फिल्मी 'लीला' छाडेर गए
२५ साउन २०७१
•
८ मिनेट पाठ
फिल्मी 'लीला' छाडेर गए
काठमाडौं-सहरबजारका मुख्य चोकहरूमा फिल्म 'कोहिनूर' का पोस्टर झकिझकाउ छन्। कलाकार जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको प्रेमपूर्ण मुद्रा समेटिएका ती पोस्टरले केही दिनदेखि दर्शक र बटुवामाझ शृंगार रस सञ्चार गरिरहेका थिए। तर अफसोच, आइतबार सबेरैदेखि श्रीकृष्णका दर्शक र उनलाई चिन्नेहरू स्तब्ध भए। सबैले सामाजिक सञ्जालका भित्तामा उनको फोटो टाँस्दै शोक मनाइरहे।




फिल्म 'कोहिनूर' मा श्रीकृष्ण अन्जानवश चेलिबेटी बेचबिखन गर्ने गिरोहको खेलौना बन्न पुग्छन्। आफ्नो पाप पखाल्न उनी भारतमै बस्छन्। बेचिएका चेलीहरूलाई कोठीबाट उद्धार गर्छन् र भारतीय प्रहरीको 'क्लिन चिट' लिएपछि नेपाल फर्किन्छन्।

केही साताअघि उनी आफ्नो शरीरमा लुकेका जटिल रोगहरूलाई पखाल्न भारत गएका थिए। उनीद्वारा निर्मित तथा अभिनित फिल्म 'कोहिनूर' गत शुक्रबार रिलिज भयो। दर्शक तथा सञ्चारकर्मीलाई उनको व्यग्र प्रतीक्षा थियो। तर, रोगसँगको लडाइँमा उनी पराजित भए। उनले 'रिल लाइफ'मा पाएको क्लिन चिट 'रियल लाइफ' मा पाउन सकेनन्। उनको आइतबार बिहान ४६ वर्षको उमेरमा निधन भयो।

२०४६ सालमा रिलिज भएको 'भुमरी' श्रीकृष्णले क्यामरा फेस गरेको पहिलो फिल्म थियो। उनले 'हिरो' का रूपमा भने २०५१ सालको 'नाता' फिल्मबाट 'इन्ट्री' गर्न पाए। २०५२ सालसम्म रिलिज भएका करिब एक दर्जनजति फिल्मबाट उनी 'डान्सिङ हिरो' साबित भइसकेका थिए। 'झझल्को', 'सीता' र 'गरीब' त्यस्ता केही फिल्म हुन्।

अग्लो कद, शारीरिक बल र आक्रोशका कारण राजेश हमाललाई 'एक्सन हिरो' मान्ने दर्शकहरूले श्रीकृष्णलाई 'चक्लेटी हिरो' को मान्यता दिए। श्रीकृष्ण विशेषगरी बेरोजगार युवा, विद्यार्थी वर्ग र मझौला कदका दर्शकबीच प्रिय बने। डान्सर बन्न चाहने युवायुवतीका 'रोल मोडल' पनि थिए उनी।

कलेजको डिग्री हातमा भए पनि जागिर नपाउँदा ठेलागाडा ठेल्नसमेत पछि नपर्ने युवकको भूमिका श्रीकृष्णले केही फिल्ममा निर्वाह गरे। २०४६ सालपछि राज्यमा उदार अर्थतन्त्र लागू भए पनि शिक्षित बेरोजगार युवाहरूको ठूलो जमात देशमा थियो र अहिले पनि छ। श्रीकृष्णले त्यस्ता बेरोजगार तर महŒवाकांक्षी युवाहरूलाई रिझाए।

उनले खेलेका धेरै फिल्म पारिवारिक कथामा आधारित हुन्थे। 'नाता' पनि पारिवारिक थियो। त्यसमा उनले भुवन केसीका भाइ भएर अभिनय गरेका थिए। वास्तवमा नेपाली फिल्मका पर्दामा 'आदर्श भाइ' थिए उनी। उनलाई थुप्रै फिल्ममा भाइका रूपमा देख्न पाइन्छ। दाइ, भाउजू र आमालाई आदर गर्ने आदर्शवान भाइ।

