इबोला भाइरस संन्त्रास, अफ्रिकाबाट फर्कनेलाई तीन साता निगरानी
२६ साउन २०७१
•
१३ मिनेट पाठ
इबोला भाइरस संन्त्रास, अफ्रिकाबाट फर्कनेलाई तीन साता निगरानी
काठमाडौं-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘विश्वव्यापी महामारी' घोषणा गरेको इबोला भाइरस नेपाल भित्रिन र फैलिन नदिन सरकारले अफ्रिकाबाट फर्किएका नागरिकलाई कम्तीमा तीन साता निगरानीमा राख्ने भएको छ। सरकारले मंगलबार सार्वजनिक सूचना जारी गरी इबोला भाइरसको संक्रमण देखिएका अफ्रिकी देशबाट फर्किएका व्यक्तिलाई कम्तीमा तीन साता छुट्टै बस्न आग्रह गर्दैछ।रोग भित्रिन नदिन अन्य प्राविधिक तयारी गर्न नसकेको अवस्थामा व्यक्तिगत तवरबाटै रोकथाम गराउने उद्देश्यले यस्तो सार्वजनिक सूचना जारी गर्न लागिएको हो।

दोस्रो चरणमा विमानस्थलमै स्वास्थ्य टोली खटाएर संक्रमण परीक्षण गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
‘भाइरस संक्रमणपछि रोगको लक्षण देखिन केही समय लाग्छ, यो अवधिमा लसपस गर्दा पूरै परिवारमा रोग सर्ने जोखिम हुन्छ,' महाशाखा प्रमुख डा. बाबुराम मरासैनीले सोमबार नागरिकसँग भने, ‘कम्तिमा तीन साता परिवारका सदस्यलगायत कसैसँग लसपस नगर्न सार्वजनिक सूचना जारी गर्दैछौं।' विश्वव्यापी संक्रमणको घडीमा सरकारसहित प्रत्येक व्यक्ति र समुदायले सचेत र सतर्क हुनुपर्ने उनले बताए।
‘यो तीन साताको बीचमा रोगसँग मिल्ने हल्का लक्षण मात्र देखिए तुरुन्तै तोकिएका अस्पतालमा सम्पर्क राख्न आग्रह गरिन्छ,' डा. मरासैनीले भने, ‘उपयुक्त अस्पताल पहिचान गरी टुंगो लगाउने गृहकार्य भइरहेको छ।'
इबोला संक्रमितका शरीरबाट निस्किने रगत, पसिना, दिसा, पिसाब, थुक, वीर्य, यौनरसलगायत कुनै पनि तरल पदार्थबाट यो भाइरस सर्न सक्छ। मुखभित्रको छाला र काटेको वा कोतरेको ठाउँबाट बग्ने तरलबाट पनि भाइरस सर्छ। शरीरबाट निस्कने यस्ता तरल पदार्थमा यो भाइरस घन्टौं बाँच्नसक्छ। संक्रमित व्यक्तिको शवबाट पनि संक्रमणको खतरा हुन्छ।
यो रोगमा ९० प्रतिशतसम्म मृत्युदर छ। संक्रमण भए कम्तिमा ४९ दिनसम्म शारीरिक सम्पर्क राख्नुहुन्न। सकेसम्म एउटै ओछ्यान, भाँडाकुँडा, शौचालयसमेत प्रयोग नगर्न र जुठो नखान चिकित्सकहरू सुझाव दिन्छन्।
व्यक्तिगत रूपमा अपनाइने सावधानीसँगै सरकारले विश्वव्यापी महामारीबाट जोगिने गरी अन्य तयारी पनि अघि बढाउने डा. मरासैनीले बताए। यसका लागि मंगलबार उच्चस्तरीय बैठक बसेर छलफल गरिँदैछ। यस्तो जोखिमपूर्ण अवस्थामा सिमा क्षेत्रमा ओहोरदोहोर गर्ने व्यक्तिमा निगरानी गर्नुपर्ने र रोग देखापरेको अवस्थामा तत्काल उपचार प्रबन्ध गर्नुपर्ने उनको भनाइ छ।
इबोला भाइरस चमेरोको शरीरमा भेटिए पनि यो जंगली जनावरको मासुबाट मानिसमा सरेको हुनसक्ने अनुमान छ। यो भाइरस सन् १९७६ मा कंगोको इबोला नदी नजिक भेटिएको थियो। त्यतिबेला अफ्रिकामा आउजाउ कम भएकाले नियन्त्रणमा लिन सजिलो भयो। त्यसपछि पनि बर्सेनि १०/२० जनाको इबोला भाइरसबाट मृत्यु हुने गरेको थियो। यसपालि भने पश्चिमी अफ्रिकाबाट फैलिएपछि विश्वव्यापी महामारीको रूप लियो।
मार्चमा अफ्रिकी मुलुक गिनीबाट फैलिएको यो भाइरसले हाल अफ्रिकाका सियरालियोन, लाइबेरिया र नाइजेरियामा समेत ठूलो महामारीको रूप लिएको छ। यी देशमा नेपाली शान्ति मिसन परिचालित छन् भने वैदेशिक रोजगारका लागि गएका नेपाली पनि प्रशस्तै छन्।
नेपालले विश्वका १३ मिसनमा शान्ति सेना खटाउने गरेकामा ८ वटा मिसन अफ्रिकी देशमै छ। कुल ४ हजार ३ सय ५० सैनिक शान्ति सेनामा कार्यरत रहेकामा ३ हजार ३ सय १९ जना विभिन्न अफ्रिकी मिसनमा छन्। त्यसमध्ये मोरक्कोमा ४ जना, आइभोरीकोस्टमा १, लाइबेरिया २०, कंगो १०४२, सुडान ३८९, दक्षिण सुडान १७१८ र मालीमा १४५ जना नेपाली सेना छन्।
सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले शान्ति सेनामा खटिएका सबै नेपालीलाई यसबारे सजग गराएको बताए। ‘हामीले हरेक दिनको रिपोर्ट हेरिरहेका छौं,' उनले नागरिकसँग भने, ‘डराउनुपर्ने अवस्था छैन।' राष्ट्रसंघले नै रोग संक्रमणबाट बच्ने यथेष्ट उपाय अपनाइरहेको उनले बताए।
वैदेशिक रोजगारका लागि खुला गरिएका १ सय ६ राष्ट्रमध्ये अफ्रिकी राष्ट्र ११ वटा छन्। आर्थिक वर्ष २०७०/७१ मा ३ सय ७० जनाले विभिन्न अफ्रिकी मुलुक जान श्रम स्वीकृति लिएका छन्। यसबाहेक दलालमार्फत अफ्रिकी राष्ट्र पुगेकाहरूको आधिकारिक तथ्यांक छैन। खासगरी महिलाहरूलाई दक्षिण अफ्रिकी राष्ट्रका विभिन्न डान्सबारमा पुर्याआइने गरेको छ। वैधानिक रूपमा श्रम स्वीकृति लिएर जानेमा सबैभन्दा बढी दक्षिण अफ्रिका र रिपब्लिक अफ कंगो छन्। बढी संक्रिमित भएका देशमध्ये गिनीमा ५, लाइबेरिया १० र नाइजेरियामा २८ जना नेपाली गएको वर्ष वैधानिक रूपमा वैदेशिक रोजगारका लागि गएका छन्। लाइबेरियामा मात्रै २० हजार नेपाली रहेको आँकडा छ। नाइजेरिया, कंगो, दक्षिण अफ्रिका लगायत देशमा गरी करिब २ लाख रहेको अनुमान छ।
अफ्रिकामा मात्रै इबोलाबाट करिब २ हजार जना संक्रमित भइसकेको तथ्यांक छ। एक हजारभन्दा बढीको ज्यान गइसकेको छ। छिमेकी मुलुक भारतबाट अफ्रिकी देशमा आउजाउ बढेको र भारतसँग खुला सीमाना भएकाले पनि नेपालमा बढी जोखिम हुनसक्ने विज्ञहरूले औंल्याएका छन्।
इबोला प्रभावितमा ठूलो संख्यामा चिनियाँ र ४५ हजारभन्दा बढी भारतीय रहेको अनुमान छ। साउदीमा समेत इबोलाको संक्रमण देखिएकाले त्यहाँका नेपाली जोखिममा छन्।
सरुवा रोग विशेषज्ञ डा. मानसकुमार बनर्जी डब्लुएचओले विश्वव्यापी महामारी घोषणा गरिसकेको अवस्थामा ‘त्रासभन्दा विवेकसम्मत् सावधानीको खाँचो' औंल्याउँछन्। सीमा नाका तथा विमानस्थलमा ‘स्वास्थ्य स्त्रि्कनिङ डेस्क' राख्नुपर्ने र शंकास्पद लक्षण देखिए तत्काल कसैको सम्पर्कमा नआउने गरी छुट्टै उपचार गर्नुपर्ने उनको सुझाव छ। यसका लागि अस्पताल किटान गरेर अलग्गै वार्डको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्। सरकारले अहिलेसम्म यस्तो तयारी गरेको छैन।

