काठमाडौं-
सांसद: सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेको छु। १० बाट १२ मिनेट दिँदा तपार्इंंलाई के हुन्छ? त्यो भन्दा मलाई बरु ढ्यापढ्यापेमै समय दिएको भए भइहाल्थ्यो नि!
सभामुख : तपार्इं–हामीले नै बनाएको नियम हो, आधी मिनेटमा सकौं, माननीय सदस्य!
सांसद : कुन नियममा छ १० मिनेट दिनुपर्छ भन्ने?
सभामुख : तपार्इंको प्रस्ताव पेस गर्नुस्, यसअघिका प्रस्तावमा पनि १० मिनेट दिने गरेको छु, माननीय सदस्य!
सांसद : म प्रस्ताव पेस गर्दिनँ सभामुख महोदय, मलाई के कारबाही गर्नुहुन्छ गर्नुस। कुन नियमबमोजिम मलाई समय दिनुभएको छ?
सभामुख : संसदको नियमबमोजिम तपार्इंलाई समय दिएको छु। तपार्इंको यो व्यवहार नियमविपरीत छ। तपार्इंको अभिव्यक्तिलाई संसदको रेकर्डबाट मेट्न आदेश दिन्छु।
सांसद : तपार्इंको निरंकुशताको विरोधमा आजको बैठक राप्रपा नेपालले बहिष्कार गर्छ। यही हो तपार्इंको निरंकुश शैली।
सभामुख : तपार्इंलाई दिएको समयभन्दा २ मिनेट बढी दिएको छु। पर्याप्त समय दिएको छु। तपार्इं आफ्नो स्थानमा आसनग्रहण गर्नुस्। तपार्इंको व्यवहारबाट आफ्नो प्रस्तावमा छलफल गर्न चाहनुहुन्न भन्ने सन्देश जान्छ। सभामुखले नियमबमोजिम लाइन नकाटेर तपार्इंले काट्नुहुन्छ? तपार्इंले जे भन्यो, त्यही हुन्छ भन्ने कुरा मैले अस्वीकार गर्छु।
व्यवस्थापिका संसदमा मंगलबार सभामुख सुवासचन्द्र नेम्वाङ र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीचको भनाभन हो यो।
अध्यक्ष थापा त्यतिबेला ‘स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा सेवाग्राही जनता सेवाबाट वञ्चित भएको, विकास निर्माण अवरुद्ध भएको र साधनस्रोत व्यापक दुरुपयोग भएको हुँदा तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरियोस्,' भनी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्दै थिए।
सभामुख नेम्वाङले थापालाई दस मिनेटको समय पहिले नै उपलब्ध गराएका थिए। १२ मिनेट बोलिसकेपछि सभामुख नेम्वाङले आधा मिनेटमा सकिसक्न आग्रह गरेपछि थापा एक्कासि आक्रोशित भएका थिए। थापा आक्रोशमा आएपछि सभामुख नेम्वाङले माइकको लाइन नै काटिदिएका थिए।
थापाले त्यसलाई ‘सभामुखको निरंकुशता' भन्दै कुन कानुन र नियमबमोजिम समय तोकेको भन्दै एक्कासि उफ्रिएपछि संसदमा केहीबेर दोहोरो भनाभन चल्यो। नेता थापाले प्रस्ताव पेस नगरी सभामुखले निरंकुश शैली देखाएको भन्दै संसद बैठक नै बहिस्कार गर्ने घोषणा गरेपछि राप्रपा नेपालका १३ जना सांसद नाराबाजी गर्दै रोस्ट्रम घेर्न पुगेका थिए।
सभामुखले पटक–पटक आफूले यसअघि पेस भएका प्रस्तावका प्रस्तुतकर्तालाई पनि दस मिनेट समय उपलब्ध गराएको नजिरका आधारमा त्यति नै समय दिएको र २ मिनेट थपसमेत गरिदिएको स्पष्ट पार्दासमेत बोल्न पाउनुपर्छ भन्दै राप्रपा नेपालका सांसदहरुले नाराबाजी गरेका थिए। तर सत्तापक्षका सांसदले भने सभामुख वा संसदको मर्यादाका लागि प्रतिरोध गरेनन्। ‘सभामुखलाई भन्दा पनि हाउसको मर्यादाका लागि पनि उहाँहरुको धारणा आउनुपर्थ्यो,' सचिवालयस्रोतले भन्यो, ‘तर आएन।' सभामुख नेम्वाङले नाराबाजीकै क्रममा प्रस्तावका समर्थकलाई समर्थन गर्दै आफ्नो भनाइ राख्न आग्रह गरेका थिए। तर राप्रपा नेपालका दुवै समर्थक रोस्ट्रममा गएनन्।
