूतावासका कागजात
२१ साउन २०७१
•
८ मिनेट पाठ
म्यानपावरमै बन्छ दूतावासका कागजात
काठमाडौं- वैदेशिक रोजगार सिलसिलामा सम्बन्धित मुलुकका दूतावासले दिने विभिन्न कागजात म्यानपावर कम्पनी आफैंले बनाएर ठगी गरिरहेको खुलासा भएको छ। वैदेशिक रोजगारमा ठगी र अनियमितता बढेको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा उपत्यकामा सञ्चालित २७ म्यानपावर कार्यालयले १ सय ६९ दूतावासका नक्कली छाप र लेटरप्याड बनाएको खुलेको हो।ती म्यानपावरले नक्कली छाप र लेटरप्याडकै आधारमा नक्कली कागजपत्र तयार पारी वैदेशिक रोजगार विभागमा पेस गरेको अख्तियारको अनुसन्धानबाट फेला परेको छ।
आयोगले गत महिना २७ म्यानपावर कम्पनीका ४५ वटा फाइल विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। आयोगले विभागसँग सबै म्यानपावरका विवरणसमेत मागेको थियो। 
अनुसन्धान क्रममा नक्कली मागपत्र बनाएर विभागमा पेस गरेको फेला परेपछि आयोगले ललितपुरको नाई बिल्डिङ प्रेसका सञ्चालकलाई पक्राउ गरेको थियो। नाईका सञ्चालकको बयान र ४५ वटा फाइल अध्ययनबाट म्यानपावर कम्पनीहरूले नक्कली कागजपत्र बनाएर विभागमा पेस गरेको फेला परेको आयोगका एक अधिकारीले जानकारी दिए।
अनुसन्धानमा संलग्न ती अधिकारीका अनुसार २७ म्यानपावरले विभिन्न मुलुकका दूतावासको नक्कली लेटरप्याड, छाप, विभागका कर्मचारीको दस्तखत र अन्य कागजात आफैं बनाएर विभागमा पेस गरेको भेटिएको छ। 
आयोग स्रोतका अनुसार अनुसन्धानमा व्यवसायी संघकै कार्यसमितिका पदाधिकारीको म्यानपावरसमेत परेको छ। स्रोतले उपलब्ध गराएको सूचीमा वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेको कम्पनीको नामसमेत छ। छानबिनमा तानिएको रारा इम्प्लोइमेन्ट कन्सल्टेन्ट प्रालि, चाकुपाट, ललितपुरका सञ्चालक गैर हुन्।
दूतावासको नक्कली छाप प्रयोग गर्नेमा किस्ट इम्प्लोइमेन्ट प्रालि सिनामंगल (सञ्चालक इन्द्र श्रेष्ठ, अयेन्द्रकुमार प्रधान), गल्फ होराइजन इन्टरनेसनल वसुन्धारा (सन्त लामा), सल्मानी ओभरसिज प्रालि बानेश्वर (रामचन्द्र गिरी), आर एन्ड आर ग्लोबल जब ट्रेकर प्रालि चप्पलकारखाना (ग्यान्जबहादुर श्रेष्ठ र गणेश गुरुङ) र मसरिक इन्टरनेसनल ओभरसिज प्रालि सिनामंगल (राजकुमार खड्का र खेमनाथ गौतम) छन्।
त्यस्तै, साउदी नेपाल रिक्रुटमेन्ट एजेन्सी प्रालि एकान्तकुना (देवीकला आचार्य), युनाइटेड इन्टरनेसनल म्यानपावर प्रालि पुल्चोक (ऋतुराज राई), युनाइटेड एचआर सोलुसन प्रालि कोटेश्वर (रामकुमार राई), ड्रिम एन्ड गाइड सिस्टम प्रालि बसुन्धरा (अब्दुल मोबिन मुलमानलगायत), एस इम्प्लोइमेन्ट बेरु प्रालि ललितपुर (तुलसीप्रसाद काभ्री) र ग्लोबल एलायन्स कन्सल्टेन्सी सर्भिस (एलपी साँवा लिम्बू) ले पनि दूतावासका नक्कली छाप र किर्ते कागजात बनाएको अख्तियार छानबिनमा फेला परेको छ। लिम्बू संघका पूर्वअध्यक्षसमेत हुन्।
छानबिनमा परेका अन्य म्यानपावरमा लक्की ओभरसिज प्रालि पुलचोक (यामबहादुर केसी), लिबर्टी कन्सल्ट प्रालि, परर्फेक्ट कनेक्सन इम्प्लोइमेन्ट प्रालि एयरपोर्ट (डिल्लीप्रसाद लामिछाने), मिराकल ओभरसिज प्रालि गौशाला (जयन्द्र अधिकारी, सीताकुमारी न्यौपाने), युरोक्रस इन्टरनेसनल प्रालि (घनश्याम श्रेष्ठ र मनोज राई), न्यु ग्लोबल म्यानपावर प्रालि तीनकुने (लालबहादुर गुरुङ), धर्म ओभरसिज प्रालि वसुन्धारा (सुनिल गुरुङ), पश्चिम नेपाल ओभरसिज गोगंबु (उमेशप्रसाद आचार्य) र जस्मिन ओभरसिज प्रालि धापासी (नवीन खड्का) छन्। 
अख्तियार र विभाग दुवैले अनुसन्धान जारी रहेको भन्दै म्यानपावर कम्पनीका नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन्। अनुसन्धानमा पाथिभरा ओभरसिज प्रालि बत्तिसपुतली (हंशराज वाग्ले) र प्याराडाइज इन्टरनेसनल प्रालि बखुण्डोल (नवराज खत्री केसी) को पनि नाम रहेकामा अख्तियारले यी दुई नाम र कम्पनी उल्लेख नगरी विभागमा पेस भएको लट नम्बरका आधारमा मात्र अनुसन्धान गरेको स्रोतले जानकारी दियो। वाग्ले संघका अध्यक्ष हुन्।
विभागका प्रवक्ता बद्री कार्कीले आयोगको गोप्य अनुसन्धानबारे विभागलाई जानकारी नरहेको बताए। 'हामीसँग केही म्यानपावर कम्पनी र सञ्चालकको विवरण मागिएको थियो,' कार्कीले भने, 'अनुसन्धानमा परेका म्यानपावर कम्पनीको नाम विभागबाट दिन मिल्दैन।'
आयोग प्रवक्ता श्रीधर सापकोटाले पनि एउटै कम्पनीविरुद्ध धेरै मुद्दा रहेकाले अनुसन्धान लम्बिएको बताए। 'यी मुद्दालाई प्राथमिकतासाथ हेरेका छौं, प्रत्येक म्यानपावर कम्पनीको भित्री तहमा पुगेर अनुसन्धान गरेका छौं, केही दिनमा दोषी म्यानपावरको नाम सार्वजनिक हुन्छ,' उनले भने। त्यसलगत्तै दोषीविरुद्ध मुद्दा दायर गर्ने उनले जानकारी दिए।
अनुसन्धानमा परेका म्यानपावर कम्पनी भने अख्तियार र विभागका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर मुद्दा कमजोर बनाउने प्रयासमा रहेको स्रोतको दाबी छ। विभागका एक अधिकृत आर्थिक चलखेलकै कारण अहिलेसम्म नाम सार्वजनिक नगरिएको बताउँछन्।
'नाम तल–माथि पार्न चलखेल भइरहेको छ, राजनीतिक दलदेखि मन्त्रीसम्मको सोर्सफोर्स लगाएर नाम हटाउन म्यानपावर कम्पनी लागिपरेका छन्,' ती अधिकृतले भने।
विभागले वैदेशिक रोजगारीका नाममा गैरकानुनी काम गर्ने म्यानपावरमाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमार्फत फाइल अख्तियार पठाएको थियो।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस