भैरहवा—विगत एक महिनादेखि नदीजन्य बस्तुको उत्खनन तथा आन्तरिक निकासी बन्द हुँदा जिल्लामा संचालित विकास निमार्णका कामहरु ठप्प भएका छन्। आम सर्वसाधारणका घर निमार्णका काम रोकिएका छन्। गिट्टी बालुवाको अभावसँगै मुल्य बढेर दोब्बर भएको छ।सरकारले असार मसान्तदेखि भदौ मसान्तसम्म नदीजन्य बस्तुको उत्खनन तथा संकलनमा रोक लगाएको भए पनि रुपन्देहीमा भने जेठ १५ देखि अशोज १५ सम्म रोक लगाइएको छ। बर्षातको बेला नदीजन्य बस्तु उत्खनन गर्दा बाढीको जोखिम बढ्ने भएकाले उत्खनन रोकिएको रुपन्देहीका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले बताए। उत्खनन्मा रोक लगाएपछि जिल्लामा गत असार देखिनै ढुङ्गा, गिटटीको बिक्री तथा ओसार पसार बन्द छ। जसका कारण जिल्लामा सडक, पुलपुलेसा, भवन निर्माण लगायतका काम ठप्प छन।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुटवल बेलहिया व्यापारिक मार्ग बिस्तारको काम असार देखि रोकिएको छ। व्यापारिक मार्ग बिस्तार अयोजनाका प्रमुख चन्द्र सुवेदीका अनुसार सडक बिस्तारका लागि गिट्टी, बालुवा र ढुङ्गाको धुलो नपाउँदा निमार्णको काम रोक्नु परेको हो।