सन् २००९ मा बर्डफ्लु र स्वाइनफ्लुको महामारी घोषणा हुँदा सरकारले यस्तै तयारी गरेको थियो। ‘विमानस्थल र सीमानामा स्वास्थ्य स्त्रि्कनिङ डेस्क त सधैं हुनुपर्ने हो,' डा. मरासैनीले भने, ‘यसको आवश्यकताबारे अर्थ मन्त्रालयलाई बुझाउनै सकेनौं।' सीमाना र विमानस्थलमा स्वास्थ्य डेस्क राख्न ५ करोड रुपैयाँको प्रस्ताव पठाइएकोमा ५० लाख मात्रै आएको उनले बताए।

यतिमात्र होइन, रोगको आशंका भए तत्काल जाँच गर्न प्रयोगशालाको व्यवस्था हुनुपर्छ। नेपालमा इबोला भाइरस पत्ता लगाउन सक्ने प्रयोगशाला छैन। ‘पहिला कम्तिमा र्यारपिड टेस्ट गर्नुपर्छ, शंका लागे सुविधासम्पन्न ल्याबमा पठाउने हो, अहिले हामी त्यो पनि गर्न सक्दैनौं,' मरासैनीले भने।

महाशाखाले भारतसँग सीमाना जोडिएका नाका काँकरभिट्टा, मोरङ, वीरगन्ज, भैरहवा, नेपालगन्ज र महेन्द्रनगर, चीनसँगको कोदारी र काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिकसहित स्वास्थ्य जाँच टोली राख्नुपर्ने जनाएको छ। विमानस्थलमा एक सिफ्टमा दुई चिकित्सकसहितको टोली १८ घन्टा र अन्य नाकामा एचएसहितको टोली २४ सै घन्टा खटाउनुपर्ने उनको सुझाव छ।

विमानस्थल र नाकामा स्वास्थ्य जाँचका लागि खटिने टोलीलाई विशेष सुरक्षा उपाय अपनाउनुपर्छ। यसमा टाउकोदेखि खुट्टासम्म ढाक्ने कपडा, मास्क, ग्लोब्सलगायत पर्छन्। सोधपुछका आधारमा तीन सातायता अफ्रिका भ्रमण गरेको, आँखा रातो हुने, रुघाखोकी, ज्वरो, झाडापखालाजस्ता कुनै लक्षण देखिए तत्काल तोकिएको अस्पताल भर्ना गरिन्छ। इबोलाले पछिल्ला दिनमा उपचारमा संलग्न थुप्रै चिकित्सक तथा स्वास्थ्यकर्मीको समेत ज्यान लिएकाले अस्पतालमा पनि व्यक्तिगत सुरक्षा उपाय अपनाउनुपर्ने डा. बनर्जी बताउँछन्। भारत सरकारले इबोलाबाट जोगिन ‘हेल्पलाइन' नम्बरसहित राममनोहर लोहिया अस्पताललाई रेफरल अस्पतालको रूपमा तोकेको छ।

जुनसुकै खालका तरल पदार्थबाट सर्ने यो भाइरसबाट जोगिन सामुदायिक र स्वास्थ्य संस्थामा सोहीअनुसार तयारी चाहिन्छ। ९० प्रतिशतसम्म मृत्युदर भएको इबोला संक्रमण भइसकेको अवस्थामा यसबाट बच्न ‘सुपरस्पेसियालिस्ट' चिकित्सकसहित पूर्वाधार, औषधि र उपकरणको आवश्यकता पर्छ। यस्तो कुनै तयारी नेपालमा छैन।

डा. बनर्जीका अनुसार इबोलामा व्यक्तिगत सरसफाइको निकै महत्त्व हुन्छ। एक मिटरको दुरीमा बस्ने, हात धुने, संक्रमणबाट बच्ने र बिरामीले विशेषगरी अर्कालाई नसरोस् भनेर बढी सावधानी अपनाउनुपर्छ। नेपालमा व्यक्तिगत र सामुदायिक सरसफाइको अवस्थामा सावधानी कम भएकाले रोग भित्रिए मृत्युदर अफ्रिकाजस्तै बढी हुनसक्ने बनर्जीको भनाइ छ।

‘सरसफाइ र स्वास्थ्य उपचार सुविधा कमजोर भएका देशमा नियन्त्रण गर्न कठिन हुन्छ,' डा. बनर्जीले भने, ‘यस्तो अवस्थामा रोग भित्रिनै नदिने तयारीमा बढी ध्यान दिनुपर्छ, जुन नेपालले गर्न सकेको छैन।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस