बीरगन्ज - बाराको सिमरास्थित नेपाल ग्यास उद्योग (नारायणी)ले खाना पकाउने ग्यासका आफ्ना एक हजार ५ सय वटा अयोग्य सिलिण्डर नष्ट गरेको छ। ग्यास भर्न नमिल्ने सिलिण्डर उपभोक्ताहरुको सुरक्षालाई ध्यान दिँदै नष्ट गरिएको उद्योगका कार्यकारी निर्देशक प्रताप सिंह गुरुङले जानकारी गराए।
परीक्षणमा अयोग्य भेंटिएका सिलिण्डरमा २ ठाउँमा चारकुने आकारको प्वाल काटेर लिलाम गरेर फलाम उद्योगलाई बेंच्ने तयारी राखिएको उद्योगले जनाएको छ। ग्यास भर्ने बेलामा सामान्य जाँच भइरहे पनि सिलिण्डर नयाँ १० वर्षमा र त्यसपछि हरेक ५ वर्षमा 'हाइड्रोलिक प्रेसर' लगायत जाँच गर्नुपर्ने हुन्छ। 'जाँच गर्दा बाङगो भएमा, लिक भएमा, मुनि तिरको वा माथितिरको गोलो (रिंग) बिग्रे भत्केमा, खिया धेरै लागेपछि वा तौल १० प्रतिशत घटेको भेंटिएमा सिलिण्डर योग्य ठहरिन्छ,' उद्योगका एक जना अधिकृत सुजित श्रीवास्तवले नागरिकलाई भने, 'मापदण्ड अनुसार पनि त्यसता सिलिण्डरमा ग्यास भर्न नमिल्ने भएकोले त्यसलाई नष्ट गनुपर्ने हुन्छ।'
मकवानपुरदेखि सप्तरीसम्म १ लाख ५० हजार सिलिण्डरमार्फत ग्यास वितरण गर्दै आएको नेपाल ग्यास (नारायणी)ले २ वर्षभित्र डेढ हजार अयोग्य सिलिण्डर फेला पारेको हो। बढाबढमा अधिक दाम लगाउनेलाई कबाडको रुपमा सिलिण्डर बिक्री गर्ने तयारी उद्योगले गरेको छ। आइएसओ दर्जाप्राप्त नयाँ सिलिण्डर पुरानोको सट्टा उपभोक्तालाई दिने गरेको उद्योगको दावी छ।
पछि फिर्ता हुन सक्ने गरी धरौटीबापतको २ हजार ३ सय रुपैयामा उद्योगले डिलरलाई सिलिण्डर दिने गरेको छ। कम्तीमा १ सय रुपैया सेवा शुल्क थपेर डिलरले उपभोक्तालाई सिलिण्डर उपलब्ध गराउने गरेका छन्। बजारमा प्रतिस्पर्धामा रहेको ग्यास उद्योगहरुबीच सिलिण्डरको मुल्यमा एकरुपता देखिन्छ।