'चक्लेटी हिरो' को 'प्लेकार्ड' उचाल्दै अरू केही अभिनेता पनि नेपाली फिल्ममा देखिए। उनीहरू कोही पलायन भए त कोही रिटायर्ड। श्रीकृष्ण चाहिँ २५ वर्षसम्म टिकिरहे। लगनशीलता, निरन्तरता र उनको स्वच्छ छविले यो सम्भव भएको हो। कुनै पनि व्यावसायिक तथा नैतिक विवादमा नमुछिएका थोरै कलाकारमा पर्छन् उनी।

दर्शकमाझ श्रीकृष्णको 'डान्स स्टेप' मात्र होइन 'पोनी टेल' कपाल पनि लोकप्रिय थियो। गर्दनदेखि लामो छाडिएको आफ्नो कपालको सानो झुप्पोलाई उनले अन्तिम समयसम्म जतन गरे। एकथरी दर्शकले यसको पनि नक्कल गरेको पाइन्थ्यो।

२५ वर्षको अन्तरालमा श्रीकृष्णले लगभग एक सयवटा फिल्म खेले। राजेश हमालले अभिनय गरेका फिल्मको तुलनामा यो संख्या थोरै हो। तर, हिट फिल्म दिने मामिलामा उनी हमालभन्दा कम थिएनन्।

सुरुवातका फिल्महरूमा 'साइड हिरो' मै सीमित श्रीकृष्णलाई 'सोलो हिरो' का रूपमा स्थापित गराइदिने निर्देशक हुन् शिव रेग्मी। रेग्मीले 'आफन्त', 'आफ्नो मान्छे' र 'ए मेरो हजुर' मा लगातार श्रीकृष्णलाई खेलाउँदै फिल्म सुपरहिट पनि बनाए। रेग्मीलाई अरूभन्दा श्रीकृष्ण नै बढी फापेका थिए। रेग्मीको अन्तिम सुपरहिट फिल्म 'कहाँ भेटिएला' (२०६६) मा श्रीकृष्णकै अभिनय र लगानी थियो।

आफ्नो करिअरमा श्रीकृष्णले प्रकाश थापा, चेतन कार्की, लक्ष्मीनाथ शर्मा, शम्भु प्रधान, नीर शाह, बन्नी प्रधान, शिव रेग्मी, उज्ज्वल घिमिरे, दीपक रायमाझी, अशोक शर्मा, युवराज लामाजस्ता नाम चलेका र चल्तीका निर्देशकसँग काम गर्ने अवसर पाए। सारंगा श्रेष्ठ, निरुता सिंह र झरना थापाजस्ता अभिनेत्रीसँग उनको जोडी जमेको थियो।

फिल्मको कथामा जस्तै यथार्थमा पनि सालिन थिए श्रीकृष्ण। 'कहाँ भेटिएला' मा उनले नै ब्रेक दिएका थिए अभिनेत्री श्वेता खड्कालाई। श्वेतासँगको सम्बन्धलाई उनले कहिल्यै उच्छृंखल हुन दिएनन्। गत असार २३ श्वेतासँग बिहे गर्दै उनले आफू जिम्मेवार प्रेमी र साथी रहेको प्रमाणित गरे।

अहिले हलहरूमा चलिरहेको 'कोहिनूर' मा एउटा मार्मिक दृश्य छ। 'म मर्न चाहन्न, मलाई बचाउनुस्' भन्दै उनले आफ्नी आमासँग निकै रोइकराइ गर्छन्। फिल्म हेरिसकेका दर्शकलाई अहिले सायद त्यो दृश्य धेरै याद आइरहेको हुनसक्छ।

नेपाली फिल्ममा 'स्टार' बन्न सफल 'नेपाली हिरो' को निधन भएको यो पहिलो घटना हो भन्दा अतिशयोक्ति नहोला। एक 'हिरो' लाई युवा अवस्थामै गुमाउनुपर्दाको पीडा धेरैलाई अकल्पनीय भएको छ। तर, अब सबैले स्विकार्नैपर्छ, हामीसँग फिल्मका दृश्यमा छरिएका श्रीकृष्णका विभिन्न 'लीला'हरू मात्र बाँकी छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस