चुलाचुली (इलाम) - 'मेरो क्षेत्रका मतदातालाई जस्तोसुकै आपतविपद आइपर्दा सघाउन तत्पर हुनेछ,' संविधानसभा अध्यक्ष सुवास नेम्वाङले चुनाव प्रचारक्रममा भनेका थिए, 'राज्यको जुनसुकै निकायमा बसे पनि मतदाताको पीरमर्का तुरुन्तै सम्बोधन गर्नेछु।' तेस्रोपल्ट जितेर नेम्वाङले 'ह्याट्रिक' गरेको इलाम क्षेत्र नम्बर २ अर्न्तगत चुलाचुली गाविसका ९५ प्रतिशत किसान अहिले चुनावअघिको भाषण सम्भि्कँदैछन्, जसमा उनले 'मतदाताका गुनासा सुन्न २४ घण्टै तयार हुने' आश्वासन बाँडेका थिए। तर, मंसिर ४ को चुनाव जितेलगत्तै दोस्रोपल्ट संविधानसभा अध्यक्ष बनेका नेम्वाङ चुलाचुलीवासीले अहिले भोगिरहेको समस्याबारे जानकार छैनन् या जानेरसमेत बोलिरहेका छैनन्, सयौं मतदाता छक्क पर्दै सहयोगको पखाईमा छन्। नेम्वाङको क्षेत्रका १६ गाविसमध्ये चुलाचुली जनसंख्याका दृष्टिले सबैभन्दा ठूलो हो। २०६८ को गणनाले यहाँका झण्डै चार हजार घरधुरीमा २१ हजार एक सय २३ जनसंख्या छ, जून जिल्लाका इलाम र सूर्योदय नगरपालिकाको भन्दा पनि धेरै हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमक–केरखा–झिलझिले खण्डको उत्तरमा पर्ने चुलाचुलीमा बस्ने मानिसको संख्या भने ४० हजार जति छ। गाविस सचिव रमेश कोइराला यसको पुष्टि गर्दै बसाईं आउनेक्रम नरोकिएको बताउँछन्। ७७ दशमलव ८२ वर्ग किमीमा फैलिएको चुलाचुली भौगोलिक दृष्टिले इलामकै 'नमिलेको' गाविस हो। तीन हजार ९ सय ७५ घरधुरी रहेको यो गाविस चुरे पहाडको फेदीमा छ, जहाँका खोलानाला बर्षायाममा उर्लिने बाढीले तरिनसक्नु हुन्छन्।
अढाई दर्जन जति जातजातिको बसोबास रहेको, सुरक्षाका हिसाबले प्राथमिकतामा नपरेको र शिक्षितको संख्या कम रहेको चुलाचुलीमा अहिले बहुसंख्यक किसानले भोगिरहेको एउटै समस्या हो, सिचाईं। जसका कारण साउन सकिनै लाग्दा पनि ९५ प्रतिशत खेत बाँझै छ। नेम्वाङको नरमपनालाई रुचाउँदै उनलाई जिताउने मतदाता चुलाचुलीमा धेरै छन्। त्यसैले अरु १४ गाविसको तुलनामा चुलाचुलीका वासिन्दा नेम्वाङलाई जति रुचाउँछन्, उति नै बढी 'विकास' अपेक्षा गर्छन्।
'घनघोर बर्षा हुनुपर्ने बेला टन्टलापुर घाम लागेपछि हामी सुकेको खेत हेर्दै बिलौना गर्दैछौं' चुलाचुलीका पूर्व गाविसअध्यक्ष ओमनारायण खनालले नागरिकसित भने, 'खडेरीले रोपाईं हुन नसक्दा किसानको पीडा भनिनसक्नु छ, यस्तो बेला नेम्वाङले सबैलाई राहत मिल्ने सहयोग गर्नुपर्छ।' देशैभर कम बर्षा हुँदा तराईमा रोपाईं हुन नसके पनि यहींका मतदाताद्वारा निर्वाचित भएको नाताले नेम्वाङले चुलाचुलीको सिचाईं समस्यालाई दीर्घकालिन समाधान गर्नुपर्ने उनको माग छ।
चुनावमा नेम्वाङकै प्रतिस्पर्धी बनेर राप्रपाबाट उम्मेद्वारी दिए पनि चुलाचुलीका खगप्रसाद शर्मा संविधानसभा अध्यक्षसँग सिचाईं सुविधाप्रति आशावादी छन्। 'मैले थोरै भोट ल्याएँ, उहाँले धेरै ल्याएर जित्नुभो' पानी अभावले पिरोलिएका शर्माले शुक्रवार भने, 'जितेर देशको जिम्मेवारी सम्हाल्ने नेताले अब आफ्ना मतदाताको पीडा पक्कै हेर्नुहुनेछ।' शर्माका अनुसार, चुलाचुलीका ९ वडामध्ये ३ नम्बरबाहेक सबैमा धान खेतीका लागि किसानहरु आकाशे पानीमा निर्भर हुँदै आएका छन्।
अरुबेला साउनभित्र रोपाईं गरिसक्ने किसानले यसपल्ट खेत जोतेकै छैनन्। गाविसभरमा पम्पसेट हुने किसानको संख्या अढाई सयसमेत पुग्दैन। पम्पसेट भाडामा पाइन्छ तर तिर्ने पैसा सबैसँग छैन। धान खेतीमै सहयोग पुर्याउन निर्मित रतुवा नहरको मुहान बिग्रिएको छ। कमल नहरको पानी पर्याप्त छैन। ठूलो चाँजु नहर निर्माणाधीनै छ। नयाँ पम्पसेट किनेर जडान गर्दा एक लाख रुपैयाँ जति खर्चिनुपर्छ, जुन सबै किसानको सामर्थ्यले भ्याउँदैन। त्यसैले किसानलाई धान 'आकाशको फल' हुँदैछ।
'नेम्वाङले सुख्खाक्षेत्र घोषणा गरेर राहत दिनुपर्छ, कि रोपाईं हुने गरि पानीको जोहो गर्दिनुपर्छ' स्थानीय अर्थबहादुर कुमालले भने, 'आपतविपद्मा सघाउने भन्दै चुनाव जितेर देश हाँक्नेले आफ्नो क्षेत्रको संकट टार्नैपर्छ।' पम्पसेटले पानी तानेर रोपाईं गरेका किसानको धानसमेत पहेंलिन थालेपछि अब आकाशे पानी पर्ला र रोपाईं होला भन्ने आश टरेको छ। स्थानीय अगुवा भीम चापागाईंले २०२१ सालयता यसपल्ट नै सबैभन्दा खडेरी परेको र धेरै किसान भोकै हुनुपर्ने अवस्था आएको बताए।
'चुलाचुलीमा धान खेती गर्नकै लागि झोडा फाँडेर बस्नेको संख्या धेरै छ' चापागाईंले भने, 'तत्काल नयाँ नहर बनाउन नसके पनि पुरानामा पानी बगाउनुपर्छ र भूमिगत सिचाईं सबै किसानका पहुँचमा हुनुपर्छ।' खडेरीले धान रोप्न नपाए चुलाचुलीका बहुसंख्यक किसान चामल किनेर खान बाध्य हुने देखिन्छन्। त्यसनिम्ति सबैको आर्थिक मजबुत नभएकाले नजिकै रहेको चुरेको वनक्षेत्र थप विनास हुने, पैसा कमाउन गलत धन्दा गर्ने र गाउँमा विकृति निम्तिने स्थानीय अगुवाहरु बताउँछन्।