काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालन भएका खाद्य, किराना तथा कफी पसलहरूले अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा सयौं गुणा बढी मूल्य लिएको पाइएको छ। विमानस्थलभित्र सञ्चालन भएका कतिपय पसलहरू व्यावसाय दर्ता नगरी अधिकतम मूल्य लिएको पाइएको हो।
वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्न्तगत वाणिज्य तथा आपूर्ति व्यावस्थापन विभागले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालभित्र गरेको अनुगमनमा उपभोक्ता ठगी भएको भेटिएको हो।
विभाग तथा अनुगमन टोली प्रमुख पुरुषोत्तम सुवेदीले विमानस्थलभित्र सञ्चालन भएका ५ वटा पसलमा अनुगमन गरिएको बताए। विभागको टोलीले बुधबार अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालन रहेको कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, क्लासिक माटर्स, न्यु कन्फेक्सनरी स्टोर र आन्तरिक उडान कक्षमा सञ्चालन भएको होटल सोनिगमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा उक्त पसलहरूमा फर्मकै नाममा साइनबोर्ड नभएको, मूल्य सूची नराखेको, व्यावसाय दर्ता नगरेको र एमआरपीभन्दा बढी मूल्य लिएको पाइएको छ।
'एमआरपीभन्दा सयौं गुणा बढी मूल्य लिइएको छ,' निर्देशक सुवेदीले भने, 'यो सरासर ठगी हो।' धेरै ठगी भएको गुनासो आएपछि अनुगमन टोली विमानस्थलभित्र पसेको थियो।
अनुगमनका क्रममा न्यू कन्फेक्सनरी स्टोरले ५ सय एमएलको स्प्राइटलाई १ सय ५० रुपैयाँमा बेचेको पाइएको छ। उसलाई खास मूल्यभन्दा बढी मूल्य लिनुको कारण सहित ७ दिन भित्र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा पेश गर्न निर्देशन दिइएको छ।
डिपार्चरमा कक्षमा संचालन भएको 'टि एन्ड कफी सफ' कार्की मल्टिपल ट्रे एन्ड सप्लायर्सको नाममा दर्ता भएको पाइएको छ। सथै उक्त पसलमा म्याद नाघेका लेज, स्प्राइट पनि पाइएका थिए। उक्त सामानलाई नष्ट गरिएको विभागले जनाएको छ। उक्त पसललाई फर्मकै नाम राख्न, स्वीकृत वस्तुहरूको मात्र विक्री वितरण गर्न निर्देशन दिएको छ।
क्लासिक मार्ट्स सलाई साइनबोर्ड राख्न, नागरिक उड्डयन प्राधिकरणको सम्झौता र एउटै पसलको ३ वटा सटर भेटिएकाले शाखा थप नपाइएको र ठेगाना परिर्वन समेत गरेको पाइएकाले सात दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्सलाई मूल्य सूची टाँस्न, फर्मको ठाउँ सारी शाखा थप गर्न निर्देशन दिएको छ। आन्तरिक उडान कक्षमा सञ्चालन भएको होटल सोनिगलाई फर्म कै नामको साइनबोर्ड राख्न, व्यावसाय दर्ता प्रमाण पत्र पेस गर्न, एमआरपी भन्दा बढी मूल्य लिनको कारण ७ दिन भित्र पेश गर्न निर्देशन दिइएको छ।
अनुगमनका क्रममा व्यावसायीहरूले भाडा धेरै हुने भएकाले धेरै मूल्य लिनु परेको बताएको सुवेदीले बताए। टेन्डर हालेर ठाउँ लिएपछि भाडाको नाममा धेरै मूल्य लिन नपाइने सुवेदीले बताए। यो उपभोक्तालाई ठग्ने अपराध भएकाले कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अर्न्तगत जिल्ला प्रशासन कार्यलयमा उजुरी दिन सकिने उनले बताए।