१५ मिनेटको भनाभन र नाराबाजीपछि सभामुख नेम्वाङले भुमिका नबाँधी प्रस्ताव प्रस्तुत गर्न भनेपछि थापाले माफी माग्दै प्रस्ताव प्रस्तुत गरेका थिए। ‘म क्षमायाचना गर्न चाहन्छु,' थापाले भनेका थिए, ‘अप्रत्यासित ढंगबाट हामी भावनामा पनि बगेका हौं। यसप्रति म यहीँबाट क्षमा माग्छु।' थापाले क्षमा माग्दै प्रस्ताव प्रस्तुत गरेपछि सदनको काम सुचारु भएको थियो। थापाले आफ्नो प्रस्ताव पेस गर्दै ११ वर्षदेखि स्थानीय निकाय कर्मचारीले चलाएको हुँदा अर्बौं रुपैयाँ हिनामिना भएको बताएका थिए।
‘अधिकांश सचिव आफैं हाकिम बनेर सदरमुकाममा बसेका छन्,' उनले भने, ‘विकास–निर्माणका काम अवरुद्ध भएका छन्। विकास निर्माणमा जनताको सहभागिता छैन। साधनस्रोतको दुरुपयोग भएको छ। भ्रष्टाचार संस्थागत रुपमा तल्लो तहसम्म पुगेको छ। यसको अन्त्यका लागि स्थानीय निकायको निर्वाचन आवश्यक छ।'
थापाले यही आर्थिक वर्षमा मात्रै पनि जिल्ला विकास समितिका निमित्त ३ अर्ब ३४ करोड ७० लाख, गाविसको ७ अर्ब ३६ करोड रुपैयाँ र नगरपालिकाका लागि ४ अर्ब १४ करोड ८० लाख विनियोजन भएको बताए। उनले करिब १५ अर्ब रुपैयाँ अनुदानका रुपमा स्थानीय तहमा पुगे पनि जनप्रतिनिधि नहुँदा उक्त रकम हिनामिना हुने सम्भावना बढिरहेको धारणा राखे। ‘स्थानीय विकास मन्त्रालयको मात्रै कुरा गर्ने हो भने ५७ अर्ब रुपैयाँ स्थानीय तहमा विनियोजित भएको छ,' उनले भने, ‘१५ अर्ब वार्षिक रुपको हिसाब गर्दा ११ वर्षमा १ सय अर्ब स्थानीय निकायमार्फत गएको छ।'
थापाले पेस गरेको प्रस्तावमा सत्तारुढ दलले समर्थन जनाएका थिए भने प्रमुख प्रतिपक्षीले विरोध गरेको थियो। नेकपा एमालेका सांसद राजेन्द्र पाण्डेले केन्द्रीय सरकार सुन्ने र स्थानीय सरकार छाम्ने भएकाले निर्वाचन अनिवार्य भएको बताएका थिए। उनले २ लाख १३ हजार जनप्रतिनिधिले चलाएको स्थानीय निकाय अहिले ७ हजार कर्मचारीका भरमा चलेको धारणा राख्दै निर्वाचन हुँदा संविधान जारी हुँदैन कि भनेर नडराउन आग्रह गरे।
कांग्रेसका कमल पंगेनीले स्थानीय तहमा देखिएका समस्या समाधान र भ्रष्टाचार अन्त्य गर्न पनि निर्वाचन आवश्यक परेको बताए। कांग्रेसकै धनराज गुरुङले १२ वर्ष नेतृत्वविहीन हुँदा स्थानीय निकायमा विसंगति देखिएको बताएका थिए। एमालेका गुरुप्रसाद बुर्लाकोटीले स्थानीय निर्वाचन गरेर एकमुष्ठ रकम पठाउनुपर्ने प्रस्ताव गरे।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि निर्वाचनबाट नभाग्न एमाओवादीसँग आग्रह गरे। ‘प्रजातन्त्रका यति धेरै कुरा गर्ने कांग्रेस, एमाले र एमाओवादीले ल्याउनुपर्ने प्रस्ताव कमल थापाले ल्याउनुपर्योत,' उनले भने, ‘यहाँ त गंगा उल्टा पो बग्न थाल्यो। पहिले स्थानीय निकायका भवन डढाउनुुभयो। अहिले चुनाव स्वीकार गर्नुहुन्न।'
एमाओवादीका जनार्दन शर्माले भने संविधान जारी भएको भोलिपल्ट मात्र निर्वाचन गर्न प्रस्ताव गरेका थिए। उनले संविधान निर्माणलाई ओझेलमा पार्ने गरी निर्वाचनमा जान नसकिने तर्क गरे। एमाओवादीकै प्रभु साहले पनि नेपालमा अहिलेको कार्यभार भनेको संविधान भएकाले दायाँबायाँ नगर्न आग्रह गरे। एमाओवादीकै रामनारायण बिडारीले पनि अहिल्यै कुनै हालतमा निर्वाचनमा जान नहुने तर्क गरे। ‘यहाँ एक मिनेट विचार रोक्दा यत्रो होहल्ला भयो,' बिडारीले थापाप्रति व्यंग्य गर्दै भने, ‘३० वर्षसम्म विचार अभिव्यक्ति रोकेर शासन गर्दा कांग्रेस र एमालेलाई कस्तो भयो होला।'

सत्तापक्षको समर्थन, प्रमुख विपक्षीको विरोध